कोरोना कहर

शाहिदा बानो शाह


शबेबरात अर्थात मुक्तिको रात (हिसाब किताबको)रात महान हो । कसलाई आउने वर्ष कति रिज्क ,कति सन्तान, कति सुख, कति दुखका साथै कसको मृत्यु हुने ,कसको जन्म हुने र को बांच्ने भन्ने आदि कुरा यसै दिन तय गरिन्छ।

यस रातमा शबेबरातको रात साबानको १४ तारीखका दिन गत वर्षको आमालनामा बन्द गरिन्छ र साबानको १५ तारीखका दिन नंया आमालनामा शुरु गरिन्छ । हामीलाई चाहियो कि हामी साबानको १४ र १५ तारीखका दिन रोजा बसौं ताकि हाम्रो आमालनामा जब बन्द होस् तब पनि लेखिएको होस् रोजा बसेको र जब नंया आमालनामा खुलोस् तब पनि लेखिएको होस् रोजा बसेको । १४ तारीखका दिन हामी दिनभरी रोजा बसी राति शब्बेदारी गरौं रात भरी नफिल नमाज , कुरानपाकको तिलावत गरी इबादत गरौं तौबा गरौं र सुरह यासीन शरीफ ३ पटक अवश्य पढौं । अल्लाहको अजाबबाट पनाह मागौं ।

अल्लाहसंग कोरोना जस्तो रोगबाट संसारलाई मुक्ति मिलोस् बिरामीहरु निको होऊन् , सबैको भलो होस्, देशको कल्याण होस् भनी दुआ गरौं यो हिसाब किताबको अर्थात मुक्तिको दिन भएकोले आफुले गर्दा यदि जान अन्जानमा कसैको चित्त दुखेछ भनी कृपया एक अर्कासंग माफी माग्ने र आफु पनि माफ गर्ने दिन हो । जब सारा संसार कोरोनाको चपेटामा छ हरेक मुलुकले आ आफ्नो स्तर र क्षमता अनुसार कोरोनासंग लड्दैछन् ।

सबै शक्तिशाली कहलिने राष्ट्रहरु जो शक्ति प्रदर्शनका नाममा एक अर्को लाई आधुनिक आणविक हतियारबाट डराउने गर्थे । उनीहरु आज कोरोनाबाट हार मानेर लड्न नसकी हात खडा गरिसकेछन् । हिजो आफ्नो प्रमेश्वरलाई बिर्सेर आफुलाई सबथोक सर्वशक्तिमान ठान्नेहरु आज तिनीहरु सबैले आ आफ्नो धर्म र आस्था अनुसार आफ्ना ईश्वरलाई सम्झिदैं यस कठिन परिस्थितिबाट निकाल्न हार गुहार गर्दैछन् । तब हाम्रो देशबासीले यसलाई मजाक ठानेर सरकारको आदेशको अवहेलना गर्दै आफ्नो संवेनहीनताको प्रमाण दिइरहेका थिए ।

अवस्था यो छ कतिले यसको गम्भीरता नै नबुझी लकडाउन तोडेर सडकमा जथाभावी हिड्दैछन् भने कोहीले त हदै पार गरी सडकमा क्रिकेट खेल्दै बसेका छन् भने कोही खाली सडकमा सेल्फी लिदैं गरेका छन् अझ कोही त यस्ता नि छन् जो लकडाउनको निरक्षण गर्दै मोटरसाइकिल सररर गुडाउदैं हिडेका छन् । त्यस कारण नेपाल सरकारले लाकडाउनलाई जनहितमा थप कडा गरेको छ । मुस्लिम अगुवा , धर्मगुरु र मश्जिदका प्रमुख वा इमामका आग्रहः विश्व स्तरमा कोरोनाको विकराल रुपलाई हेरेर नेपालका मुस्लिम समुदायका अगुवा मुस्लिम आयोग, नेपाल मुस्लिम संगठन र धर्मगुरुहरुले देशभरी नै आ आफ्नो क्षेत्र र जिल्लामा लिखित रुपमा नै मुस्लिम समुदायलाई लाकडाउनको पुर्णतः पालना गर्न आग्रह गरेका छन् ।

उनीहरुले सो आग्रह सामाजिक संजाल र मश्जिदको मिम्बरबाट समेत गरेकाछन् । कि “परिस्थितिको गम्भीरतालाई बुझ्दै यस शबेबरात घरमै बसी इबादत गर्नुहोस् , मश्जिद र कब्रिस्तान न जानुहोस् ,भीडभाडमा न जानुस् र भीडभाड नगर्दिनुस् भनी फरमान जारी गरेकाछन् ।साथै यस महामारीसंग लड्न र लडेर जित्न सक्ने सहज अवस्था र व्यवस्था छैन् । त्यस कारण कृपया समय र अवस्थाको गम्भीरतालाई बुझौं र अरुलाई पनि बुझाऔं । गरीब मजदूर छरछमेकीलाई आवश्यकता र क्षमता अनुसार मदत गर्नुहोस् आश्वासन दिनुस् आफु पनि न आत्तिनुस् धैर्यता र सावधानी अपनाउनुहोस् सतर्क रहनुहोस् र अरुलाई पनि सचेत गर्नुहोस् ।आफु बाच्न र आफ्नो परिवारलाई बचाउन एक जिम्मेवार नागरिकको भुमिका निर्वाह गर्नुहोस् लकडाउनको पुर्ण पालना गर्नुहोस् ।

कोरोनाबाट बच्न साझा गरिएका निर्देशनहरुको पालना गर्नुहोस् जस्तैः बिना काम घर बाहिर न जानुस् जानैपरे मास्क लगाएर मात्र जानुस् पटक पटक सेनेटाइजर वा फिटकरी पानीले हात सफा गर्नुहोस् । कुनै वस्तु अनावश्यक नछुनुहोस् छोइहाले साबुनपानी हात धुनुहोस् । सरसफाईमा बढी ध्यान दिनुहोस् र एकान्तमा बस्नुहोस् ।” आज शबेबरातको रात अर्थात मुक्तिको रात हो यसकारण यस महामारीबाट संसारलाई मुक्ति र छुटकारा मिलोस् भनी दुआ गर्नुहोस् यही हामी सबैको दायित्व हो ।

प्रतिक्रिया

प्रतिक्रिया