नेपालगन्जको भेरी अस्पतालमा कोरोना परीक्षणका लागि अझै समय लाग्ने भएको छ । परीक्षणका लागि आवश्यक पिसिआर मेसिन आएपनि मेसिन जडान गरी तयार हुन अझ समय लाग्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापाले जानकारी दिनुभएको छ ।
‘हामी दिनरात लागेका छौं’, मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापाले भने, ‘तर, काम गर्दै जाँदा समय लाग्ने देखिएको छ ।’ उनी भन्छन्, ‘हामी छिटो भन्दा छिटो कोरोना परीक्षणका लागि मेसिन तयार गर्ने कोशिशमा छौं, तर यति नै समयमा तयार हुन्छ भन्ने अवस्था छैन ।’
अस्पतालले एकसातासम्म मेसिन जडानका लागि समय लाग्ने अनुमान गरेको छ ।
हाल कोरोना परीक्षणका लागि काठमाडौं स्थित टेकु अस्पतालमा पठाउनु पर्ने बाध्यता रहेको छ । जसले गर्दा परीक्षणमा समय लाग्ने गर्दछ । भेरीमा कोरोना परीक्षण सुरु भए यस क्षेत्रमा परीक्षणको संख्या बढाउन सहज हुनेछ ।