सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म रहने छ ।
सरकारले जाेखीम कम नभएकाे मूल्यांकन गदैर् लकडाउन अवधी बढाएकाे एक मन्त्रीले सञ्चारमाध्यमलाइ बताएका छन् ।
थप दुईमा सङ्क्रमण, ५१ पुगे सङ्क्रमित
कोरोना भाइरसको सङ्क्रमण थप दुईजनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । ती दुवैजना अहिले आइसोलेशनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।