नेपालको इतिहासमा बाईसी र चौबिसी राज्यहरु मध्ये जाजरकोट पनि एक राज्य थियो । बृह्त नेपालको सृजना गर्ने क्रममा यस राज्यले पनि ठूलो योगदान दिएको थियो । प्राचिन कालमा यो राज्य नेपालका लिच्छबिहरुमा अधिनमा थियो । किनकी लिच्छबिकालका ऐतिहासिक सामग्रीहरु जुम्ला सम्म पाइएको छन् ।
नेपालमा लिच्छबीहरुको करीब नवौं शताब्दीमा पतन भएपछि पश्चिम नेपालको कर्णाली भेकमा खसिया मल्लहरुको अभ्यूदय भयो । यस बंशका संस्थापक नागराज थिए । उक्त राजाका अभिलेख पश्चिममा गढवालसम्म पनि पाइएका छन् । यिनले सिजामा आई बसेपछि अनेक सुधारहरु ल्याए । यस बंशका राजाहरुका नाम क्रमशः यस प्रकार छनः्— नागराज, चाप, चापिल्ल, काशिचल्ल, क्रध्रिचल्ल, क्राचल्ल, अशोकचल्ल, जितारी मल्ल, आदिम मल्ल, प्रताब मल्ल आदी प्रताब मल्लले गेला बंशका पुग्य मल्ललाई आफ्ना उत्तराधिकारी बनाए । पुण्य मल्ल पछि उनका छोरा पृथ्वी मल्लको समयमा पुगेको थियो । यस समयमा यस बंशका अधिनमा एक बृह्त राज्य थियो । यो राज्य गढवालदेखि त्रिसूली गण्डकी र ताक्लाकोट देखि तराई सम्म फैलिएको थियो । यस प्रकार जाजरकोट पनि यी नै मल्लहरुका अधिनमा थियो ।
यस समयमा उत्तरी भारतमा मुशलमानहरुको आक्रमण भइरहेको थियो । आफ्ना धर्म र प्राण रक्षा गर्न भिन्न समयमा बिभिन्न जातीहरु पहाड तर्फ पसे ज्यादतर राजपुतहरु नेपालको पहाडी भागमा आई स—साना राज्यहरु खडा गरे । यस प्रकार पश्चिम नेपालमा क्रमशः बाइसी र चौबीसी राज्यहरुको अभ्यूदय भएको पाइन्छ ।
नेपालको सुदूर पश्चिम भागमा बाइसी राज्यहरु खडा भएको देखिन्छ । ति मध्ये जाजरकोट राजाहरुको अभ्यूदयबारे बिभिन्न बंशावलीमा बिभिन्न कुराहरु लेखिएका छन् । जाजरकोट राज्यको पहिलो राजा मेदनी बर्मा थिए उनी भारतको अजमेरबाट आएका थिए सो समयमा अजमेर राज्यमा अन्य राज्यबाट आक्रमण हुदा त्यस ठाँऊबाट भागेर जुम्लाको सिन्जा आएका थिए । जुम्लाको सिन्जा राज्यमा मलय बम राजा थिए । उनीको सल्लाह अनुसार जाजरकोटको जक्तीपुरमा आएका थिए र कालन्तरमा जक्तीपुरमा बसेको पाइन्छ । जाजरकोट राज्यको स्थापना बि.सं. १४५५ मा स्थापना गरेका थिए । उनीका छोरा जक्ती सिंहको भारतको अजमेरमा मामाको घरमा जन्म भएको थियो दैबी शक्तिको रुपमा अजमेरबासीहरु संग परिचित थिए । उनी जन्म हुदाँ दरबारका महलका छालाहरु (झंगटी) आफै फुटेका थिए र यी राजकुमार अत्यन्तै पराक्रमी थिए । जगतिसिंहको नाममा त्यो ठाउको नाम जक्ती सिंह राखिएको स्थानीय बुढा पाखाहरु भन्ने गरेका छन् ।
राजा जक्तिसिंहले बनाएको जक्तिपुर जाजरकोटको खलंगा बजारदेखि ५ कोश टाढा पश्चिम दक्षिणतिर पर्ने ऐतिहासिक स्थल जक्तिपुर भेरी नगरपालिकाको वर्डा ११ मा पर्दछ । उक्त ठाँउमा राजा जक्तिसिंहले बनाएको भग्नावशेषहरुमा बायु घट्ट, खडकदेब मन्दीर र बिभिन्न बुट्टा कँुदिएको पत्थरका स्तभ्भहरु पनि अहिले सम्म छन् ।
आफ्नो कार्यकालमा बिभिन्न पराक्रम देखाई जक्तिपुरमा आफ्नो राज्यको उन्नति गरेका थिए । स्थानीय जनताको भनाई अनुसार उक्त राजाको घोडा हालको सदरमुकाममा खलंगामा आई चरन चर्ने गर्दथ्यो । राजालाई पनि सो ठाँऊ मनपरेकोले जगतसिंहको नाति हरि शाहको पालामा राजधानी खलंगामा सारेको थिए भन्ने बिश्वास हुन्छ ।
अन्त्यमा उनीले आफ्नो जेठी छोरा बिजैसिंहलाई राज्य सुम्पेर तपस्या गर्न भनी श्री बद्रीका आश्रम तपवन तर्फ गए जगतसिंह लोप भए भन्ने स्थानीय लोकोक्ति छ । यस प्रकार जगतसिंह र बलीराज समकालीन थिए तर यस कुराको ऐतिहासिक खोजी भइरहेको छ ।
जागरकोटी शाह बंशिराजाहरुले गरेका महत्वपूर्ण कामहरु ।
१. गोरखाका राजा पृथ्वी नारायण शाह संग सन्धी सम्झौता ।
१४ औं राजा हरि शाह बिक्रम सम्बत १८२५ माघ ७ गते भारतको बनारसको मणिकरणिया घाट गएको बेला गोरखाका राजा पृथ्वी नारायण शाहसंग भेट भएको थियो । भेटको क्रममा दुबै राज्यको हक र हित सम्बन्धमा ७ देवतालाई साँची राखि सन्धी सम्झौत भएको थियो ।
१. साना साना राज्यहरुलाई एकिकरण गर्ने सो क्रममा जाजरकोट राज्यले पृथ्वी नारायण शाहलाई शैनिक र हात हतियार सहयोग गर्ने साथै दुबै राज्यले एक अर्कामाथी कुभलो नचिताउने ।
२. जाजगरकोट राज्य स्वतन्त्र राज्यको रुपमा रहने । पृथ्वी नारायण शाहलाई नेपाल एकीकरण भई सके पछि महाराज धिराजको पद दिने र जाजरकोटी राजालाई राजाको पद दिने ।
सो अनुसार राजा स्वयम प्रकाश शाहले २०१७ साल सम्म राजकाज चलाएका थिए । भने जाजरकोटी राजाका अन्तिम राजा प्रकाश बिक्रम शाहले २०६३ सम्म राजाले पाउनु पर्ने सुबिधाहरु सरकारले उपलब्ध गराएको थियो । २०६३ सालको गनतन्त्र पछि यो सुबिधाहरु कटौती गरीएको थियो ।
नेपाल एकिकरण पछि ५ राजा मात्रै राज्य गर्दथे जाजरकोटी, मुस्ताङ्गी, सल्यानी, बझाङ्गी र काठमाण्डौ राजा भएकोले काठमाण्डौमा राज्य गर्ने पृथ्वी नारायण शाहलाई श्री अगाडी ५ पदबी दिएको थियो ।
२. जाजरकोटी दरवारको निर्णाण ।
यो दरवार बि.सं. १८२५ फागुन ७ गते बसन्त पंचमी दिनमा राजा हरि शाहले शुरु गरेको थिए पूर्ण निर्माण गजेन्द्र नारायण शाहले भक्तपुरको प्रसिद्ध कालिगढ नाक्चेकोटले कलात्मकरुपमा बि.सं. १८५२ मा ७ तले दरवार जाजरकोट सदरमुकाम खलङ्गामा निर्माण गरेका थिए । बिक्रम सम्बत १९९० सालको भुकम्बले जिर्न अवस्थामा बनाएको थियो यसलाई पुन निर्माण ४ तले दरबार राजा जंगबहादुर शाहले बनाएका थिए ।
३. झुलुङ्गे पुल र पीउने पानीको धारा निर्माण ।
राजा जंग बहादुर शाहका कान्छा छोरा क. हरि बिक्रम शाहकी छोरी बालकुमारी शाहको बि.सं. १९६२ सालमा राणा कालिन प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेर राणासंग बिवाह भएको थियो । बाल कुमारीले जाजरकोटी माइतिहरुलाई सुबिधाको लागि भेरी नदी पार गर्नाको लागि जाजरकोटको मटेलामा बेलायती प्राबिधिबाट बिक्रम सम्बत १९८४ मा झुलुङ्गे पुल र पीउने पानी खानाको लागि बदबुदेबाट पानी धारा ल्याइ खलङ्गामा बि. सं. १९८० मा निर्माण गराइकी थिएन् । हाल सम्म संचालनमा रहेको छ । यो पिउने पानी नेपालको लागि दिगो बिकासको नमूना बिकास हो भन्ने गर्ने गरेको छन । यो निर्माणको लागि बेलाती प्राबिधीहरु आएका थिए ।
४. शिवेश्वर, दिपदुर्गेश्वर र महामुक्तीश्वर शिवालय मन्दीरको निर्माण ।
जाजरकोट जिल्लाको भेरी नदी किनारमा अवस्थित पौराणिक तेलिया इटाबाट निर्माण गरीएका पबित्र मन्दीर प्रत्यक बर्ष शिवरात्रीको अवसरमा मेला लाग्ने गर्दछ । धार्मिक दृष्टिले नभई पर्यटकीय दृष्टिले पनि यो स्थान अत्यन्त रमणीय छ ।
शिदेश्वर मन्दीरः यसलाई जागरकोटका तत्कालिन राजा दिप नारायण शाहले बि.स. १८८० को दशकमा निर्माण गरेका हुन ।
दिपदुर्गेश्वरः दीप नारायण शाहका छोरा राजा जंग बहादुर शाहले आफ्ना बुवा दिपनाराण शाह र मुवा दर्गाकुमारी (श्री ५ रण बहादुर शाहकी छोरी) को संझनामा निर्माण गर्न लगाएका थिए ।
महामुक्तीश्वर राजा जंग बहादुर शाहका ८ छोराहरु मध्य ५ भाईहरुले शक्तिवर जंग शाह, नर शम्शेर शाह, नर जंग शाह र अमर बहादुर शाहहरुले आफ्ना निसन्तान स्वर्गवासी भाई महा शम्शेरको नामा निर्मान गर्न लगाएका थिए ।
५. मालिका र मनकामना मन्दीरः
मालिका मन्दीर यो जाजरकोट जिल्लाको भेरी नगरपालिका वर्डा नम्बर ६ को मछैनामा पर्दछ । जाजरकोटी राजाका छोरीहरु मालिका र मनकामना हुन जेठी मनकामना कान्छी मालिका थिइन । बुदै जना मछेनामा पुजा र आराधना गर्दै आउने क्रममा दुबैलाई देउताले दैबी शक्ति दिएको भनाइ रहेको छ । उनी दुबै दिदी बहिनीहरु त्यहा मछेनामा पुजा गर्ने र अधिक समय त्यही बिताउने गर्थीन । उनीहरुले भन्ने गर्दथिन् हामीहरुलाई दैबी शक्ति प्राप्त भएको छ । यो कुरा जाजकोटी राजालाई बिश्वास थिएन । यसै क्रममा राजा र मनकामना बिच झइ झगडा भएको थियो त्यस पछि उनी जाजरकोट जिल्ला छोडी गोरखा जिल्लामा गइकी थिइन । गोरखा जिल्लामा त्यति बेला पृथ्वी नारायण शाहले राज्या गर्दथे । एक दिन पृथ्वी नारायण शाहले मनकाना देबीको सपना देखेछन् । सपनामा नेपालका २२ से २४ राज्याहरुलाई एकिकरण गर्नको लागि शक्ति प्रदान गर्न आर्शिरबाद मागे छन् । उनीले आशिरबाद दिने क्रममा जाजरकोट राज्य बाहेक अरु राज्यलाई बिजयको लागि आर्शिरबाद दिएछिन । यो कुरा जाजरकोटी राजाहरुलाई थाहा भएछ । जाजरकोटी राजाहरुले क्षमायाचनाको लागि प्रस्ताव मनकामनासंग राखेछन् । मनकामनाले इनकारेको साथै माइती पक्ष मनकामना मन्दीर नआउनु आएको खण्डमा श्राप दिने छु भन्ने कुरा आए पछि हाल जाजरकोटी राजाका सन्तानहरु मनकामना जाने गर्दैनन् । जाजरकोट जिल्लाको भेरी नगरपालिकाको वर्डा नं. ६ को पछेनामा मालिका मन्दीर रहेको छ । त्यस मन्दीरमा पनि आफूले इच्छा गरेको आर्शिरबाद पाइन्छ भन्ने बिश्वास रहेकोले बिभिन्न जिल्लाबाट साउने पूर्णिमामा पुजा गर्न आएने गरेका छन् ।
स्रोत सामाग्रीहरु
१. जाजरकोटी राजाहरुको परिचयात्मक वंशावलीबाट ।
२. महाशंकर देवकोटाद्धारा लेखिएको श्री चन्दननाथ दत्रा ।
३. समाल बंशावली ।
४. जुम्लेश्वर वंशावली ।
५. योगी नरहरीनाथ इतिहास प्रकाशनमा सन्धिपत्र संग्रह भाग १ ।
६. पत्रकार जनक के.सी. को लेख ।
७. जाजरकोटी राजाका सन्तान निरज जंग शाहका फेसबुकमा राखिएका लेखहरु ।