डा. प्रकाश बहादुर थापा

कोभिड १९ अर्थात् कोरोना भाइरसको कहरले मुलुक नै सन्त्रस्त भैरहँदा यतिबेला नेपालगन्ज त्यसको केन्द्रको रुपमा देखा पर्दैछ । शुक्रबार ६० बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनका नजिकका सम्पर्क पछ्याउँदै जाँदा थप १५ जनामा संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले आजबाट तीन दिनसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई पूर्णत निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ । यसै घोषणाबाट अनुमान गर्न सकिन्छ, नेपालगन्जको तत्कालीन संवेदनशीलता । यस्तो संवेदनशील घडीमा स्वास्थ्य क्षेत्रको कोरोना विरुद्धको उपचार व्यवस्थापनमा नेतृत्व लिएका भेरी अस्पताल नेपालगन्जका प्रमुख प्रकाश बहादुर थापासँग दैनिक नेपालगन्जले सोध्यो, तपाई कसरी काम गर्दै हुनुहुन्छ ? सधैझैं मुसुक्क मुस्कुराउँदै उनले भने, ‘अस्ति राती २ बजेसम्म ल्याबमै साथीहरुसँग प्राविधिक काममा व्यस्त भइयो, हिजो संक्रमितलाई अस्पताल लैजाने र त्यसको व्यवस्थापनमा केन्द्रित हुनुपर्यो ।’ खजुरा स्थित आइसोलेसन अस्पतालका प्रमुख समेत रहेका डा. थापा दुई महिना अघि दोस्रो कार्यकालका लागि भेरी अस्पतालको नेतृत्व लिनासाथ कोरोना कहरका संकेतहरु देखा परिसकेको थियो । ‘यस्तो होला भन्ने चाहीँ लागेको थिएन’, डा. थापाले चुनौतिसँगै काम गर्ने अभुतपूर्व अवसर पाएको भन्दै मानवीय क्षति विना यसको कोरोना भाइरसबाट निकास लिन पाउनु स्वर्गीय आनन्द अनुभूति गर्ने आशा व्यक्त गरे । डा. थापा नेतृत्वकै टिमले नेपालगन्जमा प्रदेश ५ सरकारसँगको सहयोगमा कोरोना परीक्षणको पीसीआर ल्याब स्थापना गर्यो । जसका कारण भुसको आगो झै रहेको कोरोना भाइरसका संक्रमण बाहिर आउँदैछ । डेढ बर्षअघि चार महिना अस्पतालको नेतृत्व लिएका उनले अस्पतालको बृहत्तर सुधारका लागि गरेका प्रयासलाई पनि निरन्तर दिने धोको उत्तिकै छ । चार महिना मात्र अस्पतालको नेतृत्व पाएका डा. थापाले त्यतिबेला गरेका सुधारका पहलहरुलाई पनि निष्कर्षमा पुर्याउने धोको कायमै रहेको बताए । दैनिक नेपालगन्जका लागि पत्रकार झलक गैरेले सोमबार कोरोना संक्रमण, उपचार र व्यवस्थापन सम्बन्धी गरेको विशेष कुराकानी आजको अंकमा ।

कोरोना भाइरसका सन्दर्भमा यतिबेला कसरी काम भैरहेको छ ?
अहिले पछिल्लो समय संत्र्mमितको संख्या ह्वात्तै बढेको अवस्था छ । एक जना संक्रमित भेटिएसँगै उहाँसँग क्लोज कन्ट्याक्टमा रहेका जति पनि मानिसहरु रहेका थिए ती मध्ये ९० जनाको स्वाब कलेक्सन गरेका थियौं । ती ९० जनाबाट लिएको स्वाब मध्ये ६० जनाको स्वाब परीक्षण गर्यौं । र, ६० जनामा १५ जना संक्रमित भेटिनु भयो । बाँकी ३० वटा स्याम्पल टेष्ट गर्न बाँकी छ । ती ३० को टेष्टिंगको काम सोमवार अगाडि बढेको छ ।

स्वाब संकलन गर्ने विधिको निर्णय कसरी गर्नुहुन्छ ?
कुनै पनि एउटा केस देखियो भने त्यो केसमा नजिकमा उसले कहाँ कहाँ भेट्यो, त्यसको सम्पर्कमा को को मान्छे आयो भनेर खोजिन्छ, त्यसलाई कन्ट्याक्ट टेसिङ भनिन्छ । एउटा समूह वा एउटा नजिक आउने मान्छेको संख्या निक्र्यौल गरिन्छ र उहाँहरुको स्वाब परीक्षण गरेर प्रयोगशाला पठाउने काम हुन्छ ।

जुन पोजेटिभ आए, उनीहरुको पनि सोही विधिबाट कन्ट्याक्ट टेसिङ हुन्छ ?
हो, उहाँहरुको पनि त्यसरी नै कन्ट्याक्ट टेसिग गरिन्छ । पहिला एउटा केस भेटिंदा जसरी कन्ट्याक्ट टेसिङ गरियो अब पनि सोही विधि अवलम्वन गरिनेछ । अब थप जुन १५ जना संक्रमित देखिएका छन्, उहाँहरुको कन्टयाक्ट टेसिङ गर्छौ । उनीहरुको पनि त्यही विधिबाट कन्टयाक्ट टे«सिङ गरिन्छ । थपिएका कोरोना संक्रमित कहाँ, कहाँ गए, कसकसको सम्पर्कमा आए, त्यही विधि अपनाएर लिष्ट तयार गरेर स्वाब संकलन गरेर, परीक्षण गरेर चेकजाँच गर्ने काम अगाडि बढाउँछौं ।

नेपालगन्जमा कति स्वाब कलेक्सन भयो ?
सुरुको अवस्थामा हामीले काठमाडौं र बुटवलमा ल्याब स्थापना भएपछि बुटवलमा पनि पठाइयो । हाम्रोमा ल्याब स्थापना भइसकेपछि बाँके, बर्दिया र केही स्याम्पलहरु दाङबाट पनि प्राप्त भएको थियो । ती हाम्रै प्रयोगशालामा परीक्षण गर्यौं । अहिलेसम्म साढे ३ सय बढी टेष्ट नेपालगन्जमा भैसकेको छ ।

६० मा १५ वटा पोजेटिभ भेटिनुले समुदाय स्तरमा संक्रमण विस्तार भएको हो ?
पहिला स्वाब कलेक्सन गर्नका लागि पनि सबैको स्वाब लिने अवस्था थिएन । स्बाव कलेक्सनका लागि निश्चित मापदण्ड थियो । त्यो मापदण्डको आधारमा हामीले निश्चित स्वाब कलेक्सन गथ्र्यौं । जस्तै, कोही भारतबाट आएको छ, उसलाई ज्वरो, खोकी, स्वास प्रश्वासमा समस्या छ, भने त्यस्तो मानिसहरुको स्वाब कलेक्सन गरेर विभिन्न अस्पतालबाट हामी कहाँ प्राप्त हुन्थ्यो । त्यतिखेर सम्म कुनै पोजेटिभ आएको अवस्था थिएन ।

पछिल्लो समय समुदाय स्तरमा नै गएर उनीहरुको स्वाब कलेक्सन गर्यौं, त्यसबाट एक केस भेटियो, अनि उसको कन्ट्याक्टमा आएकाको खोज्यौं, किनभने उनीहरुलाई सर्ने सम्भावना बढी हुन्छ, अहिलेसम्म संक्रमण भेटिएकामा उनीहरुमा कुनै पनि लक्षण रहेको छैन । यो कुराले गर्दा संक्रमण हुँदैमा लक्षण देखिन्छ भन्ने रहेन । हिजो लक्षण देखिएका मान्छे खोज्दै टेष्टिङ गरिरहेका थियौं भने अहिले कुनै पनि लक्षण नभएका मान्छेमा पनि संक्रमण देखिएको छ । यसले भोलि ठूलो नम्बरमा संक्रमित देखिनु हुन् कि भन्ने त्रास देखिएको छ ।

लक्षण नदेखिंदा कसरी थाहा पाउने मलाई पनि छ कि भन्ने ?
हुनु पर्ने मास स्क्रिनिग नै थियो । हिजोसम्म एक जनाको भेटिएपछि एउटा ठाउँमा गर्यौं । अब १५ जना थपियो । झन् थपिएला । त्यसैले मास स्क्रिनिङ गरेरै परीक्षण गर्नुपर्छ । त्यसको विकल्प छैन ।

यसको तयारी कसरी भैरहेको छ, सम्भव छ ?
हामी टेष्टिङका लागि हाम्रा प्रयोगशालाका साथीहरु तयारी अवस्थामा हुनुहुन्छ । स्याम्पल आएसम्म अहिलेको हाम्रो म्यानपावरले भ्याएसम्म विहान ६ बजेदेखि बेलुकी १२ बजेसम्म खटिइरहनु भएको छ । अहिले दैनिक सय जना जतिको टेष्ट गर्न सक्ने अवस्था रहेको छ । अब बाँकी क्यामिलको कुरा, किटका कुराहरु अहिले पनि हामीसँग एउटा संख्यामा रहेको छ ।
देशमै परीक्षणका लागि आवश्यक सामाग्री अभाव भएको अवस्था छ । तर, आज (सोमबार) मात्र मन्त्रालयबाट हामीलाई २ सय ५० किट र पीपीइ प्राप्त हुँदैछ । त्यो हिसाबले अहिले समस्या नहोला । तर, भोलि समुदायबाट सयौं नमूना संकलन गर्यौं र हाम्रो प्रयोगशालाले धानेन भने बुटवल, दाङ, काठमाडौं पठाउने पर्ने हुनसक्छ ।

कसैले आफुलाई शंका गर्यो भने आशंका भएर निरुपण गर्न स्वाब टेष्ट गराउँछु भन्यो भने कति सजिलो छ ?
अहिलेको अवस्थामा यही नै हो भनेर भन्न सक्दैन । जे भएपनि संक्रमितको क्लोज कन्ट्याक्टमा आएका मान्छेहरु कोही छ भने हामीहरु उहाँको स्वाब लिन जतिबेला पनि तयार छौं । र, स्वाब लिंदा एउटा सर्टेन ठाउ, सिल गरेको एरियामा प्रत्यक्ष रुपमा संलग्न रहेका मान्छेलाई बोलाएर मास स्क्रिनिंग नै हुन्छ ।
शंका गरेर कसैले चेक जाँच गराउन आउँछ भने केही संख्यामा सकिएला । सबै कुरा मिल्नुपर्यो । जस्तो हिष्ट् िहुनुपर्यो । कोही संक्रमितको क्लोज कन्ट्याक्टमा थिए भने भने हामीले चेक गर्नैपर्छ । भोलि रिसोर्स प्रशस्त मात्रामा भयो भने कोही आयो भने सबैको गर्न सकिन्छ ।

संक्रमण हुँदैमा लक्षण देखिन्छ भन्ने रहेन । हिजो लक्षण देखिएका मान्छे खोज्दै टेष्टिङ गरिरहेका थियौं भने अहिले कुनै पनि लक्षण नभएका मान्छेमा पनि संक्रमण देखिएको छ । यसले भोलि ठूलो नम्बरमा संक्रमित देखिनु हुन् कि भन्ने त्रास देखिएको छ ।

संक्रमित बढ्दै गए विकल्प के ?
खजुरा स्थित कोरोना विशेष अस्पतालमा अहिले १६ जना संक्रमित भर्ना हुनुभएको छ । उहाँहरुको स्थिति सामान्य छ । कसैले पनि मेडिसिन सेवन गर्नुपर्ने अवस्था छै न । उहाँहरुलाई हामीले निगरानीमा राखेका छौं । उहाँहरु आराम सँग खाना खाएर बस्नुभएको छ ।
हिजो हामीले एउटा बेड संख्या निक्र्यौल गरेका थियौं । तर, अहिले के आयो भने केही स्वास्थ्यकर्मी, केही हेल्पर र केही सुरक्षाकर्मी पनि अब बाहिर आउन नमिल्ने त्यही बस्नुपर्ने भएकाले केही बेडसंख्या तलमाथि भएको छ । हामीले प्रयोग गर्नुपरेका कारणले बेड संख्या घटेको छ ।

भोलिका दिनमा पक्कै पनि खजुरा स्थित कोरोना विशेष अस्पतालका विकल्प खोज्नु पर्छ । थप संक्रमित बिरामीहरु आए भने कहाँ राख्ने भनेर कमिटिमा राखेर आज नंै निक्र्यौल गर्छौ होला । अस्पतालमा बिरामी राख्दैमा, वरिवरि नकारात्मक फैलने जोखिम छ र ?
अहिलेसम्म एक जना पछि संक्रमित नदेखिएको ठाउँमा एक्कासी १६ संक्रमित पुष्टि हुनुले जनमानसमा भय, त्रास आउनु स्वभाविक हो । यहाँ मात्रै हो संसारमै भय, त्रास आएको छ । त्यसलाई असामान्य रुपमा लिंदैनौं । तर, बुझ्नुपर्ने के हो भने एउटा अस्पतालमा बिरामी राखेर उपचार गर्दा त्यो संक्रमण समुदायमा फैलदैन । बिस्तारै, बिस्तारै हामीले सम्झाइ रहेका छौं । लकडाउनको पालना गर्नुपर्यो । सरसफाईका कुरामा ध्यान दिनु पर्यो । अस्पताल बिरामी राख्दैमा वरपर संक्रमण फैलिंदैन । हाम्रो स्वास्थ्यको टिम त्यहाँ रहेको हुन्छ । आत्तिनु पर्दैन संयम हुनुपर्यो । क्लोज कन्ट्याक्ट नभएसम्म फैलिंदैन ।

सचेतना पुगेन कि ?
पक्कै पनि । तीन, चार महिना नै भैसक्यो कोरोनाको चर्चा हुन थालेको छ । यो हिसाबले धेरै सत्य र फेक न्यूज पनि आउँछ सोसल मिडियामा । सत्यतथ्य बुझ्नु पर्छ, पढ्नु पर्छ । एउटा अस्पतालमा राखेको बिरामीले समुदायमा सर्छ भन्ने छै न, कही पनि पुष्टि भएको छैन । त्यसबारे सरोकारवाला निकायले जनचेतना फैलाउनु पर्छ ।

८० प्रतिशत बिरामी आफै ठिक हुन्छ । सिटामोलको भरमा पनि बिरामी ठिक भएको संसारभरको डाटाले देखाउँछ ।

आइसोलेसन र क्वारेन्टाइनमा गरिने चासो के हो
नेपालको सन्दर्भमा आइसोलेसनमा रहेका बिरामीहरुलाई केयर गर्ने हो । क्वारेन्टाइनमा स्थानीय निकाय र सरोकारवालाले जिम्मा लिइरहेको अवस्था हो । क्वारेन्टाइनको कुरा गर्दा बस्ने, सुत्ने र सरसफाई राम्रो हुनुपर्यो । स्वस्थ खाना र सफा पानी हुनुपर्यो ।
कोरोनाको उपचार नभएकाले आइसोलेसन अस्पतालमा उनीहरुको लक्षणको उपचार गर्ने हो । जस्तो स्वासप्रश्वासमा गाह्रो भए अक्सिजन दिने, भेन्टिलेटरमा राख्ने हो ।

हिजो परीक्षणको रिजल्टलाई लिएर विभिन्न डाटा आए, फ्याक्ट पत्ता लागेपछि सूचना दिने कुरामा भेरी किन पछाडि ?
हामी पछाडि भएको होइन । ती समाचार कसरी आए थाहा छैन । जति पनि संक्रमण हुन्छ त्यो बाहिर मिडियामा ल्याउने एकद्वार प्रणाली रहेको छ । संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खबर गर्छौ । उहाँहरुले वेभ साइट मार्फत सूचना जारी गर्नुहुन्छ । त्यो भन्दा पहिला हामीले पनि केही बोलिसकेका हुँदैनौं । त्यसैले आधिकारिक निकायले दिएको सूचनालाई आधार मानेर समाचार सम्प्रेषण गर्नुपर्छ ।

कोरोना परीक्षण गर्ने स्वास्थ्यकर्मी कसरी बसिरहनु भएको छ ?
पछिल्लो समय कोरोना संक्रमण पहिचान र निदानमा जतिपनि स्वास्थ्यकर्मीहरु खटिनु भएको छ, उच्च मनोबल र निडर भएर अगाडि बढिरहनु भएको अवस्था छ । पछिल्लो समय व्यक्तिगत सुरक्षाका सामाग्रीहरु आइसकेको छ । कसैले काम गर्दिन भनेको अवस्था छैन । जस्तो ल्याबमा काम गर्ने, स्वाब परीक्षण गर्ने जतिपनि मानिस हुनुहुन्छ, उहाँहरु घरमा जाने कुरा भएन, उहाँहरुलाई छुट्टै खाने, बस्ने होटलको व्यवस्था गरेका छौं । खजुरा अस्पतालमा काम गर्ने, जुन प्रत्यक्ष बिरामीकै कन्ट्याक्टमा आउनुहुन्छ उहाँहरु चाहिं छुट्टैे अस्पतालमा बस्नुहुन्छ । त्यसबाहेक म लगायत अस्पतालको टिम जुन प्रत्यक्ष बिरामीको सम्पर्कमा आउँदैनौं आफ्नो घरमा आएर बसेका छौं, काम पर्दा जाने गरेका छौं ।

अस्पतालको नेतृत्वका रुपमा यो क्षेत्रका आम जनमानसमा के अपील गर्नुहुन्छ ?
अस्पतालको तर्फबाट हामीले गर्ने कुरामा हामी कुनै कमी कमजोरी राख्दैनौं । हामी जति गर्न सक्छौं, गर्छौ, शतप्रतिशत दिन्छौं । बाँकीजति पनि मानिसहरु हुनुहुन्छ, उहाँहरुले बुझ्नुपर्छ संसार नै लकडाउनको अवस्थामा छ, हामी पनि लडकडाउनमा बस्नुपर्छ । त्यसो गरेनौं भने कोरोना फैलाउने माध्यम बन्न सक्छौं । सकभर घर बाहिर ननिस्कने गर्नुपर्यो । सरसफाई र हात धुने कार्य गर्नुपर्यो, हाछ्यु गर्दा नाक छोप्ने, माक्स लगाउने, जसले जोखिम कम गर्छ । तर, डराउने त्रसित हुनुहुँदैन । चिन्ताले झन् कमजोर बनाउन सक्छ ।

कोभिडको उपचार छैन, उपचार गरेर घर फर्किएका व्यक्तिका समाचार आउँछन् ? हामी लक्षण प्रसारित गर्दैछौं तर विना लक्षणका बिरामी भेटिएका छन्, खासमा के हो ?
कोरोना संक्रमण भनेको नयाँ रोग हो । अहिले सम्म संसारमै एउटा असहज परिस्थितिमा आउने अहिलेसम्म आउने स्थिति थिएन । अहिले कोरोना विश्वका सबै देशमा फैलिसकेको छ । भाइरल इन्फेक्सन भएकाले अहिलेसम्म औषधी निस्केको छैन । जस्तो रुघाखोकी लाग्दा कुनै औषधी नखाएपनि एउटा समयमा ठिक हुन्छ, वा साधारण औषधीको प्रयोग हुन्छ । यो भाइरल इन्फेक्सन भएकाले केही समयपछि आफै ठिक हुने रोग हो ।

८० प्रतिशत बिरामी आफै ठिक हुन्छ । सिटामोलको भरमा पनि बिरामी ठिक भएको संसारभरको डाटाले देखाउँछ । र, जुन मान्छेमा कम्प्लिकेसन डेभलप हुन्छ, स्वासप्रश्वासको समस्या हुन्छ, उनीहरुलाई चाही अलिकति क्रिटिकल केयर दिनुपर्ने हुन्छ । अहिलेसम्म यो रोगका लागि यो नै औषधी हो भनेर पुष्टि भैसकेको अवस्था छैन । त्यो भएको कारणले नेपालको सन्दर्भमा भन्दा जतिपनि बिरामी अस्पतालमा भर्ना भएर सञ्चो भएर जानु भएको छ, धेरै जनालाई औषधीको आवश्यकता परेको छैन । एउटा समयपछि त्यो भाइरसको संक्रमण आफै ठिक भएर जान्छ । संक्रमण ठिक भएपछि पनि फेरि अस्पताल भर्ना भएको कुरा के हो भने यही हो नै हो भन्ने पुष्टि भैसकेको छैन । कहिलकाही थोरै मात्रामा रहेको भाइरस रि एक्टिभेट भएर संक्रमण देखिने वैज्ञानिक आधार त भेटिएको छैन । एक दुई केस कुनै कुनै ठाउँमा देखिएको छै न ।
स्याम्पल आएसम्म अहिलेको हाम्रो म्यानपावरले भ्याएसम्म विहान ६ बजेदेखि बेलुकी १२ बजेसम्म खटिइरहनु भएको छ । अहिले दैनिक सय जना जतिको टेष्ट गर्न सक्ने अवस्था रहेको छ । अब बाँकी क्यामिलको कुरा, किटका कुराहरु अहिले पनि हामीसँग एउटा संख्यामा रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया