ल हेर्नुस् गाउँमा ‘लकडाउन’

मानिस ओहोरदोहोर रोक्न गाउँगाउँका बाटोहरु पनि स्थानीयले धमाधम बन्द

भावुक योगी
कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि देशभर लकडाउन घोषणा गरिएको छ । यतिबेला एक पालिकाबाट अर्को पालिकामा जान समेत प्रतिबन्ध लगाइएको छ ।
बर्दियाको ठाकुरबाबा, मधुवन, बारबर्दिया नगरपालिका विभिन्न गाउँमा प्रवेश गर्न नदिन स्थानीय बाटो बन्द गरेका छन् । एक गाउँबाट अर्को गाउँ आउने जाने क्रम नरोकिएपछि स्थानीयले बाटो नै बन्द गरेका हुन् । आफ्नै गाउँको वा कोही नयाँ ब्यक्ती गाउँमा आएपनि प्रहरीलाई खबर गर्न थालेका छन् ।
कोभिड १९ को रोकथामका लागि बर्दिया सबै पालिकामा समेत कडाइ गरिएको छ । विषेश गरि ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकामा पर्ने मुख्य तर कतिपय मानिसहरु एकान्त र शान्त वातावरणमा बस्ने भन्दै घ्वाङ खोला क्षेत्रमा जाने गरेपछि स्थानीय त्रसित बनेका हुन् ।
लकडाउन अघि दिनहुँजसो चहलपहल भइरहने विभिन्न गाउँमा क्षेत्रमा जाने बाटो बर्तुङका स्थानीयवासीले बन्द गरि दिएका हुन् । बजार जाने बाहानामा मानिसहरु नियमित आउन थालेपछि बाटो नै बन्द गर्न बाध्य भएको स्थानियले जनाएका छन् ।
ठाकुरबाबा नगरपालिकाको गोविन्दपुर होमस्टे गाउँ र मधुवन नगरपालिकाको डल्ला होमस्टे गाउँमा पनि बाटो बन्द गरेर प्रवेशमा रोक लगाईएको छ । पालिका र प्रशासनले समेत अनावश्यक रुपमा बाहिर घुम्न हिँड्ने मानिसलाई कारबाही गर्नुपर्ने स्थानियको माग छ ।


बर्दियामा नेपाल प्रहरी संगै नेपाली सेना सशस्त्र प्रहरीहरु पनि गाउँ गाउँमा प्रवेश गरि अनावश्यक बाटोमा हिँडडुल गर्नेलाई सम्झाई बुझाई जताबाट आयो उतै फर्काउन थालेका छन् । अत्यावश्यक काममा हिँडेकालाई भने सेना प्रहरीले आउजाउ गर्न दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया