तयार भो भेरीको प्रयोगशाला, भोलिबाट परीक्षण

भेरी अस्पताल नेपालगन्जमा आज आइतबारबाट कोरोना परीक्षण सुरु हुने भएको छ । शनिबार गरिएको प्रयोगात्मक परीक्षण सफल भएपछि भोलि आइतबारबाट औपचारिक रुपमा प्रयोगशाला सुचारु गरिने भएको हो । मेसिन परीक्षणका लागि अस्पतालमा काठमाडौंबाट विज्ञ सहितको टोली आएको थियो ।


भेरी अस्पतालको पहलमा प्रदेश ५ सरकारको ५० लाख लागत प्रतिबद्धतामा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । विज्ञ टोलीले पिसिआर ल्याबको निरीक्षण, उपकरणको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालिम दिएको अस्पतालका मेसु डा. प्रकाश थापाले जानकारी दिए ।


भेरी अस्पतालमा पिसिआर उपकरण एक साताअघिनै जडान भइसके पनि सञ्चालन विज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाई भएकाले सुरु हुन ढिलाइ भएको थियो । बाँकेमा आरटीडी र पीसीआर विधिबाट ४८३ जनाको कोरोना भाइरस नमूना जाँच गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया