बढी मुनाफा लिने लाईफ केयर सर्जिकल २ लाख जरिवाना

उपभोक्ता झुक्याई बढी मुल्यमा इन्फा रेट थर्मा मिटर बिक्रि बितरण गरेको आरोपमा धम्बोजी स्थित लाईफ केयर सर्जिकल नामक औषधी पसललाई दुई लाख रुपिया जरिवाना गरिएको छ । संयक्त बजार अनुगमन टोलीले गरेको अनुगमनका क्रममा कानूनले तोके भन्दा बढी मुनाफा लिई इन्फा रेट थर्मा मिटर (Infrared thermometer) बेचेको पाईए पछि उपभोक्ता संरक्षण ऐन २०७५ को rometer दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकोले सोहि ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको अनुगमन संलग्न उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गोतमले जानकारी दिए ।

६ हजारमा खरिद गरेको इन्फा रेट थर्मा मिटरलाई कालो बजारी गरि १० हजारसम्ममा बिक्रि बितरण गरेको पाईएको गौतमले बताए । अनुगमन टोलीले उक्त सर्जिकल पसललाइ खरिद मुल्यमा अधिकतम बिस प्रतिशत भन्दा बढी मुनाफा नलिन बिक्रि गर्न र औषधी ब्यवस्था बिभागले सिफारिश गरेको मुल्य बढीमा सेनिटाईजर बिक्रि नगर्न आदेश दिएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्यालले बताए ।

अनुगमनमा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्याल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गोतम, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक ह्रदेश सापकोटा, प्रनानी पुर्ण बहादुर वली, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतम, औषधी ब्यवस्था बिभाग नेपालगंजका फार्मेसी सुपरभाईजर लोकेश गिरि,नेपालगंज उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ अधिकृत गणेश कार्की लगायतको सहभागिता रहेको थियो । केही समय अघि अनुगमन टोलीले बढी मुनाफा लिई उपभोक्ता ठगि गरेको आरोपमा नेपालगंज स्थित हिल्स मेडि सप्लायर्सलाई दुई लाख रुपिया जरिवाना गरेको थियो । निजले आफै मात्र जरिवाना रकम तिरेको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्यालले बताए ।

यसै अनुगमन टोलीले नेपालगंजको बिपि चोक स्थित यशु, जनसेवा र चरक मेडिकल हलको पनि अनुगमन गरेको जनाएको छ । ति सबै औषधी पसलमा औषधी बिक्रि गर्न पाउने प्रमाणपत्रवाला ब्यवशायीको अनुपस्थितिमा औषधी बेचेको पाईएकोले ब्यवशायीको उपस्थितिमा मात्रै औषधी बेच्न निर्देशन दिएको औषधी ब्यवस्था बिभाग नेपालगंजका फार्मेसी सुपरभाईजर लोकेश गिरिले बताए ।

यसै गरि नेपालस्थित कमला मिडीसिनले उपभोक्तालाई सोझै बिक्रि बितरण गर्न नपाउने ह्राण्डवास सेनिटाइजर बिक्रि गरेको भन्ने उजुरीका आधारमा अनुगमन भएकोमा बाँकी रहेका सेनिटाइजर बिक्रि बितरण नगर्न आदेश दिदै बुुझ्ने कार्य भैरहेको अनुगमन टोलीले जनाएको छ ।लकडाउनको मौका छोप्दै बजारमा स्वास्थ्य लगायतका सामाग्रीको कृतिम अभाव देखाउने, बढी र मुनाफा लिई उपभोक्ता ठग्ने र गुणस्तरहिन सामाग्रीको बिक्रि बितरण भैरहेकोले यसको रोकथामको लागी सम्बन्धित निकायको ध्यान जानु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय अधिवक्ता बसन्त गौतमले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया