बाँकेको नरैनापुरमा १२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमा जारी गरेर नरैनापुरमा १२ जना थपिएको जानकारी दिएको छ ।
नरैनापुरमा शनिबार लिइएको २ सय ६३ स्वाबको सबै नतिजा आउँदा नरैनापुरमा संक्रमितको संख्या ६८ पुगेको हो । जसमध्ये एकको मृत्यु भैसकेको छ । सोमबार दिउँसो ४७ जना पोजेटिभ भेटिएका सार्वजनिक गरिएको थियो ।
नरैनापुरमा सोमबार थप ९३ स्वाब संकलन गरेको छ ।