नेपालगन्ज : कालो बजारी गर्ने हिल्स मेडिलाई २ लाख जरिवाना


बढी मुनाफा लिई उपभोक्ता ठगि गरेको आरोपमा नेपालगंज स्थित हिल्स मेडि सप्लायर्सलाई दुई लाख रुपिया जरिवाना गरिएको छ ।


संयक्त बजार अनुगमन टोलीले गरेको अनुगमनका क्रममा कानूनले तोके भन्दा बढी मुनाफा लिई ह्राण्डवास स्यानिटाईजर बेचेको पाईए पछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकोले सोहि ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको निर्मित्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।


बजार अनुगमन टोलीले उक्त सप्लायर्सलाइ खरिद मुल्यमा अधिकतम बिस प्रतिशत भन्दा बढी मुनाफा नलिन र लेवलमा पुरा बिवरण नभएको र केरमेट सामान बिक्रि नगर्न आदेश दिएको जनाएको छ । सप्लाई वन्ली ९क्गउउथि यलथि० लेखिएको सेनिटाइजर बढी मुल्यमा बिक्री गरेको पाईएकोले दुई लाख रुपिया जरिवाना भएको अनुगमन टोलीले जनाएको छ ।


अनुगमनका टोलीले उक्त सप्लायर्सलाई ह्राण्डवास सेनिटाइजर आफुले खरिद गरेको मुल्यमा अधिकतम बिस प्रतिशत भन्दा बढी मुनाफा नलिन र लेवलमा पुरा बिवरण नभएको र केरमेट सामान बिक्रि नगर्न आदेश दिएको जनाएको छ । खरिद गरेको र बिक्रि गरेको बिलको रेकर्ड हेर्दा बिस प्रतिशत भन्दा डवल, त्रिवल बढी मुनाफा लिई बिक्रि बितरण गरेको पाइए पछि कारवाही गरिएको अनुगमन टोलीले जनाएको छ ।


अनुगमनमा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्याल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गोतम, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक ह्रदेश सापकोटा, प्रनानी मणिराम लामिछाने, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतम, औषधी ब्यवस्था बिभागका लोकेश गिरि,नेपालगंज उपमहानगरपालिका स्वास्थ्य शाखाका गणेश कार्की लगायतको सहभागिता रहेको थियो ।


यसै गरि नेपालस्थित कमला मिडीसिनले कगउउथि यलथि लेखिएको सेनिटाइजर अर्को आदेश नभए सम्मकोलागि बिक्री नगर्न निर्देशन दिएको जनाएको छ । उपभोक्तालाई सोझै बिक्रि बितरण गर्न नपाउने ह्राण्डवास सेनिटाइजर बिक्रि गरेको भन्ने उजुरीका आधारमा अनुगमन भएकोमा बाँकी रहेका सेनिटाइजर बिक्रि बितरण नगर्न आदेश दिदै बुुझ्ने कार्य भैरहेको अनुगमन टोलीले जनाएको छ ।

यस्तै बजार अनुगमन टोलीले नेपालगंजको टाँगा स्टेशन स्थित एक पसलेलाई चना बिक्रिमा अनुचित मुनाफा लिएको आरोपमा रु पाँच हजार गरेको जनाएको छ ।


लकडाउनको मौका छोप्दै बजारमा स्वास्थ्य लगायतका सामाग्रीको कृतिम अभाव देखाउने, बढी र मुनाफा लिई उपभोक्ता ठग्ने र गुणस्तरहिन सामाग्रीको बिक्रि बितरण भैरहेकोले यसको रोकथामको लागी सम्बन्धित निकायको ध्यान जानु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय अधिवक्ता बसन्त गौतमले बताए ।


हालको विश्वब्यापी महाविपत्तीको यस घडीमा पनि मानविय संवेदना समेतको ख्याल नगरी उपभोक्ता ठगि हुन सक्ने सम्भावनालाई मध्यनजर गरी बाँकेमा बजार अनुगमनको कार्य सुचारु गरिएको अनुगमन समितिले जनाएको छ । । कुनै पनि अत्यावश्यकिय दैनिक उपभोग्य बस्तु तथा सेवाको आपुर्तिमा कमि नरहेको र त्यस्ता पसलहरु संचालन हुने भएकोले सरकारको अनुरोधलाई स्विकार गरी भिडभाड नहुने गरी आफ्नो सबैभन्दा नजिकको पसलबाट बस्तु खरिद गर्नु हुन र मौकाको फाईदा उठाई कालो बजारी गरेको, गुणस्तरहिन समान बिक्रि गरेको पाईएमा बिभागको टोल फ्री नं. ११३७ वा उपभोक्ता अधिकार ब्यबस्थापन सुचना प्रणाली crmis.doc.gov.np मा उजुरी गर्नु समितिले अनुरोध गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया