औषधी बाँकेका अधिकांश औषधी पसलहरु बिक्रि बितरण गर्न अनुमति पाएका फर्माशिष्ट वा तालिम प्राप्त ब्यवशायी बिनै संचालन भएको पाईएको छ । साना मेडिकल हुन वा थोक औषधीे बिक्रि सप्लायर्स सबैमा अनुमति पाएका फर्माशिष्ट वा तालिम प्राप्त ब्यवशायीले मात्र औषधी बिक्रि बितरण गर्न पाउने नियम भए पनि अधिकांशले यो नियम पालना गरेको पाईदैन ।
नियम मिचेर प्राय जसो पसलले औषधी पसलले औषधी बिक्रि बितरण गरे पनि ब्यवशायीको उपस्थितिमा मात्र औषधी बिक्रि गर्ने आदेश दिने बाहेक ति औषधी पसलेलाई कुनै कारवाही हुन सकेको छैन । नेपालगंजमा सोमबार गरिएको औषधी सप्लायर्सहरुको अनुगमनको क्रममा ब्यवशायीको अनुपस्थितिमा औषधी बिक्रि बितरण गरेको पाईएको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य बसन्त गौतमले जानकारी दिए । नेपालगजको बिपि चोक स्थित अनुप फार्मास्यूटिकल्स, त्रिशक्ति फार्मा स्यूटिकल्सले पनि औषधी बिक्रि गर्ने आधिकारीक ब्यवशायीको अनुपस्थितिमा औषधी बिक्रि बितरण गरेको पाईएको औषधी ब्यवस्था बिभाग नेपालगंजका फार्मेसी सुपरभाईजर लोकेश गिरिले बताए । औषधी बिक्रि बितरण गर्ने भनी प्रमाणपत्रमा नाम भएका ब्यक्ति जिल्ला बाहिरका समेत देखिएको गिरिले जानकारी दिए ।
मानव स्वास्थ्यसंग जोडिएको औषधी जस्तो संवेदनसिल बस्तु बिक्रि बितरण गर्न अनुमति पाएका फर्माशिष्ट वा तालिम प्राप्त ब्यवशायी हुनु पर्ने ब्यवस्थालाई कडाई गरिनु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य बसन्त गौतमले बताए । उनले अधिकांश औषधी पसलका धनीले कागजमा मिलाउनका लागी मात्र प्रमाणपत्रमा ब्यवशायीको नाम देखाउने गरेको जानकारी दिए । यतिसम्म देखियोकी फुल टाईम सरकारी जागिर खाएका ब्यक्तिहरुको नाम समेत राखि उनीहरुको उपस्थिति बिनै औषधी खरिद बिक्रिको कारोवार भैरहे पनि उनीहरु उपर कुनै कारवाही नभएको गौतमले बताए । औषधीमा कालो बजारी र चरम अनियमितता भए पनि नियमनकारी निकायको आवश्यक ध्यान जान नसक्दा उपभोक्ता ठगिनु परेको गौतमले भने ।
पछिल्लो समय औषधी पसल र सप्लायर्सहरुमा अनुगमन तिव्र पारिएसंगै नेपालगंज स्थित कमला, हिल्स मेडि सप्लायर्स, लाईफ केयर सर्जिकल बढी मुनाफा लिई उपभोक्ता ठगि गरेको आरोपमा जरिवाना गरिएको छ । कालो बजारी गरेको आरोपमा, हिल्स मेडि सप्लायर्स, लाईफ केयर सर्जिकललाई गत हप्ता मात्रै २ लाख जरिवाना गरिएका बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्याल जानकारी दिए । जरिवाना गरिएकाले जरिवाना रकम तिरीसकेको पौड्यालले बताए ।
अनुगमनमा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्याल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गोतम, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतम, औषधी ब्यवस्था बिभागका लोकेश गिरि,नेपालगंज उपमहानगरपालिका स्वास्थ्य शाखाका गणेश कार्की लगायतको सहभागिता रहेको थियो ।