आज सोमबार नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र रहेका कक्षा ८ का विद्यार्थीहरुको बिएलइ नतिजा प्रकाशित भएको छ । उपमहानगरपालिकाले केहीबेरपछि नतिजा प्रकाशित गरेको हो ।
नगर शिक्षा अधिकारी गोरख बहादुर थापाका अनुसार, नेपालगन्जमा सामुदायिक र संस्थागत गरी २ हजार ८ सय ८० विद्यार्थीले परीक्षा दिएका थिए । गत फागुन २९ गतेदेखि चैत्र ५ गतेसम्म चलेको परीक्षाको नतिजा लकडाउनका कारण आउन ढिलाई भएको हो ।
परीक्षाफल www.nepalgunjnews.com, सबै विद्यालयका आफ्ना वेभ साइटमार्फत हेर्न सकिन्छ ।
नेपालगन्ज स्थित आइटी कम्पनी इगलआइ आइटी सर्भिस प्रा।लि।ले टुकी मार्फत नतिजा सार्वजनिक गर्न प्राविधिक सहकार्य गरेको हो । इगल आइका फाउण्डररसिइओ विवेक कुमार खड्काका अनुसार, घरमंै बसेर पनि इन्टरनेटमा मार्फत वा मोबाइल एसएमएस मार्फत विद्यार्थीको नतिजा थाहा पाउन सकिने व्यवस्था गरिएको छ ।
नतिजा हेर्न यहाँ क्लीक गर्नुस्