कोरोनाले त्राही त्राही बनाएको संसार अहिले आफ्नै बचाउको निम्ति घरभित्र छ । राजेश हमालले २०७२ को महाभुकम्प पछि दिएको अन्र्तवार्ताको मलाई अहिले पनि सम्झना आउँछ । उनले भनेका थिए, भुकम्पमा ज्यान बचाएर भाग्ने क्रममा उनले संगै बसेकी श्रीमतिलाई सम्झेनन् रे, एक्लै बाहिर निस्किए रे । यथार्थ तर तीतो सत्य हो यो । जति नै मायाको कुरा गरेतापनि अकस्मात आइपर्ने मृत्युबाट भाग्नु पर्दा शायद सबैले आफ्नै प्राणलाई प्राथमिकतामा राख्छन् । यो मानव व्यवहारको एउटा पक्ष पनि हो । “बचौं र बचाऔं” अवधारणामा केन्द्रित अहिलेको घरभित्रको बन्दीले हामी सबैलाई स्वमूल्यांकन गर्ने अवसर दिएको छ ।
मैलें पनि म, मेरो वरिपरिको वातावरण, मैले गर्ने व्यवहार, मेरो भावना, रिस, खुशी आदी सबैलाई सोच्ने मौका पाएको छु । मेरो जीवनमा भएको ती व्यक्ति जसलाई म कहिले पनि माफ गर्न सक्दिन भन्ने सोंचेको थिए त्यो आवेग शान्त भएको छ । सोच्दैछु, मरेर लानु के पो छ र ? घरभित्रनै संसार रहेछ । जति नै सुख सयल भएपनि शरीरमा लगाउने भनेको एक जोर कपडा न हो । सयौं जोर कपडा भएपनि कपडा माथि कपडा खापेर लगाउन नसकिने रहेछ । जिन्दगीको दौड उहि एक छाक खाना र सास जोगाउनकै निम्ति रहेछ भने किन यति धेरै तछाँडमछाँड ? अहिलेको बन्दिले मलाई दिएको शुक्ष्म विश्लेषण र सिकाई हो यो ।
यहि बन्दिको क्रममा धेरै भर्चुअल बैठकहरुमा सहभागी हुने मौका प्राप्त गरें । बुटवलमा रहेको चौतारी रिडर्स क्लब र काठमाडौंका विभिन्न संस्थाहरुले आयोजना गरेको बैठकहरु मध्ये एउटा भर्चुअल बैठक भारतीय नारीवादी कमला भासिनको थियो, जहाँ उनले कोरोनासंग तुलनात्मक व्याख्या गर्दै पित्तृसत्ताको भाइरसले मानव जीवनमा पारेको असरबारे विश्लेषण गर्नुभएको थियो ।
पित्तृसत्ताको भाइरस भन्ने वित्तिकै हामी पुरुषलाई दोषी देख्न शुरु गर्दछौं । पुरुषले यो गर्यो पुरुषले त्यो गर्यो, हिंस्रकको रुपमाहामी पुरुषलाई देख्दछौं । तर, बाउले छोरीलाई बलात्कार गरेको समाचार पढ्दा कतिपय पुरुषले आफू पुरुष हुनुको लज्जाबोध गरेको अवस्थालाई हामी महसुस गर्न सक्दैनौ किनभने त्यहाँ “कर्ता” पुरुष रहेको हुन्छ र “कर्ता” पुरुषले गरेको व्यवहारको परिणाम महिला हिंसामा परेको हुन्छ । त्यहाँ “पुरुष व्यवहार” सतहमा देखिएको हुन्छ र जरा कारण लुकेको हुन्छ ।
अर्थात हामीले बुझ्नु पर्ने कुरा भनेको पुरुषलाई हामीले हाम्रो घरभित्र, समाजभित्र र राष्ट्रमा जुन तरिकाले मलजल गरिरहेका छौं, छोरालाई हुर्काउँदा जरामा जुन संस्कार रुपि मल हालिएको छ त्यो मलको परिणामनै उसले आफ्नो फलस्वरुप व्यवहारमा देखाइरहेको हुन्छ । सतहमा देखिने हिंसा र विभेदको जरा कारण भनेको पित्तृसत्ता हो । यदि संसारमा पित्तृसत्ता हँुदैन थियो भने नारीवाद पनि हँुदैन थियो । नारीवाद एउटा आवाज हो जसले पित्तृसत्ताको विरुद्धमा बोल्छ र नारी र पुरुषलाई समानतामा बाँँच्न पाउने वातावरणको श्रृजना गर्दछ । तसर्थ नारीवाद पुरुषको विरुद्धमा होइन । पित्तृसताको विरुद्धमा हो । जबसम्म पित्तृसत्ता हुन्छ नारीवाद हुन्छ । यदि हिन्दुमा ब्राहमणवाद हुँदैन थियो भने दलित आन्दोलनको आवश्यकता हँुदैन थियो ।
नारीवादको आवश्यकता भनेको पुरुषलाई समाप्त गर्नु होइन, हाम्रो समाजमा विद्यमान रहेको पित्तृसत्ताको समाप्ती खोज्नु हो त्यसैले जससम्म पित्तृसत्ता हुन्छ, नारीवाद रहन्छ । पित्तृसत्ताको विकल्प मातृसत्ता होइन । यदि मातृसत्ता भयो भने पुनःविभेद हुन्छ जसरी अहिले पित्तृसत्ताले दुःखदिइरहेको छ । त्यसैगरि मातृसत्ताले पनि दुःख दिन्छ । वर्तमान समयमा पित्तृसत्ता साह््रै नै खतरनाक भाइरस हो जसबाट वर्षेनी १०० करोडभन्दा बढी महिलाहरुलाई प्रभावित पारिरहेको छ । र वर्षेनी लाखौं महिलाहरुलाई मृत्युको मुखमा पुर्याइरहेको छ ।
सबै पुरुष, हिंस्रक हुन्छन् भन्ने होइन, महिलामा पनि पित्तृसत्ता हुन्छ, महिलापनि हिंस्रक हुन्छन् । त्यसैले पित्तृसत्ताको सम्बन्ध हाम्रो विचारसंग छ र हाम्रो विचारले हाम्रो व्यवहारलाई निर्देशित गरिरहेको हुन्छ । नारीवाद भनेको समानता हो । जो कोही व्यक्ति यदि समानतामा विश्वास राख्छ भने त्यसले नारीवादलाई आत्मसाथ गरेको हुन्छ । तर समानता उसको व्यवहारमा देखिनु पर्दछ । विभिन्न ठाउँ, संस्कार, परिवेश अनुसार जसरी पित्तृसत्ता फरक छ त्यसैगरि नारीवादपनि ठाउँ अनुसार फरक छ । नारीवाद एउटा चिन्तन हो, विचार हो, साेंच हो, त्यो साेंच भनेको सबैको अस्मिता छ, अधिकार र स्वतन्त्रता छ र सबै बराबर हुन्भन्ने धारणा हो । नारीवाद सानो सानो कुरामा हुन्छ । घरभित्रको हरेक क्रियाकलापमा हुन्छ । समानतालाई जीवनमा र व्यवहारमा उतारिएको हुन्छ । एकपटक हामी आफंैले आफैलाई मूल्यांकन गरेर पनि हामी नारीवादको पथमा छौं या छैनौं भनि हेर्न सक्दछौं । लकडाउनको समयमा हामी सबै घरभित्र छौं तर हामीले घरभित्रको काम कति गर्यौं ? कसैले अह््राएर गर्यौं कि, मनलाग्दामात्र गर्यौं या घरभित्रको कामलाई कुनै वैकल्पिक काम नसोची जिम्मेवारी लिएर गर्यौं ? हेर्दा सानो लाग्ने यहि कुरालाई मात्र विचार गर्यौं भने पनि हामी समानताको बाटोमा हिड्न सक्छौं ।
घरभित्रको सानो सानो विभेदलाई अन्त्य गर्नु नारीवाद अवलम्बनको शुरुवात हो । महिलाले ९ महिनासम्म राखेर जन्म दिएपछि बाँकी सबै काम पुरुषले गर्नसक्छ । जब पुरुषले बच्चा सम्भाल्न सिक्छ भने उसले माया गर्न सिक्छ । एउटा पुरुष आफ्नो बच्चासंग जति धेरै घुलमिल हुन सक्छ, बच्चालाई स्पर्श गर्न र उसको कोमलता महसुस गर्न सक्छ उति नै उसको मनबाट हिंसा मेटिएर जान्छ र एउटा पुरुष कोमल हँुदै जान्छ । आमाले धेरै समय बच्चासंग बिताउने भएको हुँदा आमाले बच्चालाई महसुस गर्न सक्छ, बच्चाले पनि आमालाई नै खोज्ने हुन्छ । पुरुष टाढा हुँदाहँुदै बच्चा पनि बाउ देख्यो कि डराएर भाग्ने हुन्छ । यदि कामबाट फर्किएपछि पुरुषले किताब, टि.भि वा पत्रिका लिएर बस्नुको साटो त्यो समय आफ्नो बच्चा, परिवार र घरभित्रदिन सक्यो भने ऊ स्वतःदयालु हँुदै जान्छ । भर्खर जन्मिएको बच्चासंगको आत्मियता, आमाको जस्तो त्यो भावना एउटा बाउले पनि आफ्नो बच्चासंग प्राप्त गर्न सक्छ । तसर्थ जसरी छोरीलाई अरुको घर जानुपर्छ भनेर दयालु हुन र घरको काम गर्न सिकाइन्छ उसैगरि छोरालाई पनि सिकाउनु पर्दछ । जसरी महिलाले घर बाहिरको काम गरेपनि आफ्नो परिवार, बच्चालाई र घरमा समय दिइरहेका हुन्छन् उसैगरि पुरुषले पनिदिन सक्यो भने ऊ पनि बच्चाको नजिक हुन पुग्दछ ।
नारीवाद भन्ना साथ महिला र पुरुषको मात्र कुरा गरिन्छ तर नारीवादले महिला पुरुषबीचको समानताको साथसाथै सबैतिर समानता हुन आवश्यक छ भन्ने धारणालाई आत्मसाथ गर्दछ । गरीब र धनिमा समानता, समलिंगीमा समानता, अल्प तथा फरक यौनिक व्यवहार भएकाहरुमा समानता, महिला पुरुषमा समानता, दुई धर्म बीचको व्यवहारमा समानता, दलितभित्र समानता, ब्राहमण र दलितबीच समानता… । अर्थात हरेक वर्ग, हरेक लिंग, हरेक समाज र संस्कृतिबीचको समानता नै नारीवाद हो । यो एउटा व्यवहार र सोचको परिकल्पना हो जहाँ कुनै पनि वहानामा कुनै पनि नाउँमा कोही व्यक्ति माथि विभेद हुँनुहँुदैन । एउटा व्यक्ति र अर्कोव्यक्तिबीचको अधिकार र स्वतन्त्रता समान हुन्छ । तर यो कुरा सोंचले मात्रहुँदैन । सोचलाई व्यवहार माल्याउन जरुरी छ । नारीवाद सिद्धान्त पनि हो र व्यवहार पनि हो । तसर्थ “म नारीवाद हुँ” भनेर हुँदैन व्यहारमा हुन जरुरी छ । सबै प्रकारको तलमाथिको अवस्था, फरक स्थितिमा प्रश्न गर्नु र समानताको व्यवहार गर्नु नै नारीवाद हो ।
नेपालको संविधानले केहीहदसम्म भएपनिसमानतालाई प्रोत्साहितगर्न खोजेको देखिन्छ । संविधानलाई पालनागर्नेले समानतालाई अवलम्वनगर्नैपर्दछ । नारीवादविना संविधानको इज्जतहुन सक्दैन । नेपाल दक्षिण एसियामाप हिलो देशहो जसले समलिङ्खिलाई कानूनीमान्यतादिएको छ । वैवाहिक बलात्कारलाई अपराध मानेको छ, संसदमा ३३ प्रतिशतआरक्षण गरिएको छ । तर यी सबै कुराहरु किताबकापानामा राखिएका छन् । व्यवहारमाउतार्न बाँकी छ । यदि सबै हामी सबैले हाम्रो संविधानलाई अक्षरस पालनागर्ने हो भने धेरैलाई सिकाउन र नमूना राष्ट्र बनाउन सकिन्छ । हामीअलगअलगअवस्थामा छौं । अलग परिवेश र भुगोलमा छौं । एउटा अर्कोको अवस्थासंग फरक छ । तर पित्तृसत्ता धेरै वाथोरै सबैतिर छ । यस्तो अवस्थामाहामीले तुलना गरेरवा भाषण गरेर मात्रहुदैन । जो जहाँ छ त्यहि नै समानतामूलकव्यवहार गर्नु आवश्यछ छ । हामी हरेकले गर्ने व्यवहार र समानताको एउटा कदमले नै हामी हिंसामूलक समाजको निर्माण गर्न सक्दछौं ।