नेपाल–भारत सीमा, बाँकेको जमुनाहको दशगजामा तीन सातादेखि क्वारेन्टाइनमा बसेकाहरुलाई शुक्रबार घर पठाइएको छ ।
स्थानीय तहले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा क्वारेन्टाइनमा रहेकाहरुलाई घर पठाएको हो । क्वारेन्टाइनमा १ सय ८१ जना बसिरहेका थिए । कोरोना परीक्षण पछि पनि क्वारेन्टाइनमा बस्न बाध्य बनाएको भन्दै उनीहरु आक्रोशित थिए ।