दशगजामा क्वारेन्टाइनमा रोकिएका घर जान नपाउने !

नेपाल–भारत सीमाको जमुनाह स्थित दशगजामा क्वारेन्टाइनमा राखिएका नेपाली नागरिक घर फर्कन नपाउने भएका छन् ।


१४ दिन पूरा गरेपछि बिहीबार उनीहरुको आरडीटी किटबाट कोरोना परीक्षण समेत गरिएको थियो । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । क्वारेन्टाईनमा १८१ जना बसेकोमा बिहिवार १६६ जनाको आरडिटी भएको हो । १५ जनाको पहिले नै पिआिर जाँच भईसकेको छ ।


नेपालगन्ज उपमहानगरपालिकाले परीक्षण पछि क्वारेन्टाइनमा बसेकालाई सम्बन्धित जिल्ला पठाउन प्रशासनसँग समन्वय गरेको उपप्रमुख उमा थापा मगरले बताइने । तर, बिहीबार एकाएक प्रशासनले गृहबाट स्वीकृति नपाएको भन्दै घर पठाउन रोकिएको जानकारी पाएको थापाले बताइन् । ‘प्रशासनले गाडीको व्यवस्था समेत गरिसकेको अवस्थामा एकाएक पठाउन नमिल्ने भनेको छ’, उनले भनिन् ।


क्वारेन्टाइनमा बसेकाहरुले आफुहरुले मापदण्ड पूरा गरेको र परीक्षण समेत भैसकेकाले घर जान पाउनु पर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया