कोरोना प्रभावः छुटे १० थुनुवा


न्यायिक काम कारवाहीबारे बारको चासो मानवअधिकारका सवालमा अदालत प्रशासनसंग छलफल

अदालत प्रशासनसँगको छलफलपछि वारका पदाधिकारी तथा कानुन व्यवसायीहरु

कोरोना कहरबाट थेरैतिर नोक्सानी देखिएपनि केही कैदीबन्दी भने रिहाइको अवसर पाएका छन् । बाँके जिल्ला अदालतको आदेशबाट १० जना थुनुवा रिहा भएका हुन् । बाँके जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले दिएको जानकारी अनुसार, बालसुधार गृहमा रहेका ७ र कारागारमा रहेका ३ थनुवा छुटेका हुन् ।
यसैबीच, न्यायिक काम कारवाहीबारे बारको चासो मानवअधिकारका सवालमा अदालत प्रशासनसंग छलफल गरिएको छ ।
कोरोनाका कारण देशभर लकडाउन भएका बेला अदालती काम कारवाही, सर्वोच्च अदालतको निर्णय कार्यान्वयनको अवस्थाका बारेमा बारका पदाधिकारीले जिल्ला र उच्च अदालतमा भैरहेको न्यायिक काम कारवाहीबारे न्यायाधीशसंग छलफल गरेका हुन् ।
लकडाउनले न्यायिक काम कारवाही प्रभावित भैरहेका बेला सर्वोच्च अदालतको फुलकोटको निर्णय बमोजिम बालसुधार गृहमा रहेका बालबालिकाको रिहाई प्रक्रिया, एक बर्षसम्म कैद सजाय तोकिएका थुनुवाको रिहाई लगायतको न्यायिक कामकारवाहीका बारेमा छलफल गरिएको थियो ।
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश पवन शर्मा न्यौपाने र बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश खडानन्द तिवारीसंग बारका पदाधिकारीहरुले छलफल गरिएको नेपाल बारका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले जानकारी दिए ।
अधिवक्ता बसन्त गौतमका अनुसार, लकडाउका कारण न्यायका उपभोक्ता र अदालतका बिचमा प्रत्यक्ष सम्पर्क नभइरहेको बर्तमान अवस्थामा सर्वोच्चको निर्णय बमोजिम के कतिले सहुलियत पाई रिहा भए र के कति हुन सकेनन् भन्ने बिषयमा छलफल भई त्यसको प्रभावकारी कार्यान्वयन र निकाशका बिषयमा छलफल भएको थियो ।
छलफलमा उपाध्यक्ष श्रेष्ठ, नेपालगन्ज उच्चबारका अध्यक्ष बिकाश आचार्य, सचिव चित्रबहादुर शाही, उच्चबारका पूर्व अध्यक्ष लोक बहादुर शाह, बाँके जिल्ला बारका पूर्व अध्यक्ष बिश्वजित तिवारी र अधिवक्ता वसन्त गौतमको सहभागिता थियो ।

प्रतिक्रिया

प्रतिक्रिया