कोरोना कहर सँग जोगिन कम्तिमा जेठ ५ गतेसम्म घरभित्रै बस्नु पर्ने भएको छ । सरकारले लकडाउनलाई लम्ब्याउने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि घोषित लकडाउन २५ वैशाखसम्मको समयलाई जेठ ५ गते सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । नेपालगन्जमा ४३ औं दिनदेखि निषेधित क्षेत्रनै घोषणा गरिएको छ ।
यसअघि मंगलबार बसेको कोभिड(१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत नभएको बताइएको छ ।