महानन्द ढकाल
नेपालको हरिद्धार त्रिवेणी धाम
च्वाट्ट भन्ने बित्तिकै फ्याट्ट हिड्न कहिल्यै पाइएन । मनले चाहेर मात्रै पनि नहुने । हुन त मन न हो के के चाहन्छ चाहन्छ ? मनले चाहना गरेका सबैका सबै कुरा पुग्ने भए यो संसार नै अहिलेको जस्तो हुदैनथ्यो । न त समाज रहन्थ्यो न त संस्कृति नै । सबैले आपूmलाइै राजा मात्रै होइन भगवान नै घोषणा गर्थे होला । जे होस् मान्छे कुनै न कुन बन्धनमा बाँधिनुको बाध्यता केवल आसा हो । आफ्ना इच्छा आंकाक्षा पूरा गर्ने लालसामा मान्छेले अर्कोले अस्थित्व स्वीकार्ने गरेको छ ।
मनले त अघिल्लो साल पनि इलामको सेरोफेरो नघुमेको होइन तर तनले पो घुम्न पाएन र । यो वर्ष दार्जीलिङ सिलुगढी, तातोपानी वा डोटी सिलगढीको चर्चा चल्दा तातोपानीलाई नै प्राथमिकतामा पारेको थिएँ मैले । तातोपानीलाई प्राथमिकतामा पार्नुका कारणहरु धेरै थिए । सबैभन्दा महत्वपूर्ण कारण त चीनमा खुट्टा टेक्नु थियो । नेपाल भारतको सिमानामा हुर्के बढेको म चीनको नामले मात्रै पनि उद्देलित हुन्थें । समाचार पत्रमा पढेको कुरा र टेलिभिजनमा देखिएका दृष्यहरुले मात्रै मन तृप्त हुन सकेको थिएन ।
हरेक भ्रमण स्वतन्त्र हुनु जरुरी हुन्छ । यस पटकको भ्रमण स्वतन्त्र हुने नहुने कुरामा मलाई दुबिधा भइरहेको थियो । केही वर्ष पहिला बाध्यताका भ्रमणहरु पनि गरेको थिएँ । मा वि तहका विद्यार्थीहरुको गोठालो जस्तै बनेर पाँच छ दिन दुई चार पटक तनाव खेपेको पनि थिएँ । त्यतिबेलाका घुमाइ घुमाइ नबनेर गुमाइ बन्ने गरेका थिए । भए भरका बिद्यार्थीहरुलाई भेडाबाख्रा हुले जस्तै सकिनसकी खाँजेर भिरको बाटो दौडाएपछि के हुन्छ ? सजिलै अनुमान लगाउन सक्नु हुन्छ ।
यस पटकको यात्रा कठिन हुदैन भन्ने पूर्व अनुमान लगाइसकेको थिए । उमेरको हिसावले भ्रमण दलको जेष्ट नागरिक म नै थिएँ । संख्यात्मक रुपले भिडभाड पनि थिएन । कसैको जिम्मेवारी वहन गर्नै पर्ने बाध्यता पनि थिएन । साँक्षीसम्म बस्नु पर्ने आवश्यकता भए पनि साँक्षीको जिम्मेवारी वहन गर्ने प्रकाश अर्याल सर र संगिता मिस सङ्गै भएपछि म ढुक्क थिएँ । उमेरले जेठो हुनु कतिपय ठाउँमा घाटा भए पनि कतै न कतै त फाइदा नै हुदो रहेछ । यस पटक मैले जेष्ठ उमेरको फाइदा उठाउनै पथ्र्यो ।
तातोपानी भम्रणका लागि मङ्सिर महिना उपयुक्त हो वा होइन ठ्याक्कै थाहा भएन । हिमाली प्रदेश अन्र्तगत पर्ने भएकोले केही चिसो पक्कै हुन्छ भन्ने अनुमान लगाउन कठिन थिएन मलाई । मङ्सिर दुई गते नै भ्रमणका कतिपय तयारीहरु पूरा भइसकेका थिए । कक्षा १२ का विद्यार्थी सहित जम्मा जम्मी बत्तिस जना भ्रमण टोलिमा सामेल हुने फिक्स भइसकेको थियो । मङ्सिर तीन, २०७६ को साँझपख हाम्रो यात्रा सुरु हुने भयो । म बाहेक सबै बर्दिया बाँसगढीको ने रा मा वि लक्ष्मणपरुबाट गाडी चढ्ने भए म भने बाँकेको कोहलपुरबाट । बिस बिस किलो मिटर उल्टो बाटो हिड्नुको पनि त अर्थ थिएन ।
राति दश बजे दाङको रिहार पुगेको हाम्रो गाडीले एक्कासी आँखा चिम्लियो । औंसीको रात, गाडीका आँखा बन्द भएपछि हाम्रै आँखा बन्द भए जस्तो भयो । जङ्गलको बाटो न खानु, न सुत्नु ? न त हिडेर नै अगाडि बढ्न सक्ने अवस्था ? संसार नै अन्धकार भए जस्तो भयो । हरेक बिकल्पहरु खोजे गाडीका स्टाफहरुले । सबै बिकल्पहरुले फेल खाए । गाडीकै डाक्टरलाई देखाउनु पर्ने देखियो । रातिको समयमा यो पनि सम्भव नै देखिएन । कनेक्सन मात्रै छुटेको हो कि भनेर स्टाफहरुले नै प्रयास गरिरहेका थिए । तर रहेन छ । लाइटको मुख्य भाग नै बिग्रिएको भन्नेसम्म पत्ता लाग्यो । कुनै उपाय नदेखिएपछि टर्च लाइटको सहयोगमा मुस्किलले सतबरियासम्म पुगियो । पहिलो दिनको यात्राले हामीलाई निरास बनायो ।
बिग्रेको गाडीमा रात काट्नु कम पीडादायक हुँदो रहेनछ । एघार बजेतिर मित्र केशव निमेषलाई फोन गरें रिचार्जका लागि । राति होस् वा दिन जतिबेला र जहाँ भए पनि केशवजीबाट सहयोग हुने गरेको थियो मलाई । ‘कहाँ पुग्यौ ? खाना खायौ ? बस्ने ठाउँ कस्तो छ ? साथी को छ ?’ जस्ता तमाम प्रश्नहरु धेरैलाई धेरैले सोधेको सुनिन्थ्यो । गाडीले दिएको समस्या सुनाएर घरमा समस्या पार्न मन लागेन । मनमा छटपटि त थियो नै । मनको छटपटि लुकाउनु पर्ने बाध्यता थियो प्रकाश सर, संगिता मिस र मलाई । हामी नै आत्तिए उनीहरु झन छट्पटाउने निश्चित थियो । प्रकाश अर्याल सरले बिभिन्न प्रसङ्ग निकाल्दै रमाइलो गरिहनु भएको थियो । उहाँमा हँसाउने कला राम्रै थियो ।
केटाकेटीहरु जो जहाँ बसे पनि छुट थियो । रोजेका र मन मिल्ने साथीहरुसँग बस्न पाउँदा रमाएका थिए । कोही कोही अगाडि बस्न मन गर्थे भने कोही पछाडि एकान्त पर्ने गरी बस्ने चाँजोपाजो मिलाउने धुनमा देखिन्थे । उमेरले बीसको हाराहारीका थिए सबै । यो उमेरका बिद्यार्थीको पछि लागिरहनु उपयुक्त पनि थिएन । आफ्नो बारेमा आपैm सोच्न सक्थे उनीहरु ।
मङ्सिर महिना भएकोले रात छिप्पिदै गएसँगै जाडो पनि बढ्दै गएको थियो । सबैले आ आफ्ना जकेट र कम्बलहरु ओढ्न थालेका थिए । रातको साढे बाह् बजे (पि के) प्रेम खत्रीलाई खै के भयो थाहा भएन एकाएक सेन्डो समेत खोलेर ‘गर्मी लाग्यो’ भन्दै गाडी बाहिर निस्कन खोजे । हामीलाई अचम्म लाग्यो । बढ्दो यौवन, उसकुसमुकुस र छटपटी भयो होला भन्ने लाग्यो । यो दृश्य देखेर हामीलाई निकै हाँसो उठ्यो पनि ।
उज्यालो भएपछि गाडीलाई आँखा चाहिएन । हामी लमही पुग्यौं । अटोपार्ट खोज्दा खोज्दै आठ बज्यो । गाडीको लाइट कनेक्सन गर्ने सबै बक्स नै फेर्नु पर्ने भएछ । अण्डा, चना र चिया खाएर गाडीको पर्खाइमा बस्यौं । दशबजेसम्म काठमाण्डौ पुग्ने हिसावले हिँडेका हामी लमहीबाट पौने दशमा मात्रै प्रस्थान ग¥यौं ।
गाडीले धोका दिएसँगै हाम्रो भ्रमणको रुट परिवर्तन भयो । फर्कदा घुम्ने भनेको त्रिवेणिधाम जाँदा जादै घुम्ने सोच बन्यो । हिड्दा हिड्दै जिन्दगीको यात्रामा पनि ठक्कर लाग्यो भने विकल्प त खोज्नै पर्छ भन्ने ज्ञान दिदै थियो यो भ्रमणले । बर्दघाट चिसापानीमा पौने तीनबजे अधिकारी स्टाफ भोजनालयमा खाना खाएर वर्दघाट हुँदै त्रिवेणितिर मोडियौं । कतै चौडा कतै साँघुरो, कतै सिधा कतै घुमाउरो, कतै खाल्टाखुल्टी त कतै सिलिक्क परेका बाटाहरु पार गर्दै हामी अगाडि बढ्यौ ।
त्रिवेणिधाम पुग्न वर्दघाटबाट करिव सत्राइस कि.मि. दक्षिणतिर जानु पथ्र्यो । बाटामा अनेक दृश्यहरु हेर्दै हामी अगाडि बढिरहेका थियौं । दायाँ बायाँ पहेंलै देखिने तोरी बारी । हरियै देखिने गहुँ र उखुबारीले नेपाल साँच्चिकै कृषि प्रधान देश हो भन्ने प्रमाणित गर्दै थिए ।
सुनवल चिनी मिलका लागि तयार गरिएको उखु खेती थियो यो । कृषकहरुले ऋण सहयोग गरी लगाएका । उखुको मुल्य नमिलेर कृषकहरु आन्दोलित भएका थिए । सिंहदरवारमा धर्ना दिएको महिनौं बितिसक्दा पनि सरकारले समस्या सामाधान गर्न सकिरहेको थिएन । ‘ज्यान दिन तयार छौं रित्तो हात फर्कन्नौं’ कृषकहरुको मुख्य नारा नै थियो यसपटक । यो आन्दोलनले राष्ट्रिय रुप नलिओस भन्ने थियो हामीलाई ।
प्रतापपुर गोपिगन्जबाट बायाँ मोडियौं र फेरि दक्षिण लाग्यौ हामी । बाटो वरिपरि विभिन्न प्रकारका निर्माण कार्यहरु हँुदै थिए । स्थानीय तहलाई बढी अधिकार दिएपछि हरेक ठाउँमा विकासले गति लिन थालेका थिए । बाटोमा कालो वालुवा थुपारिएको देखिन्यो । हाम्रोतिर सेतो वालुवा हुन्थ्यो यता कालो हुँदो रहेछ ।
खजुरा पुल तरेर केही अगाडि गएपछि गण्डक नहर देखियो । सप्तगण्डकीमा बाँध बाँधेर भारतले नेपालमा नामको नहर र भारतमा कामको नहर बनाएको थियो । नहर गहिरो र चाक्लो थियो तर पानी थिएन । नारायणीमा बढी पानी हुँदा मात्रै खोल्ने उद्देश्यले बनाए जस्तो । नेपालमा भारतले निर्माण गरेको कोशी ब्यारेज होस् वा महाकाली ब्यारेज या त गण्डक ब्यारेज नै कुनै पनि नेपालको हितमा देखिएका थिएनन् । यिनै ब्यारेजहरुको आड लिएर भारतले धेरै पटक नेपाली भू–भाग माथि ठाडो हस्तक्षेप गर्ने गरेको थियो । सुस्ता माथिको भारतीय हस्तक्षेप एउटा ज्वलन्त उदाहरण थियो ।
२०५२ तिर कोशी ब्यारेकमा पुगेको थिएँ भने २०७१ ताका महाकाली ब्यारेजमा । के नेपालले भारतसँग यस्तै सम्झौता गरेको होला ? कि भारतले सम्झौता एउटा काम अर्को गर्छ ? हाम्रा सासकहरु किन यति निरिह बनेका होलान् ? छिमेकीको सानो घर छ भन्दैमा हेप्नु त भएन नि ? कोशीमा धोका खाएका हाम्रा शासकहरु गण्डकीमा किन फसे ? के को लोभमा महाकाली नदी भारतलाई कुश समातेर सुम्पिए ? भारतीयहरुको इच्छा बमोजिम नहरका ढोका खोल्ने सर्तमा किन हस्ताक्षर गरे ? यी र यस्तै तमाम प्रश्नहरु देशभक्त नेपालीको मनमा उहिलेदेखि अहिलेसम्म खेलिरहेका छन् । मातृकाको पालामा कोशी सम्झौता, विपी कोइरालाको पालामा गण्डक सम्झौता र गिरिजाको पालामा महाकाली सम्झौता भएको पाइन्छ । भारतले किन यी यस्ता सम्झौताहरुमा कोइराला परिवारलाई नै रोज्यो ? मेरो मनमा खेलेको अनुत्तरित प्रश्न हो यो । यात्रामा हौँसिएको मन नहरको पानी देखेर मलिन भयो । चित्त दुखाउनु बाहेक कुनै बिकल्प थिएन हामीसँग ।
नहर तरेर फेरि नहरको ढिकैढिक पूर्व दक्षिणतिर हानियौं । बाटामा साना–साना टहरामा पसलहरु देखिए । जतिजति दक्षिण हानिदै थियांैं उतिउति भारततिरै हिडेका पो छौं कि जस्तो पनि लाग्दै थियो । भारतीय नम्बर प्लेटका गाडीहरु निर्वाध रुपमा गुडेका थिए । हेल्मेट बिनाका र तीन तीन जना बोकेर बेतालले हुइँकिएका मोटरसाइकल देखेपछि भारत जस्तो लाग्नु स्वभाविकै पनि हो ।
चारबजे त्रिवेणि धाम पुगियो । सुन्दरताको हिसावले मनमोहक थियो यो क्षेत्र । सोना भद्रा, तपसा नदी र नारायणी नदीको संगम स्थल भएकोले यो क्षेत्रलाई त्रिवेणी भनिएको थियो भने यस स्थानको नजिकै हरिहर क्षेत्र, वाल्मिकी आश्रम र देवी घाट जस्ता प्राचिन धार्मिक स्थलहरु रहेकोले पनि यो क्षेत्र प्रसिद्ध त्रिवेणि धामका नामले परिचित हुन पुगेको मानिन्छ । तत्कालिन सुस्ता गा.वि.स.अन्र्तगत पर्ने यो क्षेत्रको उल्लेख कालिदासले रघुवंशमा समेत गरेको पाइन्छ । जनकवंश, वराहा र स्कन्द पुराणमा समेत चर्चा गरिएको यो रमणीय स्थानमा स्वर्गबाट अप्सराहरु स्नान गर्न आउँथे रे भन्ने किम्वदन्ति सुन्न पाइन्छ ।
गजेन्द्र मोक्ष धाम, भक्तिश्वर शिव मन्दिर, नागा बाबा कुटी, कोटी होम, राधाकृष्ण मन्दिर लगायतका थुप्रै धार्मिक स्थलहरुका कारण त्रिवेणि धाम तिर्थालुहरुका लागि स्वर्गको एक टुक्रा जत्तिकै प्रिय रहेको मानिन्छ । पितृश्राद्ध, तर्पण, चुणाकर्म, उपनयन जस्ता कर्मको लागि विशेष महत्व रहेको मानिने यस क्षेत्रमा होली, बुद्ध पूर्णिमा, कार्तिके मेला, कुम्भ मेला जस्ता विशेष मेला तथा पर्वहरु लाग्ने गरेको कुरा स्थानीयहरुले बताए । हामी कुनै मेलाको बेलामा भने परेनौं । यी हरेक मेलाहरुमा नेपालीहरुको भन्दा भारतीयहरुको उपस्थिति रहनु यस क्षेत्रको बिशेषता मानिदो रहेछ । मौका मिलेमा कुनै न कुनै मेलामा सहभागी हुनु पर्ला भन्ने लाग्यो ।
संस्कृत विश्वविद्यालयले त्रिवेणि धामलाई प्राचिन ऐतिहासिक धार्मिक स्थलकारुपमा प्रचारप्रसार गर्न सहयोग गरिरहेको थियो । विभिन्न स्थानबाट वटुकहरु अध्ययन गर्न आउने गरेको कुरा दश वर्षदेखि गजेन्द्र मोक्ष धाम नजिकै किराना व्यवसाय सञ्चालन गर्दै आएका पर्वतका गणेश पौडेलले बताए । अध्ययन गर्ने सिलसिलामा आपूm यस स्थानमा आएको उनको भनाइ थियो ।
त्रिवेणि पारि अर्थात नारायणी नदी पारि चितवन राष्ट्रिय निकुञ्जको अन्तिम भाग देखिन्यो । जङ्गलभित्र प्रसिद्ध वाल्मिकी आश्रम पर्दथ्यो । वाल्मिकी आश्रमलाई त्रेतायुगको मानिन्छ । लभ कुशको जन्म स्थान, सीता पृथ्वीमा विलिन् भएको स्थान र ऋषि वाल्मिकीद्धारा पहिलो पटक रामायण लिपिवद्ध गरेको स्थानदेखि यश्मेघ यज्ञका लागि भगवान रामद्धारा छोडिएका घोडाहरुलाई लभ र कुशले बन्धक बनाएको स्थानका रुपमा परिचित थियो यो स्थान । डुङ्गा तरेर नारायणी पार गरी करिब आधा घण्टा हिडेपछि मात्र यो आश्रम आउने भएकोले यहाँसम्म पुग्न हामीलाई समयले साथ दिएन ।
हामी गजेन्द्र मोक्ष धामतिर लाग्यौं । गजेन्द्र मोक्ष धाम निकै सुन्दर थियो । दुबैतिर उभिएका अशोकका रुखहरुले गजेन्द्र मोक्ष धामलाई झनै सुन्दर बनाएका थिए । संस्कृत पिठ विद्याश्रम पनि गजेन्द्र मोक्ष धामकै परिसरभित्र रहेछ । बाटामा बटुकहरु देखिए । यो धाम पुग्नु पूर्व नै सिसमहल आउँथ्यो । प्रति व्यक्ति रु १० का दरले टिकट काटी सिसमहल हेरियो । सिसैसिसाबाट कलात्मक तरिकाले निमार्ण गरिएको यो महलभित्र छिरेपछि सबैजना खुब रमाए । एकले अर्कालाई हेरेर फोटा खिचाए ।
गजेन्द्र मोक्ष धामको अगाडि दुई ठूला हात्तीहरु थिए । हात्तीले धामलाई तानेजस्तो लाग्थ्यो । धामभित्र विभिन्न कलाकृतिहरु थिए । त्रिवेणी क्षेत्रको सबैभन्दा महत्वपूर्ण क्षेत्रका रुपमा गजेन्द्र मोक्ष नारायण मन्दिरलाई मानिन्छ । यो मन्दिर सुन्दर कलाकृतिबाट निर्माण गरिएको छ । गजेन्द्रमोक्ष धामको भित्रि भाग दक्षिणी भारतीय कलाकृतिबाट निर्माण गरिएको छ भने बाहिरी भाग नेपाली कलाशैली प्यागोडा शैलीमा निर्माण गरिएको छ ।
त्रिवेणी धामलाई नेपालको हरिद्धार पनि भनिन्छ । ऐतिहासिक, पुरातात्विक, धार्मिक स्थलका रुपमा रहेको यो मन्दिरको बारेमा श्रीमद् भागवतको आठौं स्कन्दको दुई, तीन र चार अध्यायमा चर्चा गरिएको छ । हात्तीहरुका राजा गजेन्द्र आफ्नै ढोई सहित जलक्रिडामा आएको बेला नदीमा रहेको गोहीले गजेन्द्रको खुट्टा समातेर नछोडेको, गोही र हात्तीको बिचमा युद्ध चलेको, अन्तिममा कुनै पनि उपाय नलागेपछि गजेन्द्रले विष्णुको शरण परेको र भगवान विष्णु गरुडमा सवार भई गोहीको सिर छेदन गरी गजेन्द्रको संकट मोचन गरेको प्रसंग विभिन्न पुराणहरुमा समेत उल्लेख गरिएको पाइन्छ ।
विनयी त्रिवेणी गाउँपालिका वडा न. ६ परासीमा रहेको त्रिवेणी क्षेत्रको उत्खनन्बाट गक्षशिला, गोही र हात्तीको खुट्टाको छाप प्राप्त भएको मानिन्छ । त्रिवेणी धाम गजेन्द्र मोक्ष दिव्य धामले समेत चिनिन्छ । जहाँ भगवान विष्णु स्वयम् प्रकट भएको किम्वदन्ति रहेको छ । मन्दिरको परिसर, मन्दिरभित्र र बाहिर कुँदिएका विभिन्न आकृतिहरु, मन्दिरको सौन्दर्यता र हात्तीद्वारा गजेन्द्रमोक्ष धामलाई नै तान्दै गरेको जस्तो दृष्य निकै लोभलाग्दो देखिन्छ ।
नारायणी नदीको तटमा रहनु, पहाड, तराई र वनजंगलीय वातावरण रहनु यो क्षेत्रको लागि एउटा महत्वपूर्ण पक्ष हो । नारायणी नदीको किनारमा रमाउनेहरुको संख्या प्रचुर मात्रामा देखियो । विभिन्न मन्दिर तथा कलाकृति एवम् नदीलाई पृष्ठभूमिमा राखेर विभिन्न तस्वीरहरु खिचियो । रमाइयो र समय बिताइयो । सूर्यको प्रकाश पृथ्वीमा रहँदासम्म निकै रमाए हाम्रा विद्यार्थीहरु पनि । अघिल्लो दिन गाडी बिग्रिएर पाएको दुःख यो धाम हेरिसकेपछि फ्रेस भएका थियौं हामी ।
मितेरी पुलमा मितेरी
साँझको आठ बजे मात्र शास्वत धाम पुगियो । पुग्नुपर्ने ७.३० भित्रै रहेछ । १४ वर्ष लगाएर निर्माण गरिएको शास्वत धामको निर्माण शैली निकै कलात्मक देखियो । शिव मन्दिर यस शास्वत धामको प्रमुख आर्कषक हो । शास्वत धामको परिकल्पना जगतगुरु शंकराचार्यबाट भएको थियो । पूर्वीय सनातन धर्मप्रति आस्थावान शास्वत धाममा मानिसले आध्यात्मिक उर्जा प्राप्त गर्नसक्ने बताइन्छ । शास्वत धाममा १२ राशी र २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी वरपिपल र अशोकका रुखहरु लगाइएको छ । साँझको बेलामा अत्यन्तै मनमोहक देखिने यो धामभित्रलाई पृष्ठभूमिमा पारेर प्रमाण स्वरुप केही थान फोटाहरु खिचियो रअगाडि बढियो ।
यात्रा जारी थियो । रातको १२ बजे गजुरीमा गाडी रोकियो । चिसो बढेकोले चिया पिउन मन लाग्यो । अन्यत्रभन्दा केही महङ्गो पैसा तिरेर चिया पियौं । ‘नाच्बु छमक् छमक्…’ भन्ने गीत सुनेर सबै जुर्मुराए । गाडीमा निदाएकाहरु पनि ज¥याक जुरुक उठे । थारु गीतमा छुट्टै मौलिकता पाइन्छ । चर्को चर्को स्वरमा वाजाहरु बझाउनु थारु गीत र थारु समुदायको बिशेषता नै हो । हामीसँग थुप्रै थारु समुदायका विद्यार्थीहरु थिए । पूजा रावत, विना थारु र रमिता थारु लगायतको टोली गाडीभित्रै नाच्न थाले । अरु विद्यार्थीहरुले ताली पिटेर हौस्याइरहेका थिए । यो नाच झन्डै एक घण्टा बढी नै चल्यो ।
रातको दुई बजे हामी काठमाडौं पुग्यौं । सोमनाथबाट गाडीको स्ट्रिङ्ग रोशन गुरुङ्गको हातमा पुग्यो । बाग्मती आयल सप्लार्यसमा तेल भरी भक्तपुरतिर लागियो । हाम्रो यात्रा तातो पानीसम्मको थियो । मितेरी पुलसम्मको थियो । अझ भनौं चीनको स्वसासित क्षेत्र तिब्बतको ल्हसासम्मको थियो । बिहानसम्म जसरी पनि मितेरी पुल पुग्ने मनसायले गाडीले यात्रालाई निरन्तरता दिएको थियो । हामीसँग रहेका बिद्यार्थीहरु जाडोले गुडुल्की परेका थिए । ओढ्ने बन्दोबस्त गर्न नसकेका बिद्यार्थीहरु काइँ र कुइँ गरेको सुनिन्थ्यो ।
पछिल्लो समय नेपालको विकासले गति लिएको थियो । बाटाघाटा चौडा हुन थालेका थिए पुराना बाटा र रुटहरु परिवर्तन भएका थिए । बनेपा पुगेपछि गुरु अल्मलिए । कस्लाई सोध्नु ? धन्न संचारले निकै सजिलो बनाएको छ यात्रालाई । गुरुको नजिकै बसेका कृष्ण बि सि ले मोवाइलमा एप खोलेर बाटो हेनै थाले । नक्साले १२ किलोमिटर ३० मिनेट भनेर पाँचखाललाई देखायो । मलाई भने शंका लाग्यो । एपले देखाएको बाटो समातेर केही अगाडि पुगेपछि ‘बाटो बन्द छ’ भन्ने बोर्ड लगाएको भेटियो । अब पुनः फर्कनुको विकल्प रहेन । धन्न एकजना स्थानीय भेटिए । ‘यो बाटो जाँदैन, अगाडि चोकमा पुगेर बाँया मोडिनु होला’ भने हामीेले उनैको निर्देशन मान्यौं ।
पाँचखाल आउन पाँचै किलोमिटर बाँकि थियो । बेगम थापालाई फोन लगाएँ । तीन साढे तीन जति भएको थियो । निद्रादेवीले कुन दुनियामा घुमाउँदै थिइन् । मेरो फोनले गुहार पाएन । चार वर्ष पहिला यिनै मित्रको सहयोगमा पलान्चोक भगवतीको मन्दिरसम्म पुगेको थिएँ । पाँचखालमा बास बसेको थिएँ । पलान्चोक मा वि का प्रधानाध्यापक मेरा मित्र बेगम थापा कोहलपुरका स्थायी वासिन्दा थिए । त्यसैले पाँचखालमा बस्ने मौका जुरेको थियो । चीनबाट ल्याइने पेट्रोलियम पदार्थको भण्डार गर्ने डिपो पाँचखालमा निर्माण गर्ने हल्ला भारतले नेपालमा नाकाबन्दी गरेको वेला चलेको थियो । निर्माण कार्य के भयो भनेर बेगम सरसँग सोध्न मन थियो फोनै उठेन । मनको कुरो मनमा नै रह्यो ।
सुनकोशीको तिरैतिर कतै कच्चि त कतै पक्की बाटो पार गर्दै हामी अगाडि बढिरहेका थियौं । चिनको मुख्य भन्सार जाने बाटोको यस्तो हविगत देख्दा दुःख लाग्यो । अन्य स्थानको वजेटलाई कटौति गरेरै भए पनि त यो बाटो बनाउनु पर्ने । चिनबाट ढुवानी सहज हुने बित्तिकै नेपाललाई भारतको अगाडि लम्पसार पर्नु पर्दैनथ्यो । भारतको अगाडि सधैँ लम्पसार पर्ने बानी परेका नेपालका नेताहरुले कहिले सोच्लान् खै यो कुरा ? दुरीको हिसावले भारतभन्दा चिन नजिक पनि त थियो काठमाण्डौंबाट ।
३६ किलोमिटर बाँकी देखाएको थियो बाह्विसे पुग्न । मिर्मिरे उज्यालो हुने तरखरमा थियो । चकमन्न रातमा आकाशभरि तारा लागे जस्तै पाखाभरि बत्तीहरु बलेका देखिन्थे । कति सुन्दर देखिएका पाखाहरु ? तराइमा हुर्के बढेकालाई यत्तिको देखेपछि के नै चाहियो र ? केटाकेटी जस्तै झ्यालबाट टाउको तानी तानी हेरें निकै बेरसम्म । कहाँको पाखो होला यो ? के भनिन्छ होला यो पाखोलाई ? यी पाखाहरुमा कुन समुदायका मान्छेहरु बस्छन् होला ? विद्युतको सुविधा त देखियो खाने पानी र यातायातको सुविधा छ कि छैन होला ? मनमा थुप्रै जिज्ञासाहरु थिए तर यी जिज्ञासाहरु पुरा हुने पक्षमा थिएनन् ।
हाम्रो गाडी बाह्बिसे प्रहरी चौकीबाट उत्तरतिर मोडियो । सोमनाथले गाडी चलाउन सुरु गरे । साँगुरो बाटोलाई पच्छ्याउँदै हामी भोटेकोशीको मुहानतिर लम्कदै थियौं । बाटो ठाउँठाउँमा भत्किएको थियो । २०७२ को भूकम्पमा भत्किएको रे । भूकम्प गएको पनि चारचार वर्ष भइसकेको थिथो बाटो बन्न अभैm कति चार वर्ष पो लाग्ने हो ? गौडो बन्द भएपछि सबै बन्द हुन्छ भन्छन् बुज्रुकहरु, हाम्रा बन्द भएका गौडाहरु कहिले पो खुल्ने हुन् खै ?
चिया पिउन मन लागेको थियो । जिर्ण पुल र बिग्रिएको बाटोले हैरान थिए गुरु पनि । ‘यस्तो बाटो छ भन्ने जानेको भए रामराम आउने थिइन ।’ गुरुको कुराले मनमा चस्को पस्यो । बाटो साँच्चिकै साँगुरो र डर लाग्दो हुँदै थियो । ‘कतै……..?’ मनले सोच्ने नसोच्ने सब सोच्यो । अनेकानेक प्रश्नहरु मनभित्र बुर्कुसी मार्न थाले । मनलाई जसरी पनि सम्हाल्नु पथ्र्यो । हुन पनि आजसम्म गाडी दुर्घटनाबाट हजारौं मान्छेहरु मरेका छन् तर गाडीमा चढ्न त कोही छोडेका छैनन् ? हवाइ दुर्घटनाबाट आजसम्म कति मरे मरे तर प्लेन चढ्न कसले पो छोडेको छ र ? ‘हुने हार दैव नटार भन्छन्’ भविष्यको कुरा कसलाई पो थाहा छ र ? मन दहे बनाउनुको कुनै विकल्प पनि त थिएन ।
बाटो बाहेक वारिपारि त घरिघरि मात्रै हेर्न भ्याइयो । गुरु नै डराएपछि त सक्कि गो नि ? जस्तासुकै पाखा पखेरा र खोल्सा खोल्सीमा रमाउने मान्छे हुँ म । तर जतिपछि उति बिग्रिएको बाटो हिड्नु पर्दा मन चङ्गा हुन सकेको थिएन । उज्यालोसँगसँगै साँगुरो र भिरको बाटो देखेर आधा जसो बिद्यार्थीहरु निउरीमुन्टे न बनाएर आँखा चिम्लिसकेका थिए ।
हामी कोदारी राजमार्गमा थियौं । बाटामा सुन्दर झरना देखियो । बेतालसँग हाम फालेको पानीले सबैको मनलाई खुशी बनायो । गाडी स्लो गर्न लगाइयो । केही बेर हेरेपछि यात्रा अगाडि बढ्यो । बाटामा पर्ने विभिन्न खोलामा पुलहरु पुनःनिमार्ण हुदै थिए । कतै खोलाबाट त कतै जिर्ण रहेका पुल पार गर्दै हामीले हाम्रो यात्रालाई निरन्तरता दिइरहेका थियौं । २०७२ को भूकम्पको कारण लामो समयसम्म चीनसँग जोडिएको कोदारी राजमार्ग पूर्णरुपले बन्द थियो । अहिलेसम्म पनि काम चलाउकै रुपमा थियो यो बाटो ।
हामी चीनको सीमाना नजिक पुगिसकेका थियौं । तातोपानीको दश किलोमा उपल्लो भोटेकोशी जलविद्युत आयोजनाको बाँध थियो । यो बाँध पारिको भूभाग चीनको थियो । मैले पहिलो पटक तातोपानीबाट चीनको भूभाग देखेको थिएँ । दश औला जोडी नमन गरें । हुन पनि त छिमेकीलाई सम्मान गर्ने देशका नागरिक हौं हामी । निभेको आगो लिन हामी छिमेकमा नै त जाने गर्छौं । अर्मपर्म र सरसापट छिमेकीबाट नै त हुने गर्छ । मर्दापर्दा छिमेकीको मन नखाएर अरुको खाने कुरा पनि त हुदैन । धेरै पटक सुनेको र केही पटक पढेको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनामा चिनीयाहरुबाट पुनः निमार्णको काम जारी थियो ।
उपल्लो भोटेकोशी जल विद्युत आयोजना नीजि क्षेत्रबाट सञ्चालित नेपालकै दोस्रो जल विद्युत आयोजना थियो । प्राकृतिक प्रकोपबाट पटकपटक थलिएको यो आयोजना झण्डै आधा दशकदेखि उठ्न सकेको थिएन । निजी क्षेत्रको भोटेकोशी पावर कम्पनी द्वारा सन् २००१ देखि विद्युत उत्पादन शुरु गरेको उपल्लो भोटेकोशी जल विद्युत आयोजनाले ४५ मेघावाट क्षमताको विद्युत उत्पादन गर्दथ्यो । दैनिक असी लाख आम्दानी गर्ने यो आयोजना कहिले भोटेकोशीको बाढी, कहिले जुरे पहिरो, कहिले चाकु खोलाको बाढी त कहिले भुकम्पले थिलथिलिएको थियो ।
तातोपानीको १० किमीमा बाँध बाँधेर ३.५ किमीको सुरुङ बनाई फुलपिङ कट्टी झिर्पु स्थित विद्युत गृहमा पानी खसालिएको थियो । कहिले बाँध, कहिले गेट, कहिले डिसेन्डर पर्खाल, कहिले ट्रान्समिसन लाइनको टावर भत्किएर क्षती पुगेको यो जलविद्युत आयोजनाको पुनःनिर्माण चीनको सिनो हाइड्रो व्युरो कम्पनीले झण्डै सात अरब लगानीमा पुनःनिर्माणको काम सम्पन्न गर्दै थियो । बाँधभित्र रोकेर राखिएको पानी अत्यन्तै सफा र सुन्दर थियो । पानी देखेर मोहित भयो मन ।ं
बाटोमा चिनियाहरु बाक्लै देखिन थालेका थिए । यो देख्दा लाग्थ्यो हामी मितेरी पुल नजिकै आइपुगेका छौं । चाकुबजार सिन्धुपाल्चोकबाट उत्तरपश्चिम हुँदै हामी चीनको स्वसासित क्षेत्र तिब्बतको खासा बजारतिर लम्कदै थियौं । तराइमा हुर्के बढेका हामीलाई पहाड र हिमालका दृश्यहरुले नलोभ्याउने कुरै भएन । बाटामा देखिएका हरेक दृश्यहरु हाम्रा लागि नौला थिए । पश्चिम तराइको एउटा कुनाबाट पहाड छिचोल्दै हामी हिमाली प्रदेशमा पुगेका थियौं । अझ भनौं भारतको सीमा नजिकको माटोको गन्ध बोकेर हिमाली सुगन्ध खोज्न निस्किएका थियौं ।
बिहान ८ः०० बजे हाम्रो गाडीले विश्राम लियो । हामी नेपाल चीनको सीमानामा थियौं । मितेरी लिपिङ पुलले दुई देशलाई छुट्टाएको थियो । भोटमा जन्मिएको भोटेकोशी मितेरी पुलमा मित लगाउन आइपुगेको थियो । जसरी तराइमा बसोबास गरिरहेका हामी मितेरी पुलमा मितेरी लगाउँदै थियौं । लाग्थ्यो मीठो सङ्गितमा गीत गाउँदै नाच्दै छ भोटेकोशी । नेपालमा समाहित हुन पाएकोमा फुरुङ्ग भएको छ ऊ । नेपाल मन पर्छ उसलाई । नेपालीको मायाले लोभ्याएकोले त हिडेको हो ऊ कतै नरुकेर । अब आँखा दिनेछ उसले हेर्नका लागि । प्राण दिनेछ उसले जिउनका लागि । जिन्दगीको परिभाषा दिनेछ नबोलेर नै । पुलमुनी उफ्रिएको पानी पुरै सेतो थियो सफा थियो ।
मितेरी लिपिङ पुलको पश्चिमी कुनामा चन्द्र सूर्य झण्डा फहराइरहेको थियो भने पूर्वी कुनामा चिनिया झण्डा । मितेरी पुल आधा आधा रहेछ । आधा पुलसम्म हामीलाई नाँच्न, गाउन र उफ्रन कसैको अनुमति चाँहिदैनथ्यो । फोटो खिच्न र भिडियो बनाउन कसैले रोक्दैनथ्यो । तर आधा पुगेसङ्गै हरेक पाइला चाल्न हामीलाई अनुमति लिनु पथ्र्यो । आज्ञा पर्खनु पथ्र्यो । पुलको पूर्वतिर सेता कपडा लगाएका सेता मन्छेहरु ओहोर दोहोर गरिरहेका थिए ।
पुलको बीचमा उभिएर दुबैतिर पालैपालो हेरें । पश्चिम फर्केर हेरें फेरि एक पटक । नेपाली पखेराहरु अभैm उजेलिन सकेका थिएनन् । भूकम्पले थिलोथिलो पारेको अनुहारमा उज्यालो देखिएको थिएन । न मर्मत गरिएका थिए घरहरु न त नयाँ निर्माण नै । वषौं पहिला लगाइएका घरहरुका रङ्गहरु उढेर फुङ्ग उढेका थिए । लोप्रा उक्किएका बाटाहरुमा कालो पट्टी लागिसकेको थिएन । भित्ता खसेर कुरुप बनेका पाखाहरुमा जीवनरुपी घाँस पलाइसकेको थिएन । नेपालले कहिले पुर्नजीवन पाउला ? नेपालीहरुको मुहारमा कहिले उज्जेलिने होला ? हामी धनका गरिव हौं कि मनका ? मनमा प्रश्नहरु खेल्न थाले । पूर्व फर्केर हेरे पुन एकपटक । चिनियाहरु देशको सुरक्षामा निकै सतर्क देखिन्थे । उनीहरुलाई अधिकार, कर्तब्य र जिम्मेवारी कसैले सिकाउनु पर्दैन । सिमानामा बनेका सेता घरहरुमा बसेर सेता मान्छेहरुले सेतो दुर्बिनबाट संसार चिहाइरहेका छन् । ठूलो देश हुनुमा गर्वानुभूत हुने गरेको उनीहरुलाई ।
बिहानको सूर्यको पहिलो किरणले खासा बजार उज्यालो देखिएको थियो । बाटाहरु उज्यला देखिएका थिए । हरियो पाखामा देखिएका सेता घरहरु निकै सुन्दर देखिएका थिए । लाग्थ्यो यो सेता गुलावहरुको बगैंचा हो । यो बगैंचाले कहिल्यै कालो पानी र काला किराहरुको सामना गर्नु परेन । मनमा जिज्ञासा उठ्यो । चीनमा जन्मिएको भोटेकोशीको पानी सेतो छ । चीनको खासा बजार सेतो छ । चीनका बाटाघाटा उज्याला छन् । चिनिया भूमिमा रमाउने चिनियाहरु सेता छन् तर यिनीहरुको मन सेतो छ कि छैन होला ? सीमाका नेपालीहरुलाई गर्ने व्यवहार सफा छ कि छैन होला ? छिमेकीको अनुहार उज्यालो हुदाँ मुस्कुराउन सक्छन् कि सक्दैनन् होला ?
खासा बजार देखेर लोभ लाग्यो । त्यो सेतो गुलाव नेपालमा पनि त फुले हुन्थ्यो नि भन्ने लाग्यो । खासा बजार हुदै अग्लिएका पहाडलाई पच्छाउँदै पच्छाउँदै परपरसम्म पुग्यो मन । आपूm नर्फकदासम्म अँह पटक्कै फर्कन मानेन मन ।
नसोचिएको जन्मोत्सव
थुक्पा मैले पहिलो पटक सुनेको नाम हो । चीनको लोकप्रिय खाजा रहेछ यो । तराइका सीमाहरुमा छोला, पराठा र समसा बढी खाइन्छ । पीरो, अमिलो, चिल्लो र मसालेदार खाना हामीले दक्षिणी सीमाबाट नै सिकेको हुनुपर्छ । मित्रे होटल लेपिङमा पकाइएका नास्ताका परिकारहरुमा यी गुणहरु कम पाइए । थुक्पा धेरैले खायौं । केही महङ्गो भने मानेकै हुन् साथीहरुले । तराइमा खान्छु भनेर कहाँ पाइन्थ्यो र थुक्पा ? कसैकसैले थुक्पा छोडेर रोटी, तरकारी र चिया पनि खाए ।
बिहानको नास्ता मितेरी लिपिङ पुलमा पुल नजिकैको मित्रे होटलमा खायौं । नेपाली सिमानामा सञ्चालन थियो । थकालीको होटल थियो यो । नेपालका थकालीहरु होटल व्यवसायमा बिशेष कहलिएको जाति पनि हो । अतिथि सम्मान गर्ने तरिका नै फरक हुनछ उनीहरुको । हामीलाई जानकारी नभएका र नेपाल चीन सीमा सम्बन्धि कतिपय जिज्ञासाहरु होटल साहुनीले नै बताइ दिइन् ।
गन्तव्यमा पुगेपछि फर्कनु त छँदैथियो । केही बिद्यार्थीहरु गाडीमा बसे भने केही पैदल झर्दै थिए । कोदारी बजार सुनसान थियो । भूकम्पले तहस नहस पारेको थियो यो बजारलाई । कयौं व्यापारीहरु विस्थापित भएका रहेछन् स्थानीय एक व्यापारीले बताए । बजारमा रोकिनुको कुनै अर्थ देखिएन । किनमेलका लागि बोकेका पैसाहरु लुरुलुरु घरै फकर्ने लक्षण देखियो । ‘धनै रह्यो मनै रह्यो’ भन्नुको बिकल्प देखिएन ।
कोदारी बजारको नजिकै एउटा झरना रहेछ । यो झरना चिनिया भूमिमा थियो । भोटेकोशी पारि रहेको यो सुन्दर थियो । चिनिया भाषामा यो झरनाको नाम के थियो ठ्याक्कै थाहा भएन । यताउता वोर्ड नहेरेको त होइन तर देखिएन । पर्यटकहरुलाई मध्य नजर गरेर फोटो खिच्न र भिडियो बनाउन सजिलो हुने गरी अग्लो थुम्कोसम्म जान सिढींको व्यवस्था गरिएको थियो । थुम्कोमा चारैतिर रेलिङ्ग लगाइएकोले दृश्यावलोकनका लागि सहज बन्यो ।
संयोग भन्नुपर्छ मङसिर पाँच मेरो जन्मदिन थियो । जन्मदिनको शुभकामना दिन पनि सबैले मसङ्गै बसेर फोटो खिचाउने रहर गरे । डाटा तानेर फेसबुकमा भकाभक पोष्ट गर्न थाले । २८ जना विद्यार्थीहरु मध्ये देव रावत, नविन खड्का र शेरबहादुर गुजार देखा परेनन् । हल्लीखल्ली भयो । कसैको फोन लागेन । नेटवर्कले काम गर्दो रहेनछ यहाँ । हामीभन्दा पहिला नै ओरालो झरेका उनीहरु बाटामा किन फेला परेनन् ? उनीहरुले पनि त ख्याल गर्नु पर्ने । पछि थाहा भयो कोदारी बजारमा अल्मलिएछन् उनीहरु ।
तातोपानी भन्ने ठाउँमा जमिनमुनिबाट उमालेको पानी आउँछ भन्ने सुनेको थिएँ । यहाँसम्म आइसकेपछि तातो पानीको स्पर्स नगरी फर्कनु पनि त भएन । हामी तातो पानी खोज्दै हिड्यौं । वोर्ड लगाएको स्थानबाट माथि जाने बाटो थियो । सिढीं समेत बनाएको यो बाटोबाट केही माथि गएपछि सानो मन्दिर भेट्टियो तर पानी भेट्टिएन । बाटो मन्दिरसम्म मात्रै थियो । अब भने हामी अलमलमा प¥यौं । बजारमा फक्र्यौं । पछि थाहा भयो तल झर्नु पर्ने हामी उकालो पो चढेछौं ।
तातो पानी स्पर्श गर्न रु १०÷– को टिकट काट्नु पर्दो रहेछ । बजारबाट केही तल भोटेकोशीतिर झरेपछि तातो पानी आउँदो रहेछ । मन्दिर मुनी गोमुखे धाराहरुबाट वाफ छोड्दै पानी बगिरहेको थियो । पुरुष र महिलाका लागि छुट्टाछुट्टै स्नानकक्ष मनाइएका रहेछन् । तातो पानीसँगै चिसो पानी आउने पाइपको व्यवस्था पनि रहेछ । तातोपानी खप्न नसक्नेहरु चिसो पानीको सहायता लिन्थे ।
तातोपानीमा स्नान गर्न केही गाहे भने भयो । कपाल लुलो बन्दै गयो, शरीरबाट छाला निस्कन्छ कि जस्तो हुन थाल्यो । पुरै एक घण्टा नुहाइधुवाइ गरियो । के बिद्यार्थी के शिक्षक सबै हनुमान कट्टु लगाएर हनुमान जस्तै बुर्कुसी मारे तातो पानीमा । केटाहरु जस्तै सङ्गीता मिस लगायतका केटीहरुको चाला पनि उस्तै थियो । बीचमा सानो पर्खाल भए पनि हरेक क्रियाकलाप सुनिन्थ्यो । भर्खरै जवानी भरिदै गरेका केटाहरुलाई यति पाए पछि के चाहियो र ? लुकीलुकी पर्खालपारी भिजेका कपडा चियाइरहेका थिए । कोही ले त भिडियो नै बनाइदिए । मिलन थारु र देव रावतले सबैभन्दा धेरै भिडियोहरु बनाएका रहेछन् । शिक्षकहरु सँगसँगै भएपनि उनीहरु लुकेरै सबै काम गर्न भ्याएछन् । पछि फर्किएपछि थाहा भयो । सबै हाँसियो । नयाँ पुस्तासँग नसकिने रहेछ हामीहरुले ।
अनौठौ लाग्दै थियो । चिसो पानीको मूल नजिकै यतिका तातोपानीको मूल कसरी पूmट्यो ? यसरी पानी तताउने ताप शक्ति कहाँ संचित भएको छ ? नजिकैको मूललाई किन तताउन सकेन तापशत्तिले ? चिसो ठाउँका लागि तातो पानी साच्चिकै वरदान सावित थियो । दैवी शत्ति मान्नेहरु पनि थिए वरिपरि । पूजाआजामा ध्यानमग्न देखिन्थे । तीन दिनदेखि नुहाउन पाइएको थिएन । एक हप्तालाई पुग्ने गरी छाला नै जाने गरी नुहाएर निस्कियौं ।
बाटोमा चीनले बनाइदिएको सुख्खा बन्दरगाह रहेछ । अग्ला अग्ला पहाडको बीचका रहेको यो बन्दरगाहामा ट्रकहरु लाम लागेर बसेमा थिए । साढे एकतिर बाह्बिसेमा आइ पुग्यौं । बाह्बिसेमा बाह्बिसमा नै आउन सकेको भए पनि हुन्थ्यो तर सकिएन । भोक लागेको थियो । खाना खाइयो ।
सेभिङ्ग गर्न पाएको थिइन । सेभिङ्ग गर्ने औजारहरु खै कसरी हराएछन् थाहा भएन । यात्राकै लागि भनेर नयाँ किनेको थिएँ । पुराना सामग्री लिएर हिड्न मन लागेन । हिड्ने बेलामा हतारहतार भाइ प्रकाशलाई किन्न पठाएको थिएँ । एक पटक पनि प्रयोग नभएकोले नै होला खुट्टा पलाएछन् आपैm त भन्नु प¥यो । झुस्स फुलेका दाह्ीहरुले दश वर्ष बूढो देखाएका थिए भन्ने पक्का थियो । ४०÷४५ वर्षकी होटलवालीले ‘काका’ भनेर सम्बोधन गरेको सुनेर सबै गललल्ल हाँसे । दाह्ी जुँगा उचालेर मपनि मुस्कुराएँ ।
यात्रा जारी थियो । डेगमा ‘उही रक्सीको नशाले नचायो…’ भन्ने गीत बजिरहेको थियो । । सोम ड्राइभर स्ट्रिङ छोड्दै नाच्दै गर्न थालेका थिए । सबैले ताली बजाएर हौसाउँदै थिए उनलाई । मलाई भने कताकता डर पनि लागेको थियो । ‘कतै गाडी पनि उफ्रन थाल्यो भने…?’ यात्रामा रमाइलो गर्ने एकदुई जना भए भने नै यात्रा स्मरणीय हुन्छ । हाम्रो यात्रामा रमाइलो गर्नेहरुको कमी थिएन । शिक्षक प्रकाश गुरुदेखि ड्राइभर सोमनाथ गुरुसम्म, मिस संगितादेखि छात्रा पूजा रावतसम्म उत्तिकै रोमान्टिक थिए । घरिघरि त कायल हुन्थे केटाहरु पूजाका कुरा सुनेर । ‘हिम्मत छ ?’ पूजाको प्रश्नले टाउको झुकाउँथे घरिघरि ।
साँझ ६ बजेतिर पशुपति क्षेत्र परिसरमा थियौं हामी । हामीसँग आएका कतिपय विद्यार्थीहरु पशुपतिमा आएका रहेनछन् । आरतीको बेला भएको थियो । पशुपतिमा ॐ नम शिवायको ध्वनी गुञ्जीरहेको थियो । भजन किर्तन चलिरहेको थियो । विज्ञानको चमत्कार बढ्दै गएपनि मानिसहरुमा आध्यात्मिक दर्शनप्रति रुचि पटक्कै कमी भए जस्तो लागेन । पशुपतिनाथको मन्दिर र वरिपरिको वातावरण विद्यार्थीहरुलाई सबै देखाउन मन थियो । तर विद्युतको प्रकाशमा जति देखिन्थ्यो त्यत्ति मात्र हेर्न संभव थियो । खाने र बस्ने स्थानको ठेगान भैसकेको थिएन । धेरै समय लगाउनु उचित थिएन । रात परिसकेकोले पशुपतिमा के के हेर्नै पथ्र्यो भन्नेसम्म पनि मेसो पाएनन् नयाँ विद्यार्थीहरुले । समयाभावका कारण बताउनपट्टि पनि लागिएन ।
बि एण्ड एफ होटलका साहु गाडी पार्किङमै भेट्टिए । पशुपति क्षेत्रबाट नजिकै रहेछ होटल । हामीलाई आवश्यक पर्ने सबै सुविधाहरु उपलब्ध रहेछन् होटलका । हामी बसेकै होटल नजिक गजलका माली ज्ञानुवाकार पौडेलको घर थियो । दुई चार पटक पुगेको पनि थिएँ । उज्यालो भएको र समय रहेको भए पाँच मिनेट मात्रै भएपनि पुग्थें सायद । तर मेसो मिलेन । दुई दिनदेखिको यात्राले लखतरान पारेको थियो शरीर । दुई रातदेखि सुताइ पनि राम्रो भएको थिएन ।
आ आफ्नो कोठामा फ्रेस हुने, ढिलो नगरी खाना खाने र आराम गर्ने सल्लाह भएको थियो । म कोठामा छिरेपछि नुवाइधुवाइमा लागें । यही बीचमा सबैको गोप्य सल्लाह बनेछ । मसँग टाढा टाढा हुँदै थिए सबै मैले कुरा बुझिन । ‘खाना खान जाऔं’ भनें । सबैले आलटाल आलटाल मात्रै गरे । केही विद्यार्थीहरु हलमा थिए । खाना खानका लागि कर गर्न हलमा जान खोजें गेटमा बसेका छात्राहरुले भित्र पस्न दिएनन् । ‘डे«स चेन्ज गर्दैछन्’ भनेपछि जाने कुरा पनि भएन । प्रकाश सरलाई खोजें उहा पनि गायव । कोठामा फर्कनुको बिकल्प रहेन ।
‘सरजी जाऊ’ संगिता मिसले हातैमा समातेर डो¥याउन थाल्नु भयो । पछिपछि थिइन् अञ्जली बस्नेत पनि । यसरी पहिला पहिला त कहिल्यै डो¥याउनु भएन उहाँले । पलाक पुलुक विद्यार्थीहरुलाई हेरें । विद्यार्थीहरुसँग दुरी कायम राख्न सकिएन भने पछि असर पथ्र्यो नै । यो कुरामा सचेत थिएँ । सबै मुसुमुसु हाँसिरहेका थिए म लजाउँदै थिएँ ।
हल पूmल, माला र बेलुनले सजाइएको थियो । बीच भागमा बेहुली सजाए जस्तै केकलाई सजाइएको थियो । केककै छेउमा छुट्टै आसन राखिएको थियो । बेहुलाले बेहुलीलाई जग्गेमा डो¥याए जस्तै संगिता मिसले डो¥याउँदै विशेष आसनमा बसाउनु भयो । वरिपरि विद्यार्थीहरु बसे । आफ्नै नाम सुन्दर अक्षरले लेखिएको केक अगाडि एउटा नाबालक भैm चुपचाप बसें म । के भन्नु भन्नु र के गर्नु गर्नु भन्ने छटपटि भयो । संगिता मिसले जो जोलाई जे जे भन्नु भयो सबैले त्यही त्यही ग¥यौं । मेरो जिम्मामा केक काट्ने थियो । केक काँटें । स्प्रे छर्कियो । म्याजिक्स बम पट्काइयो । बेलुनहरु एकैसाथ पटटटट् फुटालियो । सबैको एउटै स्वरका ‘हेप्पी वर्थ डे’ भने । स्प्रेबाट निस्किएको सेतो फिँजले अनुहार मात्रै होइन पूरै शरीर नै छोपियो ।
भिडियो र फोटाहरु फटाफट फेसबुकमा पोष्ट हुन थाले । एक पटक फेरि ‘जन्मदिनको शुभकामना’ दिनेहरुका सूचनाका घण्टीहरु मोवाइलमा बज्ने थाले । कल्पनानै नगरेको जन्मोत्सव मनाइयो यसपटक । स्वस्पूmर्त रुपमा आयोजना भएको रहेछ यो कार्यक्रम । प्रकाश सर र संगिता मिसले समन्वय गरिदिनु भएको रहेछ यो सबै । सबैलाई धन्यवाद थिएँ । खुसीको क्षण थियो । घरमै भएका आमा, सुमित्रा मेम र छोरीहरुको निकै बेरसम्म सम्झना आइरह्यो ।
चन्द्रागिरिको चौघेरामा
समयमा नै टिकट बुकिङ्ग नगरे चन्द्रगिरि भ्रमण छुट्न सक्ने देखियो । हाम्रो बसाइ बि एण्ड एफ होटल गौशालामा थियो । २०७६ मङ्सिर ५ गते घेम्दैफिर्दै यहाँ पुगेका थियौं हामी । बि एण्ड एफ होटलका साहु निकै सहयोगी रहेछन् । राम्रै सहयोग गरे । चन्द्रागिरिको साढे एकको टिकट फिक्स भयो भने छाउनी स्थित सैनिक संग्राहलय हेर्नका लागि दश बजेको । खाना खाने स्थान र टिकटको व्यवस्था होटलका साहुको सहयोगमा नै भएको थियो । बिहान पशुपति हुँदै स्वयम्भुनाथ पुग्ने सल्लाह भयो ।
बिहान ५.३० बजिसकेको थियो । मङ्सिरको महिना भएकोले ६ बजे मात्रै छर्लङ्ग उज्याले हुन्थ्यो । पाँच बजे नै उठ्ने सल्लाह भएपनि राति अवेर मात्रै सुतेकोले उठ्न ढिला भयो । नुहाइधुवाइ गरेर फ्रेस हुँदासम्म साढे छ भइसकेको थियो । बि एण्ड एफ होटलको हिसाव किताव अघिल्लो साँभ नै मिलाइसकेका थियौं । आफन्तको घर गएकी प्रतिमा पनि आइसकेकी थिइन् । हाम्रो आजको कार्यक्रम छाउनी स्थित राष्ट्रिय संङ्ग्राहलय अवलोकन गर्ने र चन्द्रागिरि भ्रमण गर्ने थियो ।
हामी पशुपति हुँदै स्वयम्भुनाथ पुग्दा आठ बजिसकेको थियो । दुई घण्टाको समय मात्रै स्वयम्भुनाथलाई छुट्टाइयो । स्वयम्भुको पूर्वी गेट हुँदै विद्यार्थीहरु डाँडातिर उक्लिन थाले । छोटो समय लिएर काठमाण्डौ घुम्न आउनेहरुका लागि उपयुक्त स्थानहरु स्वयम्भुनाथ र चन्द्रागिरि नै थिए । शान्तिका प्रतिक बुद्ध धर्मसँग सम्बन्धित यो स्थान शान्त र सुन्दर त थियो नै । काठमाण्डौको गहना मात्रै नभएर समग्र नेपाल र विश्वकै महत्वपूर्ण स्थान मानिन्थ्यो स्वयम्भुनाथ । तोकिएको समयको पूर्ण सदुपयोग गरे किद्यार्थीहरुले । मन खोलेरै रमाए यस स्थानमा ।
बिहान १०ः१५ मा हामी छाउनी स्थित सैनिक सङ्ग्राहलयको गेट अगाडि पुगिसकेका थियौं । गेट खुलिसकेको थिएन । सैनिकहरु सङ्ग्राहलयको वरिपरि तैनाथ थिए । हामीहरुलाई समूहमा गेटसम्म पनि जान दिएनन् । विद्यार्थीहरुलाई बाटाको छेउमै छोडेर सोधपुछमा लाग्यौं । साढे दशमा मात्रै सङ्ग्राहलय खुल्दो रहेछ । गेटमा राखिएका पुराना तोप अगाडि आ–आफ्नो इच्छा अनुसार फोटाहरु खिच्नमा व्यस्त भए कति विद्यार्थीहरु । प्रकाश सर, संगिता मिस र म भनें बाटाको छेउमा नै घाम तापेर बस्यौं । यो स्थानलाई पनि दुई घण्टा छुट्टाएका थियौं हामीले ।
विगतका घटना, विकास, विनास, मिलाप, प्राचीन भाषा, संस्कृति तथा सभ्यताको बारेमा जानकारी दिने ठाउँ सङग्राहलय हो । सङ्ग्राहलयले प्राचीन सभ्यताको बोध गराउँछ । प्राचीन सभ्यताले संंस्कार जन्माउँछ । संस्कारलाई जिवन्त राख्न कला, सम्पदा, इतिहास, संस्कृति र साहित्य आदिले काम गरिरहेको हुन्छ । सङ्ग्राहलयले ऐतिहासिक, सांस्कृतिक, धार्मिक र आर्थिक महत्वका साथसाथै शैक्षिक र वातावरणीय महत्व बोक्ने भएकोले पनि यस्ता स्थानहरु अनीवार्य रुपले हेर्नु जरुरी हुन्छ ।
छाउनी स्थित नेपाल सङ्ग्राहलय नेपालकै पहिलो सङ्ग्राहलय हो । १८ औं (वि.सं.१८८१) शताब्दीमा तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले युरोपेली वास्तुशैलीमा तीन तले भवन निमार्ण गर्न लगाई स्वदेशी तथा विदेशी हातहतियार सङ्कलन गर्ने गरी यो शास्त्रागारको स्थापना गरेका थिए । उनले सैन्य संगठनको सुधार गर्ने क्रममा युरेपेली पाराको जङ्गी अड्डा, हातहतियार, पोशाक, ब्यारेक आदि निर्माण गर्ने क्रममा हातहतियार सुरक्षित र व्यवस्थित गर्न आफ्नै घरलाई हतियार(सिलखाना) सङ्ग्राहलयका रुपमा यो भवनको प्रयोग गरेका थिए । हतियार(सिलखाना) नै पछि गएर नेपाल सङ्ग्राहलय हुँदै सन् १९६७ देखि नेपाल राष्ट्रिय सङ्ग्राहलका नामले चिनिदै आएको छ । वि सं १९९५ देखि सर्वसाधरणलाई अवलोकन गर्न छुट गरिएको यो सङ्ग्राहलयमा म पहिलो पटक पुगेको थिएँ ।
साढे दश बजे टिकट खुल्यो । टिकटको प्रति व्यक्ति रु २५ रहेछ । हामीलाई सस्तै लाग्यो । हाम्रो अनुमान १०० देखि १५० सम्म होला भन्ने सोचेका थियौं । प्रकाश सरले एकमुष्ट टिकट काट्नु भयो । सङ्ग्राहलय सुन्दर र शान्त थियो । चारैतिर सैनिकहरु भएकोले पनि विद्यार्थी र अन्यले हो हाल्ला गर्न दकस मानिरहेका थिए । सङ्ग्राहलयको प्राङ्गणमा प्राचीन राजा तथा सैनिकहरुले प्रयोग गरेका हेलिकप्टर, गाडीहरु, अत्याधुनिक हातहतियार र हातहतियार बनाउन प्रयोग भएका मेसिनहरु राखिएको थियो । चारैतिर विभिन्न आकार प्रकारमा फुलेका रङ्गिन पूmलहरुले पनि प्राङ्गणलाई सुन्दर बनाएका थिए । केही बेर प्राङ्गणमै अल्मलियौं । फोटा खिच्न र भिडियो बनाउनमै व्यस्त भयौं ।
राणा प्रधानमन्त्री जुद्ध शमशेर जबराबाट आधिकारिक रुपमा स्थापना भएको यस सङ्ग्राहलयभित्र तीन ओटा विषयक सङ्ग्राहलयहरु रहेछन् । जुद्ध कारीगरी कलाशाला, बुद्ध कारीगरी कलाशाला र एतिहासिक सङ्ग्राहलय । १८ हजारभन्दा बढी महत्वपूर्ण विश्वकै दुर्लभ कला तथा वस्तुहरु सङ्ग्रतिह गरिएको राष्ट्रिय सङ्ग्राहलयभित्रका तीन ओटै सङ्ग्राहलयहरु आ–आफ्नो स्थानमा उत्तिकै महत्वपूर्ण थिए नै । हाम्रो समयले भ्याउन सक्ने वा नसक्ने भन्ने नै भयो । राणाकालिन प्रधानमन्त्री जुद्ध शमशेर जबराद्धारा निमार्ण गर्न लगाइएको जुद्ध कारीगरी कलाशालामा विभिन्न वस्तुबाट निर्मित मूर्तिकला, हस्तकला तथा चित्रकलाहरु राखिएको कुरा सङ्ग्राहलयको बाहिर लेखिएको निर्देशनबाट थाहा भयो । बुद्ध कारीगरी कलाशालामा बौद्ध धर्मसँग सम्बन्धित चित्रकला, मूर्तिकला, बौद्ध सास्कृति झल्किने सामग्रीहरु, हिमाल, पहाड र तराइमा पाइने बुद्धसँग सम्बन्धित किभिन्न कलाकृतिहरु, थान्का चित्र, तिब्बती धार्मिक वस्तुहरु आदि सजाइएको रहेछ ।
नेपाल सङ्ग्राहलयभित्र रहेको ऐतिहासिक सङ्ग्राहलय सबैभल्दा पुरानो सङ्ग्राहलय हो । यो नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाको निवासमा छ । तीन तले यो भवनमा पहिलो तलामा नेपालमा पाइने विभिन्न प्रजातिका जनावरहरु, पक्षीहरु, किराफट्याङ्ग्राहरु आदि राखिएको छ । ह्वेल माछाका लामा लामा बङ्गाराहरु, बाघ, गैंडा, चितुवा, रातो पाण्डा गोही, गडुर, आदिका बङ्गाराहरु, टाउकाहरु, दाँतहरु लगाएत विभिन्न अवशेषहरु जनकारी सहित हेर्न पाइन्छ । यही तलामा नेपालका विभिन्न जातजाति तथा उनीहरुले अपनाउँदै आएका पेशाहरुको सचित्र वर्णन पाइन्छ ।
दोस्रो तलामा सैन्य विभाग रहेको छ । गोर्खाली पूर्वका र वर्तमान नेपाली सेनाको इतिहास यो तलाले उजागर गरेको छ । पुराना हातहतियारहरुदेखि सन् १७९२ मा पहिलो नेपाल तिब्बत युद्धमा जफत गरिएका तोपहरु, श्रीपेच, थोमसन सवमेसिन आदि सुरक्षित गरी राखिएको छ । नेपालले युद्धमा तिब्बतीयन राजाको श्रीपेच समेत जितेर ल्याउनु कम बहादुरी होइन । नेपोलिया ३ ले नेपाललाई उपहार दिइएको सुन्दर तरवार र नेपालका पहिलो वैज्ञानिक गहेन्द्र शमशेरद्धारा निर्मित बीर गन प्रदर्शनीका लागि राखिएको छ । बाइसे चौबिसे राज्यहरुको एकिकरणदेखि अङ्ग्रेजसँगको बहादुरीपूर्ण युद्धको जानकारी यो सङ्ग्राहलयबाट प्राप्त हुन्छ । नेपालको राजसंस्था र तिनीहरुको बहादुरीपूर्ण इतिहास सुरक्षित गरिएको यो सङ्ग्राहलयमा शाहवंशीय राजाका परिवारहरुमा बाघको शिकारलाई शाही खेलका रुपमा लिइन्थ्यो भन्ने कुरा सङ्ग्राहलयमा सुरक्षित विभिन्न चित्रहरुले प्रष्ट पार्दथे ।
तेस्रो तलामा प्राचीन राजा रजौटाहरुले सञ्चालनमा ल्याएका विभिन्न वस्तुहरुका साथै प्राचीन मुद्राहरु सुरक्षित गरेर राखिएको छ । यी समपूर्ण वस्तुहरु अवलोकन गर्दा प्राचीन राजाहरुले आफ्नो राज्यलाई व्यवस्थित गर्न चालेका कदमहरुको सजिलै अनुमान गर्न सकिन्छ । तत्कालिन समयको आर्थिक, सामाजिक र सामारिक विकास र विस्तारका बारेमा जानकारी लिन सकिन्छ । इतिहासको विद्यार्थी हुँदा पढेका र कण्ठ गरेका कतिपय ऐतिहासिक विषयवस्तुहरुको पुनर्ताजकी भयो यस पटक ।
थानकोटबाट सुन्दर र सफाबाटो हुँदै हामी उकालियौं । जतिजति उकालिन्थ्यौं उतिउति हामीलाई सुन्दर दृश्यहरुले पच्छाइरहेका थिए । चन्द्रागिरि केवुलकार स्टेसन पुग्दासम्म हामीले केही आनन्दानुभूति प्राप्त गरिसकेका थियौं । उपत्यकाको धुलो, मैलो, तुवालो र कोलाहाल क्रमशः लोप हँुदै गएको थियो । मान्छेहरुका अनुहारहरु उज्याला र चम्किला देखिदै थिए । मनमा एक प्रकारको हुटहुटी र छटपटी थियो । मनमा छटपटी हुने तीन कारणहरु थिए ।
पहिलो कारण पृथ्वी नारायण शाहले मकवानपुरबाट गोरखा फर्कने बेलामा चन्द्रागिरिको यही डाँडोबाट सुन्दर उपत्यका अवलोकान गरेका थिए । उपत्यकाको सुन्दरता देखेर लोभिएका पृथ्वी नाराणयण शाहले उपत्यका विजय गर्ने अठोट गरेका थिए । पृथ्वी नारायण शाहलाई उर्जा दिएको यही स्थानमा पुग्न हतारिएको थिएँ म । दोस्रो कारण पुराण तथा स्वस्थानीका पुस्तकमा उल्लेख भएको प्राचीन मन्दिर भालेश्वरको दर्शन गर्न जाँदै थिएँ । सतीदेवीको भाल (निधार) पतन भएको र भालेश्वर शिवलिङ्गको उत्पति भएको कुरा विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख थियो । स्वर्गका गन्धर्व र उपत्यकाका विरुपाक्षले मोक्ष प्राप्त गरेको स्थानमा पहिलो पटक पुग्दै थिएँ । तेस्रो कारण पछिल्ला दिनहरुमा चन्द्रागिरि उपत्यकाको सबैभन्दा सुन्दर स्थानका रुपमा चर्चामा थियो । सगरमाथा र अन्नपूर्ण हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिने ‘यो स्थानमा जिउँदै स्वर्ग पुगेको अनुुभूति हुने गरेको’ भन्ने कतिपय समचारहरु पढेकोले पनि मलाई यो स्थानमा पुग्न हतारो थियो ।
एक बजे हामी केवुलकारको स्टेसनमा पुगी सकेका थियौं । प्रकाश सरले टिकट इन्ट्री गराउनु भयो । साढे एक बजे चन्द्रागिरिका लागि केवुल छेट्ने रहेछ । हामीसँग आधा घण्टा समय बाँकि थियो । स्टेशन परिसरको बगैंचामा फुलेका विभिन्न प्रकारका पूmलहरुले पर्यटकहरुलाई स्वागत गरिरहेका थिए । तीन प्रकारका फाउण्डेसन अर्को आर्कषणको केन्द्र बनेको थियो कतिको । फोटा खिच्ने र भिडियो बनाउनेको भिड थियो । हामी पनि रमाउनकै लागि त सात डाँडा काटेर चन्द्रागिरिको डाँडामा जान हिडेका थियौं । समय छँदासम्म रमाउन हामीलाई कसैले रोकेन ।
बाह्र मिनेट सत्र सेकेण्डमा केवुलले हामीलाई चन्द्रागिरिको डाँडो नजिक उता¥यो । केबुलको छोटो यात्रालाई यादगार बनाउन प्रकाश सरले भरमज्दुर प्रयास गर्नु भएको थियो । हामीले पनि आफ्नो क्षमताले भ्याएसम्म कोशिष गरिरहेका थियौं । माथितिरभन्दा तलतिर हेर्दा निकै आनन्दानुभूति भइरहेको थियो । उपत्यकाका वरिपरिका गाउँहरु प्रष्ट देखिन्थे । केवुलकारबाट देखिएका हरिया पाखाहरुले मनलाई उद्देलित पार्थे । केवुलकारबाट केवुलकार र जमिनको दुरी बढी भएको स्थानमा हेर्दा काहाली लाग्यो । झ्याल खोलेर तल हेर्नेसम्म आँट आएन । आठ आठ जनाको दरले सुरक्षित तरिकाले डाँडोमा पु¥याउने व्यवस्था थियो । सुरक्षित व्यवस्था हुँदा हुँदै मन चिसो नभएको भए पनि त हुने हो नि । तर मन न हो डर मान्यो भने मान्यो मान्यो ।
केही समय हिडेपछि मात्रै चन्द्रागिरिको टुप्पोमा पुगिन्थ्यो । बाटोमा घुँइचो थियो । बिहानै गएकाहरु फर्कदै थिए । फर्कने र जानेहरुको संख्या सायद उस्तै उस्तै थियो । हामी भालेश्वर मन्दिर परिसमा पुग्दा साढे दुई बजी सकेको थियो । लाग्दै थियो हामी भगवान शिवको राज्यमा अवतरण गरिएका मानिसहरु हौं । यो स्वर्ग हो र यहाँ पुण्य प्राप्त गरेकाहरु मात्रै आउन सक्छन् । स्वर्गमा कोही दुखी हुदैनन् । कसैमा पीडाको झल्को देखिदैन । लोभ र मोह बन्देज हुन्छ यहाँ । एक पटक हामीसँगै हिडेका गुरु सोमनाथलाई हेरें, मिस संगितालाई हेरें, छात्रहरु देव, मिलन, अशोक, नविन, पिके,……र छात्राहरु अञ्जली, बिनिता, मञ्जु, पूजा, प्रतिमा, बिनु, सिता, प्रमिता, ………. सबैलाई एकएक गरेर हेरें । सबैका अनुहार उज्याला थिए । हँसिला र रसिला थिए ।
चन्द्रागिरि काठमाडौंको सबैभन्दा अग्लो स्थानमा रहेको पहाड हो । चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेको यो पहाडको उचाइ २५५१ मिटर रहेछ । हिमवत् खण्डको ९८ र ९९ अध्यायमा समेत चर्चा गरिएको यस स्थान सौन्दर्यको अनुपम स्थल हो । यो क्षेत्र घना जङ्गलले ढाकिएको छ । चन्द्र ढकाल लगायतका व्यक्तिहरुले निजि क्षेत्रको लगानीमा केबुलकार सञ्चालन गरी चन्द्रागिरिको डाँडोमा पुग्ने व्यवस्था मिलाएका हुन् । ७२० रोपनीमा पैmलिएको यो क्षेत्र अन्र्तगत १०० रोपनी जमिनमा विभिन्न संरचनाहरु निर्माण गरिएको रहेछ । नेपाल सरकारसँग ४० वर्षका लागि वार्षिक १ लाख ८० हजार भाडा तिरेरै भएपनि एउटा सुन्दर पर्यटकीय स्थल बनाई नेपालको पर्यटन व्यवसायलाई थप टेवा पु¥याउन सहयोग गरेकोमा ढकाल बन्दु चन्द्र ढकाल लगायतको समूहलाई धन्यवाद दिन मन लाग्यो ।
दुई हात जोडेर भालेश्वरको दर्शन ग¥यौं । कुनै एक मात्रै वरदान मागेमा पूर्ण हुने विश्वाश गरिदो रहेछ । मैले सुख र शान्ति मागें । कि सुख माग्नु पर्ने, कि शान्ति माग्नु पर्ने रहेछ । दुबै मागिएछ । हुन त यी दुबै चाहिन्छ नै भालेश्वरको अर्थ नबुझेकाहरु ‘भालेश्वरको दर्शन यता पोथीश्वरको कता ?’ भनेर हाँसो मजाक पनि गर्दै थिए । हामीसङ्गै हिडेका केटीहरुले केटाहरुलाई ‘ए भाले, भालेश्वरको दर्शन गरिस् ?’ भनेर जिस्काउँदै थिए भने केटाहरु कोही लाजले भुतुक्क हुन्थे भने कोही ‘भालेको दर्शन गर्दा कस्तो भयो ?’ भनेर उल्टै जिस्काउँदै थिए ।
चन्द्रागिरिको डाँडामा रहेको केही समथर भू–भागमा भालेश्वरको सुन्दर मन्दिर थियो । मन्दिरको परिसरमा बस्न, आरम गर्न र टाढा टाढाको दृश्यावलोकन गर्नका लागि विभिन्न स्थानहरु बनाइएको थियो । यिनै स्थानहरुबाट सगरमाथा र अन्नपूर्ण हिमालहरु देख्न सकिन्थ्यो । सुन्दर र सफा चमेना गृहमा जोडी लिएर घुम्न पुगेकाहरुको भिडभाड थियो । विदेशीहरुको सिको गर्दै थिए नेपाली युवा युवतीहरु पनि । हरियाली वातारण, चिसो सिरसिरे हावा, क्षणभरमै परिवर्तन हुने मौसम, चन्द्रागिरिबाट देखिने उपत्यकाको सुन्दरता, उत्तरी क्षितिजमा देखिएका चाँदी जस्ता हिमाल श्रृङ्खला आदिले रोमाञ्चित बनाउँथ्यो युवायुवतीहरुलाई । कातिकुती लाग्थ्यो मनमा । अङ्गालोमा बेरिएका र काखमा बच्चा बच्ची जस्तै लडिबुडी खेलेका दृश्यहरु हेर्दिन भनेर पनि सुखै थिएन ।
चन्द्रागिरिमा दिन बिताउने निकै उपयुक्त स्थान लाग्यो । बालबालिकाहरुलाई मध्यनजर गरेर फन्नी पार्क र विभिन्न खेलकुदका सामग्रीहरुको व्यवस्था गरिएको रहेछ । युवाहरु रमाउने विभिन्न आकार प्रकारका दुबे मैदानहरु र फोटो खिचाउन विभिन्न प्रेमिल सङ्केत सहितका स्थानहरु बनाइएको रहेछ । घोडाहरु राखिएको थियो ‘हर्स राइडिङ्ग’का लागि । हप्ताभरि काममा व्यस्त रहने उपत्यकावासीका लागि त चन्द्रागिरि वरदान नै सावित भएको रहेछ ।
झण्डै तीन घण्टा बिताउँदा हामीलाई तीस मिनेट बिताए जस्तो पनि लागेन । चन्द्रागिरि छोडेर फर्कन कसैलाई पनि मन थिएन । समय छिट्टै बितेकोमा गुनासो गर्दै थिए साथीहरु । रहर नभएर बाध्यता थियो हाम्रो ओरालो झर्नु । चन्द्रागिरिको पश्चिमी पर्वतमालाबाट सूर्य नारायणले बिदा मागेसँगै चन्द्रागिरिको डाँडोलाई बादलको घुम्टोले ढाक्न सुरु गरिकोको थियो । हामी भने सेतो बादल देखेर पनि रमाइरहेका थियौं ।
कोहलपुर, बाँके