अस्पताल र औषधी भन्दा सचेतना

नयाँ वर्षको आगमन


समय नियमित प्रकृया हो । जतिसुकै सुख—दुःख भएपनि समयको चक्र रोकिदैन । भनिन्छ, बगेको पानी र वितेको समय फर्केर आउदैन । विभिन्न आशा राख्दै सवैले समयलाई पर्खिरहेको हुन्छ तर समयले कसैलाई पर्खिदैन । मानिसहरुले सुख—सयलको खोजी गर्दा गर्दै आफ्नो पूरा जीवन नै उत्तराद्र्धमा पूगिसकेको भानै पाउदैनन् । मानिसको चाहना र समयको चक्र निरन्तर बगिरहेको हुन्छ, यसै क्रममा मानिसलाई चक्रभ्यूमा पारिरहेको अवस्था छ ।


सेकेण्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना आदि गणना गरी बारह महिनाको एक वर्ष गणना गर्ने नियम पनि मानव जातिले बनाएका हौं । मूलतः वितेको वर्षलाई स—सम्मान विदाई गर्ने र नयाँ वर्षलाई उमङ्गका साथ स्वागत गर्ने प्रचलन विश्वभरी नै रहेको छ । वितेको वर्षमा भए गरिएका काम मध्ये राम्रा कामको स्मरण गर्दै र पूरा हुन नसकेका कामको पुर्नमूल्याकंन गर्दै नयाँ वर्षमा सफलताको शिखरमा पुग्ने आशा, अभिलाशा र प्रतिज्ञाका साथ नयाँ वर्षको स्वागत गर्ने गरिन्छ । एक अर्कालाई सुख, शान्ति, उन्नति—प्रगति र दीर्घायूको शुभकामना दिने गरिन्छ । हामीले सदाझै उल्लेखित मनोकांक्षाका साथ वि.सं.२०७६ लाई विदाई गर्दै नयाँ वर्ष २०७७ मा प्रवेश गर्ने अपेक्षा गरेका थियौं । तर अहिलेको विषम् परिस्थितिले गर्दा उक्त सोचाई, दृष्टिकोण र प्रचलनमा परिवर्तन ल्याएको छ ।


कोरोनाको भय

     महामारीको रुपमा विश्वभर फैलिईरहेको नोबल कोरोना भाईरस (कोभिड—१९) रोगका कारण अहिले विश्व नै भयभित अवस्थामा रहेको छ । अहिले विश्वभरीका प्रत्येक नागरिकको मन, मस्तिष्कमा करोना भाईरसकको डर छाएको छ । सम्पूर्ण सन्चार माध्ययमले कोरोना भाईरसकै बारेमा विवेचना गरीरहेका छन् । सवै सरकारहरु उक्त महामारी रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापना अहोरात्र खटिएका छन् । सवै देशहरु अहिले कोरोनामय भएको भान हुन्छ ।


यस महामारीकै कारण लामो समय देखि नागरिकहरु लकडाउन (बन्दावन्दी) र क्वारेन्टाईनमा वस्न बाध्य भएका छन् । विदेशमा रहेका नागरिकहरु सवैलाई आफ्नो देशमा सुरक्षित साथ ल्याउन सकिएको अवस्था छैन । छिमेकी मुलुकमा महामारी थप फैलिदा हामीहरुको आङ्ग सिरिङ्ग हुने गर्दछ । आफ्ना नागरिकलाई उक्त महामारीबाट कसरी बचाउने र नागरिक स्वयं उक्त रोगको संक्रमणबाट कसरी बच्ने ? भन्ने नै अहिलेको चिन्ता र चासोको विषय बन्न गएको छ ।


जतिसुकै धनवान, वलवान, शक्तिशाली व्यक्ति र राष्ट्र भएपनि महामारी रोग लगायतका दैवीप्रकोपका कारण नागरिक र देश नै निरिह एवं कमजोर हुँदो रहेछ । धन, सम्पति, इज्जत, शक्ति, सत्ता, परिवार, समाज भन्दा पनि आफ्नो जीवन नै प्यारो लाग्दो रहेछ भन्ने कुरा पनि यस महामारीले शिक्षा दिएको छ । अहिलेको कोरोना भाइरसको संक्रमणले यो तथ्य प्रमाणित गरको छ । हामीलाई विद्यालयमा पढ्दा शिक्षा नै स्वास्थ्य हो (हेल्थ इज वेल्थ) भन्ने पाठ पढाउने गरिन्थ्यो । सानोमा धन, सम्पति भए स्वास्थोपचार गरेर स्वस्थ रहन सकिन्छ भन्ने लाग्थ्यो तर त्यो सत्य रहेनछ । शरीर, परिवार, समाज र सिंगो देश नै स्वस्थ रहन सक्यो भने मात्रै सुदृढ र समृद्ध देशको परिकल्पना साकार हुँदो रहेछ । अहिलको अवस्थामा विश्वभरी नै र नेपालमा समेत हामी नागरिकहरु शारीरिक, मानसिक, पारिवारिक, सामाजिक र आर्थिक लगायत हरेक दृष्टिकोणबाट अस्वस्थ महसुस गरिरहेका छौं ।


सु—स्वास्थ्यको शुभकामना

     आफू रहे संसार देखिने हो । हामी आफै अस्वस्थ भयौं भने हामी आफैले दुःख त पाउछौं नै अरुका लागि पनि बोझ बन्नु पर्ने हुन्छ । अशिक्षा, अभाव, विभेद, गरिवी, अज्ञानता, उपचार अभाव, वेरोजगार, शोषण, आपराधिक षडयन्त्र, रोगव्याधी तथा भुकम्प बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति लगायतका विविध कारणले गर्दा कुनै न कुनै नागरिकले दैनिक रुपमा दुःख कष्ट त व्यहोर्नु परिरहेकै छ । संसार रहे सम्म र नागरिक रहेसम्म यस प्रकारका घटनाको सामना त गर्नैपर्ने हुन्छ तर यस प्रकारको विपत्ति तथा विश्वव्यापी रोगको संक्रमण भने विरलै देख्न सुन्न पाईन्छ । हाल विश्वभरी फैलिएको र थप फैलिने क्रममा रहेको महामारीको अचुक औषधी नै पत्ता नलागेको अवस्थामा स्व—सचेतना र राज्यको सावधानीको विकल्प नै छैन । हाम्रो स्वास्थ्य हाम्रो हातमा छ अहिले ।


अहिले अस्पताल र औषधी भन्दा पनि संक्रमणलाई रोक्न तथा नियन्त्रणको लागि हामी आफै सजग र सचेत हुन जरुरी छ । विश्व स्वास्थ्य संगठन तथा चिकित्सकको सुझाव तथा सरकारको निर्देशनलाई पूर्ण रुपमा परिपालना गर्नुपर्ने दायित्व नागरिकमा आएको छ । नेपालमा जति पनि आन्दोलन, जनआन्दोलन र विद्रोह भए ति कतै न कतै समानता, स्वतन्त्रता र अधिकारकै लागि थिए । हामीले संविधानसभा मार्फत आफैले आफ्नै लागि संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौं । शिक्षा, स्वास्थ्य, रोजगार, स्वतन्त्रता लगायतका सम्मानपूर्वक बाँच्न पाउने न्यूनतम अधिकारलाई संविधानको मौलिक हकको रुपमा स्वीकार गरेका छौं । मौलिकहकको कार्यान्वयनको लागि कानून पनि निर्माण भएका छन् र कार्यान्वयनको प्रकृयामा रहेको छ । उक्त मौलिक अधिकारको उपभोगका लागि पनि हामी आफू र आफ्नालाई वचाईराख्नुपर्ने अवस्था छ अहिले । तसर्थ आजको कठिन घडिमा उक्त उद्देश्य पूर्तिका खातिर हामी सवैले आ—आफ्नो संवैधानिक, कानूनी, सामाजिक र नैतिक जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको छ । हामीले अत्यन्तै सम्यमता अपनाएर र जस्तोसुकै कठिन परिस्थितिको सामना गर्नै परेपनि जीवन रक्षाका लागि आफ्नो कर्तव्य बाट विमुख हुनु हुँदैन ।
कोरोना भाईरसको संक्रमणबाट जोगिन र अरुलाई जोगाउन, संक्रमितलाई बचाउन, संक्रमणको रोकथाम गर्न, लकडाउनको अवधिमा आर्थिक अभाव भएका नागरिकको जीवन रक्षा गर्न कस्ले के कस्तो भूमिका निर्वाह गर्नुपर्दछ कस्को के कस्तो दायित्व रहन्छ भन्ने विषयमा सर्वविदितै छ । यद्यपि सो मिसनमा हामीले पनि आ—आफ्नो तर्फबाट दत्तचित्त भएर सहयोग, सहकार्य गर्न जरुरी छ र आफ्नो कर्तव्य इमान्दारिताका साथ निर्वाह गर्न जरुरी छ । हामी स्वस्थ रह्यौं, हाम्रो घर परिवारका सदस्य, आफन्त र समाज स्वस्थ रहन सक्यो भने अर्को वर्ष भव्य र सभ्यताका साथ नयाँ वर्ष साविक झै मनाऔंला, खुशीका शुभकामना आदान—प्रदान गरौंला ।
नयाँ वर्ष २०७७ को शुभ अवसरमा सवैमा सु—स्वास्थ्य, दीर्घायु र कर्तव्यवोधको शुभकामना छ ।


कोरोना भाईरसको संक्रमणबाट जोगिन र अरुलाई जोगाउन, संक्रमितलाई बचाउन, संक्रमणको रोकथाम गर्न, लकडाउनको अवधिमा आर्थिक अभाव भएका नागरिकको जीवन रक्षा गर्न कस्ले के कस्तो भूमिका निर्वाह गर्नुपर्दछ कस्को के कस्तो दायित्व रहन्छ भन्ने विषयमा सर्वविदितै छ । यद्यपि सो मिसनमा हामीले पनि आ—आफ्नो तर्फबाट दत्तचित्त भएर सहयोग, सहकार्य गर्न जरुरी छ र आफ्नो कर्तव्य इमान्दारिताका साथ निर्वाह गर्न जरुरी छ । हामी स्वस्थ रह्यौं, हाम्रो घर परिवारका सदस्य, आफन्त र समाज स्वस्थ रहन सक्यो भने अर्को वर्ष भव्य र सभ्यताका साथ नयाँ वर्ष साविक झै मनाऔंला, खुशीका शुभकामना आदान—प्रदान गरौंला ।
नयाँ वर्ष २०७७ को शुभ अवसरमा सवैमा सु—स्वास्थ्य, दीर्घायु र कर्तव्यवोधको शुभकामना छ ।

प्रतिक्रिया

प्रतिक्रिया