स्थानीय तह

गाउँपालिका अहिले मुख्य फोकस भन्ने कोभिडको जोखिम न्यूनीकरण नै हो । त्यसबाहेक स–साना विकासका काम जुन टेण्डर भैसकेका छन्, भीडभाड नगरी काम अगाडि बढाएका छौं । प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिएर एउटा मात्र मेसिनको प्रयोग गरी सतर्कतापूर्वक साना विकासका काम अगाडि बढाउन थालेका हौं । मानिसहरु के हुने हो भन्नेमा त्रस्त छन् । तर, किसानले गहुँबाली भित्र्याउने बेला हो । त्यसैले गहुँ काट्न जाँदा बढीमा ३/४ जाने नीति बनायौं । अन्न भित्र्याउन त पर्यो, त्यसैले यो नीति सफल नै भएको छ, कार्यान्वयन भएको छ । गहुँ, चना, मसुरो भित्रिएको छ, होसियारीपूर्वक ।

अहिलेको अवस्थामा कसरी चलिरहेको गाउँपालिका ?


नेपाल लगायत विश्वभरी नै कोभिड १९ ले त्रस्त बनाएको विधितै छ । हामी पनि स्थानीय सरकार भएको नाताले जानकी गाउँपालिकाले विशेष गरेर छिमेकी मुलुक भारतबाट नेपाल फर्केका स्थानीयबासीहरुलाई राख्न दुई वटा क्वारेन्टाइन बनाएको छ । एउटा वडा नं. १ को जोगागाउँ र अर्को वडा नं. ३ को स्कुलमा क्वारेन्टाइन बनाइएको छ । क्वारेन्टाइनमा हाम्रा स्वास्थ्यकर्मी साथीहरु अहोरात्र खटिनु भएको छ । अहिले सबै आफ्नो अवधी सक्नुभएको छ । दुई हप्ता क्वारेन्टाइनमा बसेपछि उहाँहरुको रिपोर्ट नेगेटिभ देखिएपछि हामीले घर पठाइसकेका छौं । भारतबाट ३ जना आउनु भएको फेला परेपछि उहाँहरुलाई मानपुरको क्वारेन्टाइनमा राखेका छौं ।

खुला सीमाना छ, कसरी नियमन गरिरहनु भएको छ ?


हाम्रो गाउँपालिकाको वडा नं. १ साइगाउँ हो, त्यो भारतीय सीमा सँग जोडिएको वडा हो । सशस्त्र प्रहरी बल सीमामा रहेको छ । सशस्त्रले संघीय सरकारको निर्देशन बमोजिम आवतजावत पूर्ण रोक लगाएको छ । जनप्रतिनिधि, कर्मचारीले पनि निगरानी गरिहेका छौं ।

राहतमा कसरी काम भैरहेको छ ?


हाम्रो गाउँपालिकामा अति विपन्न, मजदुरलाई मध्यनजर राहत वितरण सुरु गरिसकेका छौं । आजमात्रै वडा नम्बर २ र ३ मा राहत वितरण भइरहेको छ । राहत वडामार्फत वितरण गरिने भएकाले वडामा राहत सामाग्री पठाएर त्यहीबाट वितरण भैरहेको छ । हाम्रो गाउँपालिकामा सबै वडामा गरेर ३ हजार १२ लाई राहत वितरण गर्ने कार्यक्रम रहेको छ । सकभर विवाद कम भन्दा कम होस् र अतिआवश्यकलाई मात्र राहत पुगोस् भनेरै ढिला भएको हो, सहि ढंगले राहत वितरण भइरहेको छ ।

यतिबेला स्वास्थ्य बाहेकका समस्या के छ ?


मुख्य समस्या त कोभिड नै हो । त्यसबाहेक जनताको जनजीविका एकदमै कष्टकर रहेको अवस्थामा छ । विकास निर्माण ठप्प रहेको अवस्था छ । लकडाउनमा घरबाट बाहिर ननिस्कनु भन्ने अवस्थामा पनि जनप्रतिनिधि र कर्मचारी जनताको सेवामा लागेका छौं ।
जटिलता छ, जनजीवन कष्टकर छ । तैपनि जनताको जनजीवन सामान्य पार्ने तर्फ हामी लागिरहेका छौं ।


गाउँपालिका अहिले मुख्य फोकस भन्ने कोभिडको जोखिम न्यूनीकरण नै हो । त्यसबाहेक स–साना विकासका काम जुन टेण्डर भैसकेका छन्, भीडभाड नगरी काम अगाडि बढाएका छौं । प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिएर एउटा मात्र मेसिनको प्रयोग गरी सतर्कतापूर्वक साना विकासका काम अगाडि बढाउन थालेका हौं । अहिले खासगरी माटो पाट्ने काम गरेका छौं । खासगरि, पालिकाभित्रैबाट हुने काममा मानिसको जमघट नगरेर मेसिनबाट हुने काममा प्राथमिकता दिएका छौं ।
पञ्जीकरण र सिफारिसको काम पनि रोकिएको छैन । निरन्तर गरिरहेको छ ।

जनप्रतिनिधिसँगको समन्वय कत्तिको प्रभावकारी छ ?


जनप्रतिनिधिलाई धेरै प्रेसर छ, उहाँहरु निरन्तर लागि रहनु भएको छ । बाँकेका ८ वटै स्थानीय तहमध्ये जानकीमै राहत ढिलाई हुँदा उहाँहरु आत्तिनु समेत भयो । तर, पनि एउटा कुरामा सचेत के छौं, भने अधिकांस ठाउँमा पाउनु पर्नेले पाएन र नपाउने पायो भन्ने धेरै गुनासो सुनियो, असामान्य स्थिति सिर्जना भएको पनि हामीले थाहा पाएका छौं , त्यसैले यस्तो समस्या नहोस् भनेर पूर्ण सचेतनाका साथ हामीले राहतका काम अघि बढायौं । जनप्रतिनिधि पनि त्यही कुरामा अहोरात्र खटिनु भएको छ । भोलि हुनखानेको हातमा राहत गयो भने पाउनु पर्ने व्यक्तिमाथि अन्याय हुन्छ । अन्याय हुँदा जनप्रतिनिधिमाथि अपजस आइलाग्छ, त्यसैले उहाँहरु वास्तविक विपन्नले मात्रै राहत पाउनु पर्छ भनेर सचेत हुनुहुन्छ ।

समग्र जानकीको स्वास्थ्य क्षेत्रको स्थिति कस्तो छ ?


हामीले दुई वटा क्वारेन्टाइन बनायौं । सबै स्वास्थ्य चौकीमा औषधी अभाव नहोस् भनेर पर्याप्त औषधी राखेका छौं । र, अब स्वास्थ्यका विषयमा गाउँपालिका भित्र रहेका स्वास्थ्य केन्द्रहरुमा नियमित रुपमा बर्थिङ सेन्टर पनि सञ्चालनमा आएका छन् । हिजो सामान्य अवस्थामा जसरी नै सेवा प्रदान गरिरहेका छौं । स्वास्थ्यकर्मीलाई बिदा दिइएको छैन । गाउँपालिकाका कर्मचारी पनि बिदामा हुनुहुन्न । स्वास्थ्य लगायतका काम हिजोकै दिन जस्तो अगाडि बढाएका छौं ।

लकडाउनको पालना गरिरहेका नागरिकलाई आउने समस्या समाधानका लागि पूर्व तयारी केही छ ?


हामीले सबै वडाहरुमा सचेतना गरिरहेका छौं । कोभिड बाट बच्ने विकल्प नै घरमै बस्ने, भिडभाड नगर्ने, सरसफाईमा ध्यान दिनु हो । त्यसबारे हामीले सचेतना बनाइरहेका छौं ।
हाम्रो गाउँपालिकामा मधेसी, मुस्लिम बढी हुनुहुन्छ । कताकता भाषिक कठिनाई हुन्छ कर्मचारीलाई । जनप्रतिनिधिले भाषागत समस्या छैन । हामीले उहाँहरुले बुझ्ने भाषामा कोभिडको सचेतना गराएका छौं । जस्तो खुला दिशामुक्त घोषणा गरियो, घरघरमा शौचालय पनि बनेको छ तर प्रयोग गरेको पाइँदैन । यस्तै खालका चुनौति गाउँपालिकामा रहेको छ । हामीले मौखिक रुपले नै अटेरी गर्नेलाई पालिकाले सेवा, सुविधा रोक्छ भन्ने समेतको बताएर सम्झाउने गरेका छौं । मानिस आफै सचेत नभएसम्म अरुले भनेको भरमा मात्रै हुँदो रहेनछ । त्यसकारण सर्वप्रथम सचेतना नै ठूलो कुरा हो भनेर फोकस गरेका छौं ।

राजनीतिकर्मी, जनप्रतिनिधि कर्मचारीको लकडाउनको अवस्था कस्तो छ पालिकामा ?


लकडाउन त लकडाउनमै छौं । तर, पनि दुरी कायम गरेर कार्यालय गएर काम गर्ने गरेका छौं । जानकी गाउँपालिकाले राहत वितरणका लागि कार्यविधि बनाएको छ । त्यो कार्यविधिमा सबै राजनीतिक दलका प्रतिनिधि बस्नुपर्ने व्यवस्था गरेका छौं । त्यसैले वडामा राहत वितरणका लागि वडामा वडाध्यक्षको संयोजकत्वमा एउटा समिति बनेको छ, जसमा वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि, वडा सचिव सदस्य सचिव रहने गरी कमिटि समेटिनु भएको छ । राहत वितरण तथा कोभिड विरुद्ध कसरी सचेत रहन सकिन्छ भन्नेमा समितिले काम गरिरहेको छ । राजनीतिक दलहरु पनि लागिरहनु भएको छ । उहाँहरु पनि परिचालित हुनुहुन्छ ।

जानकीमा रहेका ठूला उद्योग कसरी चलिरहेका छन् ?


जानकी औद्योगिक क्षेत्रको गाउँपालिका हो । उद्योग सञ्चालन लकडाउनकै अवस्थामा सञ्चालन छन् । उद्योग भित्रका कर्मचारी भित्रै बसेर काम गर्ने, खाने गरी उद्योग सञ्चालनमा छन् ।

अन्त्यमा

अहिले सबैको ध्यान कोभिडमा नै छ । नेपालमा पनि कोभिड थपिंदैछन् । यसले गति बढ्न सक्ने जोखिम छ । पूर्व र सुदूरमा कोभिड देखिइसकेको छ । मानिसहरु के हुने हो भन्नेमा त्रस्त छन् । तर, किसानले गहुँबाली भित्र्याउने बेला हो । त्यसैले गहुँ काट्न जाँदा बढीमा ३/४ जाने नीति बनायौं । अन्न भित्र्याउन त पर्यो, त्यसैले यो नीति सफल नै भएको छ, कार्यान्वयन भएको छ । गहुँ, चना, मसुरो भित्रिएको छ, होसियारीपूर्वक ।

प्रतिक्रिया

प्रतिक्रिया