कोरानाको कहरले बिश्वलाई नै प्रभावित बनाइरहेको सन्दर्भमा नेपाल पनि यसबाट अछुतो रहेको छैन । बिस्तारै कोभिड १९ को संक्रमण चिनमा मात्रै नभै बिश्वभर फैलिदै गए पछि नेपाल पनि यसको प्रभावबाट मुक्त रहेन । नेपाल सरकारले गत चैत्र ११ गते देखि देशभर लकडाउन घोषणा गरे पछि नेपालमा कोरोना बारेमा चर्चा परिचर्चा र असर बढ्दै गयो ।
देशभर कोरोना बिरुद्धको अभियान संचालन हुदै गर्दा बाँकेमा पनि यसको पुर्व तयारी तिब्र गतिमा हुदै गयो । भेरी अस्पताल टिमको नेतृत्वमा सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरालाई प्रदेश ५ सरकारबाट कोरोना बिशेष आइसोलेसन अस्पताल बनाउने निर्णय गरि तयारी सुरु भयो ।
हामीले कोरोना बिरुद्धको तयारीको समय धेरै नै पाएको हो । बैकल्पिक सुरक्षा कवज बनाउने, सम्पूर्ण स्टाफहरुको मनोबल बढाउन परिचयात्मक तालिमहरु संचालन गर्ने, बिभिन्न तहका कोभिड १९ का अस्पतालहरु ब्यवस्थाकपन तथा संचालन गर्ने जस्ता कार्यहरुका साथै भेरी अस्पतालमा ल्याव सञ्चालन गर्न प्रदेश स्तरिय तथा संघिय स्वास्थ्य मन्त्रालयसंग समन्वयको भुमिकाको नेतृत्व गरेका हौ ।
कोरोना बिशेष आइसोलेसन अस्पताल संचालनमा भेरी अस्पतालका सम्पुर्ण स्वास्थ्यकर्मी तथा प्रशासनकर्मीहरुको प्रमुख भूमिका रहेको छ । बिश्वभर कोरोना संक्रमितको सख्या बढ्दै जादा नेपालमा पनि कोभिड १९ संक्रमितहरुको सख्या बढीरहेको छ । जेष्ठ ५ गतेसम्ममा बिरामीको सख्या ३७५ पुगेको छ भने २ जनाको मृत्यु भैसकेको छ । बाँकेमा संक्रमितको सख्या 93 रहेको छ भने एक जनाको मृत्यु भएको छ । 93 जना बिरामी मध्ये खजुरा स्थित कोरोना बिशेष आईसोलेसन अस्पतालमा २५ जना र दाङ्गको बेलझुण्डीमा ८ जना बिरामीको उपचार भैरहेको छ ।
कोभोड १९ का केशहरुलाई ब्यवस्थापन गर्नका लागी तोकिएका आइसोलेसन अस्पतालहरुमा नर्सिङ्ग सेवा प्रदान गर्ने कुरामा नर्सहरुले नेतृत्व लिईरहेका छन् । त्यति मात्र नभएर क्वारेन्टिनमा समेत नर्र्सहरुले बिरामीहरु ब्यवस्थापन र संक्रमित बिरामी जाँच गर्ने कुरामा जुटिरहेका छन् ।
मिति २०७७ बैशाख १९ गतेका दिन आर.टि.पि.सि.आर चेकजाँच गर्ने क्रममा एक जना ब्यक्तिमा कोरोना पोजेटिव भेटिए पछि कोरोना बिशेष आईसोलेसन अस्पताल २४ सै घण्टा संचालनमा आएको छ । यस अस्पतालमा बिरामीहरुलाई २४ सै घण्टा सेवा प्रदान गर्न भेरी अस्पतालका नर्सिङ्ग स्टाफहरु अग्र पङ्तीमा रहेका छन् । नर्सिङ्ग स्टाफहरुको सहकार्यमा एक जना नर्सिङ्ग इन्जार्च सहितको ६ जनाको समुह एक हप्ताको लागी बनेको छ । गोला प्रथाबाट छनौट गरिएको पहिलो र दोश्रो समुहले आफ्नो हालको पालो सकि क्वारेन्टिन होटल र घरमा बसेका छन् भने तेश्रो समुहका डिउटीमा खटिरहेको अवस्था छ ।
कोरानाको यस्तो संकटपुर्ण अवस्थामा सम्पुर्ण नर्सिङ कर्मचारी लगायत स्वास्थ्यकर्मीहरु एक ढिक्का भएर लड्नु पर्ने अवस्था छ । एकले अर्कालाई दोषारोपण गर्नु भन्दा सत्य तथ्यलाई बुझेर कसैको लहै लहैमा नलागी अगाडी बढेमा मात्र कोरोना बिरुद्धको लडाई जित्न सम्भव छ । तसर्थ म सम्पुर्ण यस लडाईका योद्धाहरुलाई एक अर्कालाई बिश्वास गरेर अगाडी बढ्न सहयोगी भावनालाई चूस्त र दुरुस्त राख्न अनुरोध गर्दछु । हरेक समस्याको समाधान हामी आफैमा हुन्छ । तसर्थ समाधानको उत्तम बाटो भनेको हामी सबै मिलेर खोज्नु हो । त्यसो गर्न सकिएमा मात्र आफ्नो भुमिका सहि हिसावमा निभाउन सकिन्छ । हरेक ग्रुपलाई फुटाउने र नेतृत्व गर्ने भन्ने कुटनितिक धारणालाई हामीले बेलैमा चिर्नु पर्दछ अन्यथा हाम्रो यस कोरोनासंग लड्ने शक्ति कमजोर बन्न जान्छ । यस्तो परिस्थितिमा बाहिरी हल्लामा लाग्नुको सट्टा आफु आफु बिचमै कुरा माझ्दा अझै पेशाको मर्यादालाई बढाउन सकिने र अरुको अगाडी शक्ति बनेर स्थापित बन्न सकिन्छ ।
हरेक मानव सत प्रतिशत र आफैमा पुर्ण हुन कहिल्यै हुन सक्दैन । तसर्थ सहकार्य नै एक अर्कालाई पुर्ण बनाउने माध्याम हो । हामीले एक अर्काको कमी कमजोरी खोज्नु भन्दा अरुको सफलतामा र राम्रो पक्ष खोज्न सक्यौ भने मात्र राम्रो ब्यवहारलाई बढाउन सकिन्छ । तसर्थ अर्कालाई नजर अन्दाज गरि आफुलाई महान ठान्ने मुर्खता गर्नु भन्दा हरेक मानवको महत्व उत्तिनै हुन्छ भन्ने भावना लिएर अगाडी बढ्न सके कोरोना मात्र होइन हरेक लडाई जित्न सकिन्छ ।
कोभिड १९ को पोजिटिव केश ब्यवस्थापन गर्ने पक्ष सजिलो बिषय थिएन । यसमा काम गर्दा हामीले थुप्रै कठिनाईहरु भोगेका छौ । कोभिड १९ संक्रमित बिरामीको उपचचारमा संलग्न रहेकै कारण घरभेटीले डेरा नदिने, गाडीले चढाउन नमान्ने, होटलले खाना बन्द गर्ने, समुदायका मान्छे आएर ब्यवस्थापनमा बिभिन्न बाधा ब्यवधान प¥याउने जस्ता कार्यहरु नभएका पनि होइनन् । त्यसमा स्वास्थ्यकर्मी र समुदायको पनि कुनै दोष छैन किन कि यस्तो अवस्थामा हामी जस्ता रोगको बारेमा बुझेका मान्छेलाई त धेरै डर लागेको थियो भने जनसमुदाबाट देखाईएको उक्त ब्यवहार सामान्य नै हो ।
बिभिन्न तह र तप्कामा रहेर सम्पूर्ण नर्सिङ्ग कर्मचारीहरुले उच्च मनोबलका साथ काम कोरोना बिरुद्धमा लागि परेका छौ । तसर्थ यस्तो योगदानलाई नेपाल सरकारबाटै उच्च मुल्याङकन गरि आउँदा दिनमा स्वास्थ्य नीति निर्माण तहमा सहभागी बनाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न नर्स मैत्री स्वास्थ्य नीति बनाए मात्र यस्ता बिकराल परिस्थितिलाई चिर्न सम्भव हुन्छ ।
अन्तमा कोरोना बिरुद्धको लडाईमा अग्रपङ्तीमा रहेर काम गर्ने नर्सिङ्ग स्टाफ लगायत स्वास्थ्यकर्मीहरुको उच्च मनोबलका साथ सुरक्षित भई काम गर्ने वातावरण मिलाउनु आजको आवश्यकता हो । संकटको घडिमा अग्रमोर्चामा रहि कोभिड १९ बिरुद्धमा लगनशिल, इमान्दार र कर्तब्यनिष्ट भई काम गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायत कोरोना बिरुद्धमा प्रत्यक्ष अप्रत्यक्ष लडाई लड्ने योद्धाहरुलाई साथ सहयोग र थप हौसला प्रदान गर्न सम्पूर्णमा हार्दिक अपिल गर्दछु । (लेखक भेरी अस्पतालका नर्सिङ्ग निर्देशक हुन् ।)