लक्षण नदेखिनु नौलो कुरा होइन

शुक्रवार १३६ मध्ये १ जना १६ वर्षीय पुरुषमा मात्र संक्रमण पुष्टि भएपछि आफ्नो धारणा राख्दै डा. आसिम किदवाईले भनेका माथिका कुराले कोरोना भाइरसको संक्रमणको सन्त्रास र अपनाउनुपर्ने सतर्कताबारे गतिलो सन्देश प्रवाह गर्छ । डा. आसिम अर्थात् नेपालगन्जका एकजना सक्रिय युवा । जो पेशाले चिकित्सक छन् । पछिल्ला १२ वर्षअघि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा मेडिकल अफिसरका रुपमा जोडिएका फिजिसियन डा. आसिम सन् २०१२ यता त्यहीं एसिस्टेन्ट प्रोफेसर, मेडिकल डिपार्टमेन्टका इन्जार्च हुन् । नेपालगन्जका प्रसिद्ध चिकित्सक डा. एम किदवाईका जेष्ठ सुपुत्र उनी निकै व्यस्त समयबीच पनि पछिल्ला दिनमा सामाजिक सञ्जालमा आफ्ना यस्ता धारणा राख्छन्, जुन धारणाले समाजलाई गतिलो ढंगले दिशा निर्देश गरिरहेको छ, खासगरि कोरोना भाइरसको सन्त्रास पछि ।
रोजाले गर्दा टेस्टिंगमा कुनै पनि फरक पर्दैन । रोजाले नत पोजेटिभलाई निगेटिभ देखाउँछ न निगेटिभलाई पोजेटिभ ढुक्क भएर जाँंच गराउनु होस्, मुस्लिम युवा चिकित्सक डा. आसिमको यो भनाइ त्यतिबेला आयो जतिबेला स्वाब संकलनका लागि प्राविधिक टोली मस्जिद, मदरसा पुग्दा विभिन्न भ्रमपूर्ण कुराहरु फैलाइएका थिए । उनले साम्प्रदायिक भड्काउजन्य चर्चाहरु आएपछि सामाजिक सञ्जालमैं भने, यो अपराध हो । नेपालगन्जको पहिलो अनलाइन न्यूजपोर्टल
www.nepalgunjnews.com मार्फत संवाद गरिरहँदा डा. आसिम किदवाईले दैनिक नेपालगन्जसँग निरन्तर सम्पर्कमा रहि समाजलाई सुसूचित गराउनुपर्ने दायित्व र जिम्मेवारीमा भ्रमपूर्ण समाचार र हल्लाले पनि समाजलाई गलत दिशातिर डोर्याउने जोखिमबारे भन्दै थिए ।
यदि हामी राहत रकमको निम्ती आशा गर्दर्छौ भने हामीले कर पनि तिर्नुपर्दछ भन्ने अर्थ मन्त्रीको भनाइमा म समर्थन गर्दछु । तर मेरो एउटै प्रश्न यदि हामी राहत सामाग्री वा सहयोगका आशा गर्दैनौ वा लिन अस्वीकार गर्र्यौ भने के हामी कर तिर्नबाट उम्किन पाउँछौं ? डा. आसिमको राजनीतिक चेतना र अध्ययनपूर्ण यो प्रतिक्रियाले भन्छ, उनी स्वास्थ्यमात्रै होइन, सामाजिक र राजनीतिक विकासक्रमका चेतनाबाट नियमित अपडेट छन् । दैनिक नेपालगन्जले www.nepalgunjnews.com बाट लिएको यो सामाग्री आजको अंकमा

एउटै टोलमा यति धेरै संक्रमित देखियो भने नेपालगन्जको अवस्था के होला ?
अहिले नेपालगन्जको एउटा टोलमा खासगरी कोभिड १९ का बिरामी धेरै देखिएका छन् । एकैचोटी एउटा टोलमा यति धेरै केस छ भने नेपालगन्जमा धेरै नै होला । एउटा टोलमा त्यति धेरै बिरामी छन् भने हरेक टोलमा त्यस्तै अवस्था होला । तर, त्यस्तो हुन जरुरी छैन । एउटा टोलमा त्यसो भयो भन्दैमा हरेक टोलमा त्यसो हुन्छनै भन्ने होइन । अहिले लकडाउनले एक किसिमको सामाजिक दुरी त कायम भएको छ । टोलभित्र मानिसहरुको मुभमेन्ट भए पनि टोल बाहिर भने भएको छैन । त्यसैले यति धेरै जनाको अस्पतालमा चेक गर्दा पनि कसैको पनि पोजेटिभ आएको छैन । यसले कोरोना त्यही टोलमा मात्रै सीमित थियो कि भन्ने देखाउँछ । यसले लकडाउन केही हदसम्म सफल छ भन्ने मान्न सकिन्छ ।
अर्को, कुरा अनुसन्धान हुँदैछ । स्वास्थ्य कार्यालय, भेरी अस्पताल, प्रदेश, संघ र विश्व स्वास्थ्य संगठनको टिम आएको छ । सबै मिलेर लाग्नु भएको छ । योजनाबद्ध तरिकाले लागि राख्नु भएको छ । उहाँहरुको रिपोर्ट नआएसम्म यो कुरालाई अहिले आफ्नो मनबाट धेरै नै केस रहेछ भनेर सोंचेर डराउनु चाहीँ भएन ।


परिवारकै सदस्यको नेगेटिभ ? बाहिर सम्पर्कका मानिस पोेजेटिभ ? यो नेगेटिभ पोजेटिभको कुरा बुझ्नुपर्ने भो ल न !
मानिसहरुको जिज्ञासा के हो भने यहाँ भेटिएका पहिलो संक्रमितका परिवार नेगेटिभ छन्, यो कसरी सम्भव भयो । वीरगन्जमा पनि एकै पटक धेरैको पोजेटिभ आयो । यो कसरी हुन्छ ? बाहिरको कन्ट्याक्टको पोजेटिभ आइरहेको छ, तर घरको मान्छेको आइरहेको छैन ? कसरी भयो । यसले मान्छेहरुको मनमा धेरैडाउट छ । त्यसका लागि अनुसन्धान गर्न टिम आएको छ । उहाँहरुले योजनाबद्ध काम गरिरहनु भएको छ । उहाँहरुको रिपोर्ट नआउञ्जेल केही भन्न सक्ने अवस्था छैन । तर, एउटा डाक्टर भएको हिसाबले के भन्न चाहन्छु, भने अरु सम्भावना पनि हुन्छ । कुनै पनि मान्छेबाट अर्को मान्छेमा सर्ने भनेको कन्ट्याक्ट क्लोज भयो भने मात्र हो । हामी के सोच्छौं भने पहिलो संक्रमितको परिवारसँग क्लोज कन्ट्याक्ट भयो कि, अनि परिवार किन पोजेटिभ भएनन् । तर, पहिलो संक्रमित घरमै बस्नु भएको थिएन कि, उहाँ छुुट्टै सेल्फ क्वारेन्टाइनमा पो बस्नु भएको थियो कि ? त्यो कुरा पनि हुन सक्छ, त्यो कुरा भयो भने घरको मान्छेलाई सर्ने सम्भावना कम भयो । अर्को, उहाँ घरमै पनि सावधानी अपनाएर बस्नु भएको थियो कि । अर्को सम्भावना भनेको उहाँ नै फष्ट केस हो भन्ने पनि छैन । रेन्डमली चेक गर्दा उहाँ पोजेटिभ भेटिनु भएको हो । उहाँलाई भर्खर कसैबाट सरेको हो भन्ने सम्भावना पनि देखियो । हामी आफै अहिले डराएर यही सम्भावना भन्न चाहीँ मिल्दैन ।

टेष्टको नम्बर बढेपछि पोजेटिभ केसको नम्बर बढ्ने सम्भावना पनि धेरै हुन्छ । त्यो स्वभाविक हो । हामी नम्बरको पछाडि नलागौं, सोसियल डिस्टेन्सिग कायम गरौं । चिनजानको मान्छेलाई लक्षण छ, विदेशबाट कोही आएको छ भने सम्बन्धित निकायमा जानकारी गराऔं । अफिसियल रिपोर्ट मात्र हेरौं । सकेसम्म र्युमर शेयर नगरौं ।


पहिले लक्षणका चर्चा हुन्थ्यो, अब त विना लक्षणका संक्रमितनै बढी पुष्टि भइरहेको छ, कसरी जोगिने हो ?


अहिलेसम्म नेपालमा धेरैजसो बिरामीलाई लक्षण नै छैन । अहिलेसम्म लक्षण नहुने नौलो कुरा होइन । धेरै देशमा शुरुशुरुको बिरामीमा खासै लक्षण थिएन । इटालीको एउटा ठाउँमा ६० देखियो अर्काे ठाउँमा ७५ प्रतिशत । चाइनाको एक ठाउँमा त ९० प्रतिशत सम्म लक्षणनै नदेखिएको अवस्था थियो । हो, एउटा कुरा चाहीँ त्यो सोंचेर कही नगरेर पनि भएन । भाइरसको बारेमा अलिकति अनुसन्धान हुनुपर्छ भन्ने कुरा हामीले उठाइरहेका छौं । त्यसैले अहिलेसम्म इनिसियटिभ केही पनि भएको थिएन । समाचारमा हेर्दा पनि अहिले नेपालमा पनि भाइरसको स्टक्चरको बारेमा स्टडी हुने प्रक्रिया चाहीँ सुरु भैसकेको छ । खासगरी, वीरगन्ज नारायणी अस्पतालका डाक्टर निरज सिंहले सुरुदेखि नै उठाइरहनु भएको छ । धेरै जसो बिरामी हेल्दी हुनुहुन्छ, त्यसैले यस्तो किन भैरहेको छ भनेर हामीले एक पटक यसको जीन हेर्नुपर्यो, अन्य कुनै मुलुकमा यस्तै छ कि हेर्न एकदमै आवश्यक रहेको छ ।


भाइरस कस्तो किसिमको हो भन्ने थाहा भयो भने धेरै राम्रो कुरा हो । हामीले त्यही अनुसार प्रिकोसन लिन सक्छौं । कस्तो किसिमको भाइरस हो थाहा हुने हो भने त्यही अनुसारको रणनीति बनाउन सकिन्छ । भाइरसको स्ट्ेन कडा छ भने लकडाउने कडा बनाउनु पर्यो, स्ट्ेन हल्का छ भने हामीले लकडाउन बिस्तारै खुकुलो बनाउँदै जान सकिन्छ । धेरै खतरा छैन भने कडा लकडाउन नगर्दा पनि । लकडाउनले फाइदा पनि छ, नोक्सान पनि छ । सब पोलिसी बनाउनमा भाइरसको जुन अध्ययन हुँदैछ, त्यो एकदमै राम्रो हो । त्यसको रिजल्ट आएपछि हामीलाई राम्रो हुन्छ ।


त्यसबाहेक संसारका वैज्ञानिकहरुले उपचारका लागि नयाँ नयाँ औषधी खोजिरहनु भएको छ । टेष्ट भैरहेको छ । जापानले बनाएको मेडिसिन चाइनामा सक्सेस भयो । जस्तो इन्फ्लुएन्जा, बर्डफ्लुको भाइरस विरुद्ध उपचारमा प्रयोग भएको औषधी Favipiravir ra arko euta antiviral remdesevir   मा प्रयोग भएको छ । त्यो पनि कोभिडको जस्तै भाइरस हुन्छ । अझै धेरै स्टडी बाँकी छ । यी औषधीको उत्पादन भारतमा पनि उत्पादन भैरहेको छ । लकडाउनले हामीले टाइम पाइरहेको छौं । भ्याक्सिन, औषधी बनिरहेको छ ।

हुनत भन्न अलि छिटो नै होला, तर क्षेत्रगत रुपमा अझै सम्पर्क भएको पाउँछु । आधिकारिक कुरा आउन र समुदाय स्तरबाट रिर्पोट आउञ्जेल धैर्य गरौं । आत्तिनु पर्ने त छैन । तर, रमाउनु पर्ने वा उत्सव मनाउन शुरु गर्ने होइन् । हामी पूर्ण सरसफाई र सामाजिक दुरी अपनाउँदै गम्भिर भई सरकारी संयन्त्रलाई सघाउनुपर्ने बेला हो । रमाउन बाहिर ननिस्क्यौं ।


यतिबेला कसरी जोगिने होला ?
टेष्टको नम्बर बढेपछि पोजेटिभ केसको नम्बर बढ्ने सम्भावना पनि धेरै हुन्छ । त्यो स्वभाविक हो । हामी नम्बरको पछाडि नलागौं, सोसियल डिस्टेन्सिग कायम गरौं । चिनजानको मान्छेलाई लक्षण छ, विदेशबाट कोही आएको छ भने सम्बन्धित निकायमा जानकारी गराऔं । अफिसियल रिपोर्ट मात्र हेरौं । सकेसम्म र्युमर शेयर नगरौं । यति गर्न सकियो भने धेरै राम्रो हुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया