कोरोना कहर

कोरोना भाइरसको महामारीले विश्व भरी हुनसक्ने अर्थतन्त्रको चपेटामा पर्न सक्ने चुनौति हाम्रो लागि ठुलो चुनौतिको विषय रहेको छ । हाम्रो अर्थतन्त्रलाई बलियो गराउने हामिमा न कुनै योजना छ न त कुनै बलियो पुँजि भित्राउन सक्ने परियोजनाहरु यस्तो अवस्थामा कोरोनासंग लड्न, यसबीचमा एकातिर दैनिक रुपमा कमाइ खाने गरेका गरिब निमुखालाई सरकारले राहत स्वरुप लाखौं करोडौ रकम खर्च गरिरहेको छ भने संक्रमण भएका र क्वारेनटाइन र स्वास्थ्य सामाग्री वापतपनि सरकारले करोडौ रकम खर्चीरहेको छ । यस अवस्थामा राष्ट्रको ढुकुटि विस्तारै सकिदै आइरहेको छ ।


यस्तो अवस्थामा देशका जनता भोकमरिबाट जोगाउनु र राष्ट्रका न्यूनतम पूर्वाधारहरु पुरा गर्नु सरकारको दायित्व भित्र पर्दछ । हाम्रो देश अहिलेको अवस्थामा कृषिमा सक्षम पनि छैन बर्षेनि करोडौ अरबौं रुपैया देश खाद्यान्न खरिदका लागि खर्च गरिरहेको छ । अव त्यो खर्च गर्न सक्ने क्षमतामा हस आउने पक्का पक्की प्राय छ । तसर्थ भोकमरिबाट बच्न कृषि क्रान्ति अति आवश्यक छ । कृषि क्रान्ति सफल भयो भने औद्योगिक क्रान्ति आफै चलायमान र सक्षम हुन्छ जसको उदाहरण बेलायत छ जसले चर्चित औद्योगिक क्रान्ति गर्नु भन्दा पहिले कृषि क्रान्ति गरेको थियो जसबाट औद्योगिक क्रान्ति गर्न सफल भएको मानिन्छ ।


देशका जनतालाई गासबासकपास मुख्य कुरा आवश्यकता पर्दछ अझै भन्ने हो भने गास बास कपासलाई क्रमबद्ध रुपमा राख्दा गास पहिलो प्राथमितता बास दोश्रो र कपास तेश्रो आवश्यकता भित्र पर्दछन् । विदेशदेखि पनि रेमिटान्स भित्रिने प्रतिशतको कमि भइरहेको छ । देश वाहिर रहेका युवाहरु पनि विस्तारै देश तिर फर्कने अवस्था आउने देखिन्छ । जिडिपीको आंशिक मापन अनुसार कृषिमा २६५ पश्तिशत असर पर्ने देखााएको छ । जिडिपिमा सवैभन्दा बढी योगदान गर्नै कृषि तथा बन, थोक तथा खद्यान्न व्यापार, निर्माण, यातायात, आदि नै हुन त्यसमा पनि सवै भन्दा योगदान गर्ने नेपालको परिपेक्षमा कृषि नै हो ।


एकातिर हाम्रा गाउँ घरमा जग्गा जमिन बाझौ हुदै गइरहेको छ । देशका युवा हरु शहर पलायन विदेश पलायन दिन प्रति दिन हुदै गइरहको छन किन ? आखिर किन त ? किन युवाहरु श्रम गरि आफनो जग्गा जमिनमा सुन फलाउने सपना देख्न चाहन्नन किन उनिहरु गाउ बस्न चाहन्नन किन उनिहरुको ध्यान शहर तर्फ छ ? उनीहरु किन हिलो माटोमा भिज्न चाहन्नन यो आजको सोचनिय विषय हो । अहिलेको पुस्ता के सोच्दछ, उनीहरुलाई हामीले कस्तो शिक्षा कस्तो नैतिकता कस्तो सामाजिक परम्पराको ज्ञान गराएका छौ यो सोच्नु अति आवश्यक छ ।


यस्तो भोलिका दिनमा हुने आर्थिक संकट, भोकमरि आदि इत्यादिबाट पार लगाउन सरकारले जनताका लागि कृषि क्रान्ती गर्न उचित योजना सहितको कार्यक्रम ल्याउन अति जरुरी छ । सरकारले पैसा खन्यायर कार्यक्रम ल्याएर विभिन्न खर्च गरि कर्मचारी खटाएर पनि एक्लैले सफल हुन चुनौतिका वावजुत सम्भव छैन र त्यो योजनालाई नङ र मासुको भुमिकाका साथ दिने एकमात्र बाटो हो सहकरी । सहकारी संस्था, संघहरुलाई साथ लिई विभिन्न कार्यक्रम गर्दै किसानका घर घर, हरेक बाझो जग्गाको काल्ना काल्ना, हरेक उत्पादनको बीचमा जाने हो भने कृषि क्रान्ति सम्भव पनि छ र सरल पनि छ ।


आजको युवा पुस्ता खेतमा गएर हाम्रा वाउ वाजेको जस्तो हलो, कुटो कोदालो आदिले गर्ने खेति किसानी प्रति कत्ति पनि आर्कषित छैन, सरकारले समय अनुसारको कृषि सामाग्री, यन्त्र, विउ विजन मल पानि आदीको व्यवस्थापनिका लागि सहकारी संग सहकार्य गर्नै हो भने यो क्रान्ति सफल हुने पक्का प्राय छ । हामीसंग खेतियोग्य जमिन प्रशस्त छ तर प्रविधिमा हामी धेरै पछाडी छौ यदि त्यहि खेति योग्य जमिनमा प्रविधिमात्र राख्ने हो भने उत्पादन दोव्बर हुने निश्चित प्रायः छ ।


हामी जोडतोडसंग उत्पादन हुने कुरा सिकाउँछौं आप्ठ्यारो विषय भनेको के भने उत्पादन ठुलो कुरा हैन प्रशोधन र बजारिकरण मुख्य पाटो हो उत्पादन प्रशस्त गर्दछन् तर त्यसको बजारिकरण छैन भने उत्पादन खेतमै सडेर जान्छ र यसका उदाहरण प्रशस्त विगतका दिनहरुमा देखिएको हो ।


सहकारीहरु हरेक व्यक्तिसंग जोडिएको हुन्छ । उनीहरुको आय व्यय, व्यवसाय आदि इत्यादिमा अहम भुमिका खेलेको हुन्छ । कहाँ कस्तो उत्पादन हुन्छ । कुन किसानको उत्पादन अवस्था कस्तो छ आदि देखि लिएर सवै कुरामा सहकराीको प्रत्यक्ष संलग्नता रहेको हुन्छ । यस्तो अवस्थामा सहकारीले ठुलो भुमिका खेल्न सक्दछ ।


आजभोलि फुटकर कृषिको काम छैन, सामुहिगत रुपमा गरेको कृषि सफल भएका छ र हुन्छ पनि एक गाउँ, एक उत्पादन, एक क्षेत्र एक उत्पादन आदि जस्ता योजनाले सरल सफल र गुणस्तरिय उत्पादन हुने देखिन्छ । देशका कृषि विज्ञलाइ उक्त गाउ क्षत्रमा प्रत्यक्ष भुमिका रहने गरि काम लगाउन सकियो भने सुनमा सुगन्ध रहने देखिन्छ ।


विभिन्न समूह किसान सहकारीमा आवद्ध हुन्छन् सहकारीले उनीहरुलाई आवश्यक पर्ने मल विउ किटनासकदेखि आर्थिक जोहो गर्नेै गरेको छ यी सवैलाई मिलाई केहिले उत्पादन गर्ने केहिले प्रशोधनको मात्र काम गर्ने र केहिले बजारिकरणको काम मात्र गर्नु पर्ने हुन्छ । सवै काम एउटैले गर्न खोज्दा कृषि व्यवसाय धरापमा पर्न सक्छ । यो सवै गर्नकाालगि सरकारले सहकारी मार्फत सरल किसिमको कृषि नेटवोर्क संजाल बनाउन पर्ने देखिन्छ । जुम्लामा स्याउ उत्पादन हुन्छ त्यसको बजार भनेको काठमाण्डौ, बुटवल, नेपालगन्ज, सुर्खेत हो न कि जुम्ला नै यसैगरि नोपालगन्जमा उत्पादन हुने कुखुरा, धान, तोरी, फालफुल आदि जुन क्षेत्रमा यसको उत्पादन हँुदैन त्यो क्षेत्रमा बजार व्यवस्थापन गर्नु पर्ने हुन्छ र सहकारी देशभरि पहिलेदेखि नेटवर्क जस्तो गरि फैलिएको छ जसलाई सहि तरिकाले उपयोग गर्नु मात्र पर्ने छ ।


देशको कृषि तन्त्रमा कुनै अफ्ठेरो नपरोस् भन्नाका लागि सरकारले व्यवस्थापन र सहजिकरण गर्न अति जरुरी छ सहकारी पनि जनता प्रति उत्तरदायी रहन्छन् विदेशबाट फर्केर आउने युवाहरुलाई आधुनिकरण कृषि प्रणालीवाट स्वरोजगार गर्ने, सरकारले वर्षेनि कृषि तालिमका लागि इजरायल पठाएर फर्केका हजारौ कृषि जानकारहरुलाई सहि तरिकाले प्रयोग गरी आधुनिक तरिकाले कृषि प्रणालीको मा एक किसिमले क्रान्ति नै ल्याउन सकिन्छ । विदेशबाट एक से एक काम सिकेर आएका विज्ञ तथा जनशक्ति हामिसंग प्रशस्त छ तर त्यसलाई अवसर दिने काम, भरपुर उपयोग गर्न सकेका छैनौ त्यो शक्तिलाई उपयोग गर्ने हो भने अवसर नै अवसर हाम्रा आँगनमै छन् ।


हाम्रो घरघरमा आम्दानीको प्रशस्त श्रोत छ र पनि हामि खाडि मुलुक, भारत र शहर तिर आकर्षित भएका छौ एसका दुइवटा कारण हुन सक्छ एक दुख कम गर्नै र आम्दानी गर्नै अर्को कृषि प्रति सरकारको अनुदारिता पनि हुन सक्छ ।


इजरायलको कृषि प्रणाली र प्रविधि प्रयोगको संसार भरि चर्चा छ । १९५० देखि हरित क्रान्ति पश्चात इजराइलले आजसम्म भोकमरी दुख र आर्थिक मन्दीलाई पछाडि फर्केर हेरेको छैन त्यसैले उनीहरु रेगिस्तानमा माछा पालन गर्छन भने २.५ प्रतिशत मात्र खेतीयोग्य जमिन हुनुको वावजुत ९५ प्रतिशत आवश्यकताको पूर्ति कृषिवाट नै सम्भव गरेका छन् ।


हिमाल पहाड तराइ जहाँ पनि कृषि को प्रचुर अवसरहरु छन समय, स्थान अनुसारको उत्पादन र त्यसको केन्द्रित बजारिकरणको पाटो । गाउँघरमा जंगलमा उत्पादन हुने खालका फलफुल छन तिनिहरुलाइ गाउमा घरमा खान सके जति खाने वाँकी गाईगोरुलाई खुवाउने वाहेक कुनै विकल्प हामि संग छैन बर्षैनि स्याउ, आँप, अनार, नासपति सुन्तला, लिचि, किमु, टमाटर आदिको जुस, रक्सी, वाइन तथा सुकुटी विदेश वाट करोडौ रुपैयाँ खर्चेर खरिद गर्न परेको छ । देश विकास गर्न सकिने पैसा विदेश पलाएन भएको छ । त्यो करोडौ रुपैयाँ रोक्न हामीले आफनो प्रसोधन केन्द्र र बजारिकरणको उचित व्यवस्था हुन आजको आवश्यक छ ।


हामि बजारमा जान्छौं कृषि उत्पादन सवै जसो विदेशबाट आउने गर्छै हँुदाहँुदा गुन्दुक समेत हामि चाइनावाट ल्याउने गरि अल्छि भएका छौं । गुन्दुक जस्तो सरल र सहज बस्तुलाई हामीले आधिुनिकरण गर्न सकेनौ , चामल , दाल, जुस, जाम , बटर , दुध , मासु आदि सवै विदेशवाट किन त ? के हामि उत्पादन गर्न सक्दैनौ ? उत्पादन त प्रसस्त हुन्छ तर प्रविधिको कमिले गर्दा सवै उत्पादित बस्तु खेर आज गइरहेको छ ।

सहकारीहरु व्यापारि जस्तो अत्यधिक नाफामुलक हुदैनन र किसानहरु आफै सहकारमिा प्रत्यक्ष संलग्न हुने हुँदा कुन उत्पादनको मुल्य कति राख्ने भन्ने कुरामा उनिहरु स्वतन्त्र हुन्छन जसले गर्दा सहकारीको व्यवसाय फस्टाउने देखिन्छ । र उपभोक्ताले पनि सस्तो मुल्यमा गुणस्तरीय बस्तु प्राप्त गर्न सक्दछन् ।


कसरी गर्ने त कृषि क्रान्ति ?
क. सरकारले अनुदान दिनै पर्ने विषयमा मात्र अन्यथा किसानलाइ सुलभ व्याज र सरल कर्जा सहजै उपलव्ध गराउने ।
ख. सामुहिकरुपमा उत्पादनमा जोड दिने कृषि शिक्षाा लाइ व्यवहारिक र महत्वपूर्णता दिई लागु गर्ने ।
ग. एक गाउँ एक उत्पादनमा जोड दिने ।
घ. व्यावसायिक तवरले उत्पादन, प्रशोधन र बजारिकरणको योजना बनाइ लागु गर्ने ।
ङ. साना साना किसानलाई प्रशिक्षण दिइ सामुहिक रुपमा व्यवसायिक उत्पादनमा जोड दिने, जग्गा जमिन नाभएका लागि सामुदायिक बन, खालि सरकारी जग्गा, मन्दिर, मठ आदिको खालि जग्गालाई सहकारी मार्फत उपलव्ध गराइ उत्पादनमा सहभागी गराउने ।
च. हरेक उत्पादनको पाएक पर्ने क्षेत्र निर्धारण गरि प्रसोधन केन्द्र स्थापना गर्ने र कृषि एस्प्रो सेन्टर खोलि किसानलाई आवद्ध गराउन सकिन्छ ।
छ. किसानलाइ आधुनिक बनाउन विउ, मल, जल, मेशिनिरी , यन्त्र , औजार र प्रविधि भित्र्याउने ।
ज. कृषि विज्ञहरुलाई किसानका माझ जान प्रेरित गर्नै विषयगत विज्ञलाइ सम्बन्धित उत्पादनमा लगाउने ।
झ. उत्पादनको समयमै बजारिकणको लागि देशभरी छरिएर रहेका सहकारीलाई आवश्यक रुपले परिचालन गर्ने
ञ. किसानलाई विद्युत सस्तोमा उपलव्ध गराउनु पर्छ । कोल्डस्टेरदेखि लिएर पानि सिंचाइ र आधुनिक यन्त्रका लागि विद्युत अति आवश्यक छ र विमा लाइ सरल सहज पहुँच र सार्थक बनाउने ।


माथिका सवैकाम सरकारले आफै मात्र गर्न सक्दैन गर्दा प्रभावकारी नहुन सक्छ । सवै काम सहकारीहरु संग समन्वय गरि उनिहरुलाईनै अघि सारि हरेक किसान हरुका खालि जगगा हराभरा बनाउन सकिन्छ । खालि बासेका युवा शक्तिको स्वरोजगार बढेर जान्छ आम्दानीको श्रोत बडेर जाँदा सवै जनता खुसि सवै सुखि हुन कसैले रोक्न सक्दैन । (चन्द जयपृथ्वी कृषि सहकारी संस्था लि. नेपालगन्जका अध्यक्ष हुन्)

प्रतिक्रिया

प्रतिक्रिया