मुस्लिम समुदायको पवित्र महिना रमजान करीमको अन्तिम अशरा चलिरहेछ । यस अशरामा अलविदा जुमा अर्थात रमजान करीमको अन्तिम शुक्रवार र ईदको चान्दरात पर्छ । यसै विषयमा केन्द्रीत रहेर आजभोलि शोशल मीडियामा चारै तिर चर्चा र बहस चल्दैछ । सबैको मनमा यही प्रश्न छ कि यसपालि अलविदा जुमा र ईदुलफित्रको नमाज कसरी पढ्ने होला । किनभने विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाईरसले हाहाकार मचेछ । संसार मानौं जहांको तहीं रोकिएछ जो जहां छ त्यही अलपत्र छ । चारैतिर त्रास र रुवाबासीको माहोल छ । यस्तो अवस्था पर्न गएको मुस्लिम समुदायको महान पर्व ईदुलफित्र बारे निकै मुस्लिम समुदाय भित्र निकै चिन्ता छ ।
यस विषयमा चर्चा गरिरहंदा हामीले शरीयतको बारे जान्न आवश्यक छ यदि शरीयतको बारेमा पुर्ण जानकारी हुदैंन् भने अन्यौलता र भ्रम सृजना हुन्छ जसरी अहिले सृजित छ । अब त्यो अन्यौलता र भ्रम कायम राखि ग्लानी महसुस गर्ने एक अर्कालाई दोषारोपण गर्ने वा शरीयतको आदेश बुझेर त्यसको पालना गर्ने भनी आफुमाथि निर्भर गर्छ ।
अलविदा जुमा र ईदुलफित्रको नमाज बारे बहस चलिरहदांं हामीले शरीयते इस्लाम बारे राम्ररी ज्ञान हासिल गरी अरुलाई पनि त्यस बारे जानकारी गराउनु पर्छ । हो त्यो जानकारी गराउने कुराहरुमा एउटा कुरा यो कि तिमी जुन देशमा बस्छौ त्यसको कानून नीतिनियम (शरीयते इस्लामसंग नबांझिने गरी)को पालना गर्नु तिम्रो दायित्व हो । अर्को कुरा हो समाजमा फैलिएको भ्रममा नपरी यस बारे वास्तविक जानकारी लिनु हो । शरीयते इस्लाम बारे फैलिएको झूठो कुरा र भ्रम यो हो कि इस्लाम कट्टरवादी धर्म हो जब की इस्लाम एक लचिलो धर्म हो । इस्लामले मानवजाति सहजता प्रदान गर्न लचकता कसरी प्रदान गरेछ यो अगाडि बयान गरिन्छ ।
अब जबकि शरीयतले इस्लामको पहिलो कुरा गर्दा जुन देशमा बस्छौ त्यो देशको कानून नीतिनियमको पालना गर्नु दायित्व हो भन्छ । भने फलाना देशले यस्तो गर्यो ढिसकानाले यस्तो गर्यो भनी राख्नु आवश्यक रहेन् । सरकारले अब लागु गरेको लकडाउनको मिति हेर्ने हो भने अलविदा जुमा र ईदुलफित्रको दिन लाकडाउन अवधीभित्र नै पर्छ । जब लकडाउन भित्र पर्छ भने सार्वजनिक रुपमा पढ्न सकिने अवस्थै रहदैंन् जब अवस्था रहदैंन् भने यस बारे शोशल मीडियामा बहस गर्नुको औचित्य नै रहेन् ।
अब इस्लामको महत्त्वपूर्ण पहलु र आवश्यक विषयमा कुरा गरौं जस बारे माथि नै जिकिर गरिएकोछ । अर्थात इस्लाम कट्टरवाद होईन् यो एक लचिलो र सहजता प्रदान गर्ने धर्म हो । जस बारे हामी अब चर्चा गर्छौं कि कसरी यो लचकता प्रदान गरेछ । शरियते इस्लामका पांच आधारस्तंभ छन् ती आधारस्तंभ मध्ये इमान प्रथम हो अर्थात एक अल्लाहमाथि विश्वास एकेश्वरवाद, दोस्रो नमाज, तेस्रो रोजा, चौथो जकात र पाचौं हज । शरीयते इस्लाम (इस्लामी कानून र आदेश) अनुसार नमाज पढ्नु हरेक बालिग मुसलमानका लागि उभिएर (महिला घरमा र पुरुष मश्जिदमा गएर पढ्नु) अनिवार्य छ । सबै बालिग माथि नमाज फर्ज छ यदि पढेन् भने पापको भागिदार हुन्छ ।
हेरौं इस्लामको लचकता पहिलो आदेश पुरुषका लागि मश्जिदमा र महिलाका लागि घरमा नमाज उभिएर पढ्ने आदेश छ तर यदि कुनै शारारिक समस्या छ भने उभेर पढ्न सक्दैनौं भने बसेर पढ्नुस् यदि बसेर पढ्न सक्दैनौ भने पल्टेर पढ्नुस् त्यसरी पनि सक्दैनौ भने आंखाको इशाराले पढ्नुस् । यो त नमाजको कुरा भयो ।
अब रोजाको कुरा गरौऔ भने रमजान करीमको रोजा पनि महिला र पुरुष दुबैका लागि बस्न अनिवार्य छ यदि बस्दैन् भने ऊ पापको भागिदार हुन्छ । तर कुनै रोग छ वा समस्या छ भने त्यतिबेला इस्लामी शरीयतले भन्छ समस्या र बिरामी हुदां रोजा नबस्नुस् बरु ती रोजा कजा गरी पछि निको हुदां बस्नुस् । यसरी रोजा नबस्दा उसलाई पाप लाग्दैन् ।
जकात अर्थात इस्लामी ट्याक्स् पनि फर्ज अर्थात अनिवार्य छ जकात नदिएमा पापको भागीदार हुन्छ । तर इस्लामी शरीयतले यस बारे भन्छ यदि आर्थिक रुपले जकात निकाल्ने अवस्था छैन् भने जकात दिनु पर्दैन् । यसरी जकात नदिदां उसमाथि पाप लाग्दैन् ।
हज गर्नु पनि फर्ज अर्थात यो पनि शरीयते इस्लाम अनुसार अनिवार्य छ । यदि इस्लामले भने अनुसार आर्थिक हैसियत छ र ऊ हज गर्न जादैंन् भने ऊ त्यतिबेला पापको भागीदार हुन्छ । तर यदि आर्थिक रुपले कमजोर छ हज गर्न जानका लागि रकम जुटाउन धौधौ पर्छ भने त्यतिखेर उस माथि हज लाजिम हुदैंन् । हज जानु अनिवार्य हुदैंन् र नगए पाप लाग्दैन् ।
शरियते इस्लामका आधारस्तंभ बारे यति कुरा गरिसक्दा अब हामी अलविदा जुमा र ईदुलफित्रको नमाज बारे कुरा गर्दा सबैलाई बुझ्न सजिलो होला ।
सबभन्दा पहिलो कुरा जुमाको नमाज र अलविदा जुमाको नमाजमा कुनै फर्क छैन् कुरा यति मात्र हो कि अलविदा जुमा भनेको रमजान करीमको अन्तिम जुमा हो र दुबै जुमाको मश्जिदमा नै पढ्न फर्ज छ सकभर जामा मस्जिदमा पढ्न सके बेस । तर लकडाउन लागु भएको दुई महिना हुन आंटेछ । दुई महिना देखि हामी जुमाको नमाज पढ्न सकेछैनौं । जुमाको दिन पनि दिनको अन्य पांच पटकको नमाज सरह जुहर पढ्दै आएकाछौं ।
अब यदि अलविदा जुमाको नमाज हुन सक्ने अवस्था रहदैन् भने हामी घरमा अलविदा जुमाको दिन यदि सकिन्छ भने एक आलिमलाई इमाम बनाएर तीन या चार जनाको जमात गरी अलविदा जुमा पढौं यदि सकिएन् भने जुहरको नमाज अदा गरौं ।
यहां बढी चिन्ता र चर्चाको विषय ईदुलफित्रको नमाजको बारे हुदैं छ र चिन्ता अनि चर्चा हुनु स्वाभाविक पनि हो । किनभने ईदुलफित्र मुस्लिम समुदायको वर्षकै महान पर्व हो । तर यी कुरा गरिरहदां हामी इस्लामी शयीयतका केही अन्य अहम् कुरा बारे यदि जानकारी लियौं भने अलविदा जुमा र ईदुलफित्रको नमाज बारे कायम रहेको अन्यौलता र भ्रम पक्कै हट्नेछ ।
सर्वप्रथम त हामीले इसलामी शरीयतमा फर्ज वाजिब र सुन्नत नफल आदिको महत्त्व के कति छन् र यसलाई गर्दा के हुन्छ र छाड्दा के हुन्छ भनी बुझ्नु आवश्यक छ । हामी धेरै विस्तारमा नगइ केवल जुमाको नमाज जो फर्ज छ र ईदुलफित्रको नमाज जो वाजिब छ त्यस बारे प्रष्ट हुनका लागि पहिला त फर्ज र वाजिब बीचको फरक बुझ्न जरुरी छ र तिनलाई तर्क गर्दा जानीजानी छाड्दा वा अन्जान मा छाड्दा शरीयतले के भन्छ हेरौ तल ।
गुनाहे कबीरा भनेको त्यस्ता पाप जसको माफी हुदैंन् ती गुनाह बापत सजाय हुन्छ । हदीश शरीफमा छ ती कबीरा गुनाह सात थरीका छन् जस मध्ये चार थरीका गुनाह यी हुन् ।
१.अल्लाहको साथ कसैलाई शरीक (सामेल)गर्नु।
२. आमाबुवाको ना-फरमानी(उनीहरुले भनेको नमान्नु) गर्नु ।
३. झूठो कसम खानु
४. मानव हत्या गर्नु
यी चार कुरा गुनाहे कबीरा हुन् जसको सजाय लाजिम छ ।
गुनाहे सगीरा भनेको ती गुनाह जो हामीबाट अन्जानमा भइहाल्छन् । ती गुनाहहरु माफ भइहाल्छन् । जस्तै कुनै पाप अन्जानमा भयो र पछि सम्झेर त्यसको प्राश्चित गर्ने आशयले हामी पुण्यको कार्य गरिहाल्छौं भने त्यो गुनाह माफ भइहाल्छ ।
इस्लामी शरीयत अनुसार फर्ज त्यो जसलाई एक पटक पनि यदि जानीजानी छाडियो वा गर भनिएको कार्य गरिएन् भने त्यो गुनाहे कबीरा हो र त्यसको इन्कार वा अस्वीकार गर्छ भने दायरे इस्लामबाट खारिज भइन्छ अर्थात त्यो मुसलमान रहदैंन् ।
वाजिब कार्य त्यो हो जसलाई गर भनिएछ तर लगातार स्वीकार गरिदैं छाडियो वा गर भनिएको कार्य गरिएन् भने पछि त्यो गुनाहे कबीरा बन्न सक्छ । वाजिबलाई कसैले इन्कार वा अस्वीकार गर्छ भने कुफ्र नभइ गुमराही हुन्छ अर्थात दायरे इस्लामबाट खारिज हुदैंन् ।
यहां यो कुरा प्रष्ट हुन जरूरी छ कि जुमा फर्ज र ईदुलफित्र वाजिब छ । अब प्रष्ट भइसके होला त्यसकारण अब कुरा गरौं कि ईदुलफित्रका दिन यदि लकडाउनका करण ईदगाहमा नमाज पढ्न सक्ने अवस्था रहेन् भने के गर्ने त । यदि कारणवश ईदगाहमा ईदुलफित्रको नमाज हुन सकेन् भने हामीले आफ्नो शहरको समय अनुसार ईदुलफित्रको जमात हुदां सम्म पर्खिने र जमात भइसकेको कम्तिमा आधा पछि दुई रकत नमाज नफल चास्त वा इसराक पढ्न सकिन्छ ।
ईदुलफित्र र जुमाको नमाज जमात बिना हुन सक्दैंन् । त्यसकारण यदि कुनै मुफ्ती, आलिम वा मौलाना छन् जसले शरियतको आदेश अनुसार सबै शर्त पुरा गर्न सक्छन् र शहरकाजीले इजाजत दिन्छन् भने अनि उनी इमामत गर्न सक्छन् । शहरकाजीको इजाजत अनुसार खुल्ला मैदान वा अन्य ठांउमा उनलाई ईमाम राखि कम्तिमा तीन जना मुकतदी रहने गरी ईद वा जुमाको नमाज घरमा अदा गर्न सकिन्छ । शरीयते इस्लाम अनुसार कुनै नमाज जमातका साथ पढ्न र पढाउनका लागि ईमाम र मुकतदी सहित चार जना हुनै पर्छ भनेर पनि कतिले भनी रहेछन् ।
हुन् त फर्ज नमाज दिनको पांच पटक र जुमा अलविदा जुमा आदि मश्जिदमा र वाजिब नमाज ईदुलफित्र ईदुज्जुहा आदि ईदगाहमा पढ्नुपर्ने आदेश छ । अनि सामान्य परिस्थितिमा यी नमाज घरमा पढ्ने इजाजत छैन् । तर महामारीको समयमा वा सरकारले गरेको आदेश अनुसार यदि मश्जिदमा नमाज अदा गर्न सकिने व्यवस्था र अवस्था छैन् भने ती फर्ज (दैनिक पटक पढ्ने नमाज) र वाजिब (नफल दुई रकत)नमाज घरमै पढ्न सकिन्छ र त्यतिबेला घरमा पढ्दा कुनै गुनाह लाग्दैन् र पापको भागीदार भइदैंन् ।
यसरी ईदुलफित्रको नमाजको सट्टा नफल घरमा पढ्न सकिने भनी शरीयते इस्लामले लचकता प्रदान गरेको छ । किनभने अल्लाहले नियत हेर्नुहुन्छ तपाईको नियत ईदगाहमा गएरै ईदुलफित्रको नमाज अदा गर्नेछ तर लकडाउनका कारण अहिले ईदगाहमा पढ्न सक्नु हुदैंन् भने अल्लाहले त्यसको अजर वा सवाब(पुण्य) अवश्य नै दिनुहुनेछ ।