बाँकेको नरैनापुरमा डाइग्नोस्टिक किट मार्फत कोरोना परिक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार नरैनापुर गाउँपालिकाको जयकिसानमाबिको क्वारेन्टाइमा रहेका १ सय ३४ जना व्यक्तिको नमूना संकलन गरी डाइग्नोस्टिक किट मार्फत परीक्षण गरिएको हो । परिक्षणमा सहभागी गरार्ईएका जम्मै १ सय ३४ जा कै रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा रही १४ दिन पुरा गरेकाहरुलाई क्वारेन्टाईन स्थलमै आरडीटी सहितको विशेषज्ञ टोलीले परिक्षण गर्ने प्रक्रिया अन्र्तगत डाइग्नोस्टिक टेस्ट रहेको श्रेष्ठले बताउनुभयो । आरडीटीबाट नेगेटिभ नतिजा आउनेहरु आफ्नै घर मै गई (थप ७ दिन) २१ दिन सम्म नियमानुसार होम क्वारेन्टाईनमा बस्नु पर्ने हुन्छ र कोही आरडीटी नतिजा आएमा निजलाई क्वारेन्टाइन मै राखी पुन आरडीटी प्रबिधीबाट एकिन गर्न जाँच गर्नकालागी ‘थ्रोट स्वाव’ नमुना निकाली प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइने श्रेष्ठले बताउनुभयो । आज आईतवार नरैनापुर गाउँपालिकामा गरिएको १ सय ३४ जनाको रिपोर्ट निगेटिभ देखिएकोले उनीहरु सबैलाई घर पठाईएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार स्वास्थ्य कार्यालय बाँकेमा हाललाई ५०० डाइग्नोस्टिक किट आरडीटी प्राप्त भएको छ । बाँकेबाट अहिलेसम्म ७० जनाको ‘थ्रोट स्वाव’ संकलन गरी कोरोना परिक्षणकालागि पठाईएकामा ७० जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको श्रेष्ठले जानकारी दिनुभयो ।