बैंक सञ्चालनमा बिजोग, सेवाग्राहीलाई जोखिमसँगै सास्ती, जोखिममा कर्मचारी (हेर्नुस् भिडियो)

नेपालगन्जमा कोरोना संक्रमणको जोखिम मुलुककै उच्च छ भन्ने कुरा विज्ञहरुबाट आइरहेको छ । मुलुकमैं लकडाउन भएको ४८ औं दिन आइतवार नेपालगन्ज बैंकहरुले आंशिक सेवा प्रवाह गरेका छन् ।
तर, नियमन अभाव र कोरोना संक्रमण विरुद्धको जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने सावधानी नअपनाएरै सेवा प्रवाह गरिएको देखिएको छ । बैंकका कर्मचारी समेत जोखिममा पर्ने गरि स्वास्थ्यका सुरक्षा उपाय नअपनाएरै बैंक तथा वित्तीय संस्था सन्चालनमा आएका हुन् ।

बैंक सञ्चालनमा आइतवार नेपालगन्जमा देखिएको यो बिजोगले सेवाग्राहीलाई जोखिमसँगै सास्ती त भएकै छ, बैंकका कर्मचारी पनि जोखिममा पर्ने निश्चित छ ।


धेरै संक्रमित भएपछि नेपालगन्जमा उच्च सतर्कता अपनाउनु पर्ने बेला सामाजिक दुरी समेत पालना नगरि बैंक सञ्चालन भएका दृष्य तपाईंलाई हामी देखाउँछौं (हेर्नुस् भिडियो) सरकारले बैशाख २६ गतेबाट ४४ प्रकारका उद्योग कलकारखाना र बैंक एवं वित्तीय कार्यालय खोल्न अनुमति दिएपनि बाँकेमा बैंकका लागि ११ देखि ३ बजेकै समयमा सञ्चालन व्यवस्था मिलाउन भनिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया