नेपालगन्जको विपीचोक नर्सिङ होम अगाडि रहेको देवकोटा हेल्थ केयरले निःशुल्क स्वास्थ्य सेवा दिइरहेको छ । लकडाउनका बेला ललिता देवकोटाले सञ्चालन गरेको उक्त हेल्थ केयरले निःशुल्क सुगर, प्रेसर जाँचको व्यवस्था गरेको छ ।
लकडाउनका बेला स्वास्थ्य संस्थाहरु बन्द हुँदा बिरामीहरु उपचार गर्न नपाइरहेको अवस्थामा देवकोटा हेल्थ केयरले भने निःशुल्क सेवा दिएपछि सेवाग्राही खुशी व्यक्त गर्दछन् । सेवाग्राही सुगर रोगी मियाज खानले यस्तो बिपतको बेला निसुल्क सुगर जाच गर्न पाउदा निकै खुशी लागेको बताए ।
यतिमात्र होइन उक्त फार्मेसीले लकडाउन अबधिभर सुरक्षार्थ खटिएका सम्पुर्ण सुरक्षाकर्मीहरुलाई सर्जिकल माक्स तथा ग्लोब्स लगायतका समाग्रीहरु समेत निशुल्क बितरण गरिरहेको संस्थाका स्वस्थ्यकर्मी कृष्ण देवकोटाले बताए । विपद्को बेलामा सामाजिक उत्तरदायित्व निर्वाह गरेको कृष्णले नेपालगन्जन्यूलाई बताएका हुन् । स्वास्थ्यकर्मी कृष्णले सेवा प्रवाहमा पिपिइ र थर्मोगन जस्ता सामाग्री भए सहजता आउने धारणा राखेका छन् ।