नेपालगन्ज : कोरोना संक्रमित भेटिएको क्षेत्रमा स्वाब संकलन

कोरोना भाइरसको संक्रमणबाट जोगाउन लकडाउन गरिएको ३८ औं दिन नेपालगन्जमा संक्रमण देखिएपछि उक्त क्षेत्रलाई शिल गरिएको छ ।


नेपालगन्ज ८ स्थित जोलाहनपुरवास्थित अन्सारी मस्जिदका मोअज्जीन (नमाज पठाउने व्यक्ति) मा संक्रमण पुष्टि भएको हो । पोजेटिभ रिपोर्ट आएपछि उनलाई खजुरा स्थित आइसोलेसन अस्पतालमा भर्ना गरिएको छ । ६० बर्षका उनी एक महिनाअघि महेन्द्र बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनबाट भिडभाडमा निस्किएका थिए ।


आज शनिबार महेन्द्रपार्क क्षेत्रमा अन्य व्यक्तिको स्वाब संकलन गरिंदैछ ।

प्रतिक्रिया

प्रतिक्रिया