नेपालगन्जको ३४ नतिजा नेगेटिभ, ३२ को नतिजा बाँकी

नेपालगन्जमा कोरोना संक्रमितको कन्ट्याक्ट टे«सिङ गरी संकलन गरिएको स्वाबको नतिजा नेगेटिभ आइरहेको छ । भेरी अस्पताल नेपालगन्जमा कुल ६६ स्वाब परीक्षणका लागि आएको थियो । जसमध्ये ५४ नेपालगन्ज आसपास र १२ वटा बर्दिया र मेडिकल कलेजबाट आएका थिए ।


भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले बुधबार परीक्षण सम्पन्न भएका नेपालगन्ज आसपासका ३४ नतिजा नेगेटिभ आएका छन् । उनीहरुको स्वाब कोरोना संक्रमितको कन्ट्याक्ट टे«सिङका आधारमा लिइएको थियो ।


अब भेरीमा आएका ३२ वटा स्वाबको परीक्षण नतिजा आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया