लकडाउन उल्लंघन गर्दै मनपरी हिडेको भन्दै प्रहरीले मोटरसाइकलको चाबी नियन्त्रणमा लिएकोछ । प्रहरीले ४ सय ४१ वटा मोटरसाइकलको चाबी खोसेको शनिबार जानकारी दिएको छ ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले अत्यावश्यक कामका लागि हिडेको मोटरसाइकललाई छाड्दा त्यसको देखासिकी अरुले मनपरी गरिरहेको पाइएको बताए । ‘जरुरी कामले हिडेकालाई नरोकौं भन्ने हो तर, मनपरी भैरहेको छ’, उनले भने, ‘त्यसैले चोकचोकमा चेकजाँच गरी अनावश्यक हिड्ने सवारी नियन्त्रणमा लिइएको हो ।’