बाँकेमा राहत एकद्वारमा मात्रै : स्थानीय तह

बाँकेका स्थानीय तहले राहत एकद्वारमा वितरण गर्ने निर्णय गरेका छन् । लकडाउनका बेला खाद्यान्न तथा आवश्यक वस्तु आवश्यक भएकालाई आ–आफ्नै तवरबाट राहत वितरण हुन थालेपछि स्थानीय तहले एकद्वार बनाउने निर्णय गरेको हो ।


राहतलाई परदर्शी बनाउनका लागि राहतलाई एकद्वार प्रणाली बनाउने निर्णय गरिएको स्थानीय तहले बताएका छन् । खजुरा गाउँपालिकाले राहत सम्बन्धी मापदण्ड २०७६ पारित गरेको छ । खजुरा गाउँपालिका कार्यपालिकाको तेस्रो आकस्मिक बैठकले उक्त राहत सम्बन्धि मापदण्ड पारित गरेको हो ।


गृह मन्त्रालयको चैत्र १६ गतेको बैठकले निर्देशन गरे बमोजिम मापदण्ड तयार गरि पारित गरेको हो । राहत वितरणका लागी वडा कार्यलयले अभिलेख संकलन गर्ने, जनप्रतिनिधिको तयार गरिएको उक्त अभिलेखका आधारमा चुलो नबल्ने अवस्थामा रहेकाहरुका लागी राहत वितरण गरिने छ ।


बैठकलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले कुनै आग्रह पूर्वाग्रह नराखी हातमुख जोड्न नसक्ने अवस्थामा रहेका श्रमिक तथा अति विपन्न असाहयहरुका लागी राहत वितरण गर्न आग्रह गरे । गाउँपालिकाले एकद्वार प्रणाली अन्तरर्गत राहत वितरण गर्ने बताउदै प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल वितरण गरिने बताउनुभयो । बैठकमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यले राहत वितरणलाई व्यवस्थित गर्ने विषयमा सुझाव दिएका थिए ।


राहत वितरण सम्बन्धी मापदण्ड अन्तरगत कोविड १९ संक्रमण रोकथामका लागी प्राप्त हुने सहयोग स्विकार गर्ने समेत बैठकले निर्णय गरेको छ । गाउँपालिकालाई प्राप्त हुने राहत एकद्धार प्रणालि मार्फत स्विकार गर्ने गरि बैठकले पारित गरेको खजुरा गाउँपालिकाका सुचना अधिकृत दिल बहादुर पौडेलले जानकारी दिनुभयो ।


त्यस्तै, बाँकेको जानकी गाउँपालिकाले कोरोना भाईरस (कोभिड–१९) रोकथामको लागि जारी लकडाउनबाट प्रभावित विपन्न समुदायलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भएको छ ।

सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने नीति लिए वमोजिम गाउँपालिकाबाटै राहत सङ्कलन तथा वितरण गरिने अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो । गाउँपालिकामा रहेका दैनिक ज्यालादारी मजदुर तथा विपन्न समुदायको वडागत तहमा तथ्याङ्क सङ्कलन भईरहेको जानकारी दिदैँ छिट्टै राहत वितरण गरिने अध्यक्ष यादवले बताउनुभयो ।

गाउँपालिकाले एकद्वार प्रणालीबाट राहत बाँडिने भएकोले यस्तो विपतको समयमा आफुखुशी राहत सङ्कलन तथा वितरण नगरी एकद्वार प्रणालीमाआउन उहाँले सबैमा आग्रह समेत गर्नुभएको छ ।

कोरोना भाईरस सङ्क्रमण फैलन नदिन गाउँपलिकाले सम्पूर्ण स्रोत साधन परिचालन गरिसकेकोले यो महामारी विरुद्धको लडाईमा सबै पालिकावासी तथा सङ्घ–संस्थाले गाउँपालिकालाई सहयोग गरी एकसाथ लाग्न उहाँको अनुरोध छ ।

लकडाउनबाट प्रभावित गरिखाने मजदुर तथा विपन्न समुदायलाई सहयोगको लागि गाउँपालिकाले विपद् तथा प्रकोप ब्यवस्थापन कोष सञ्चालन गरेकोले उक्त कोषमार्फतै सहयोग र समन्वय गरी एकद्वार प्रणालीबाट राहत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो ।


उहाँले जारी लकडाउनबाट प्रभावित दैनिक काम गरी खाने मजदुर र विपन्न वर्गलाई सहयोग गर्न चाहने सङ्घ संस्था तथा व्यक्तिहरुले एनआईसी एसिया बैंक खजुरा शाखामा जानकी गाउँपालिकाको नाममा रहेको खाता नं. बी १ सी ए १४९८३२१५२४०३ मा रकम जम्मा गर्ने ब्यवस्था मिलाईएको बताउनुभयो ।


त्यस्तै, बाँकेको नरैनापुर गाउँपालिकाले कोरोना भाइरस विरुद्धको अभियानलाई प्रभावकारी बनाउन बाँकेको नरैनापुर गाउँपालिकाले ुकोरोना भाइरस संक्रमण उपचार कोषु खडा गरेको छ । गाउँपालिकाले १५ लाखको कोष खडा गरेर आजदेखि खाता संचालन गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो ।


कोषमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ब्यक्तिगत २५ हजार रुपैयाँ जम्मा गर्नुभएको छ । अध्यक्ष शाहले कोषमा सक्दो रकम जम्मा गरेर कोरोना विरुद्ध गाउँपालिकाले थालेको अभियानमा सहयोग गर्न सबैमा अपिल समेत गर्नुभएको छ । कोरोनाको संक्रमण रोक्न तथा विपन्न बर्गको राहतको लागि कोष खडा गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

गाउँपालिकाको नरैनापुरस्थित सनराइज बैंकको खाता नम्बर ०७४०४८८०८७७०१००५ मा रकम जम्मा गरी सहयोग गरिदिन आग्रह गरिएको छ । ुकोरोना विरुद्धको अभियानमा रकमको अभाव हुन नदिन आजदेखि खाता संचालन गरेका छौं, अध्यक्ष ज्युले २५ हजार जम्मा गरेर खाताको सुरुवात गर्नुभएको छ,ु लेखापाल प्रकाश अधिकारीले भन्नुभयो ।

गाउँपालिकाले खोदवाँ, भोजपुर र नेपालगन्जमा क्वारेन्टाइन संचालन गरेको छ । जहाँ अहिले १ सय २९ जना रहेको स्वास्थ्य शाखा प्रमुख मोइन खाँले जानकारी दिनुभयो। भारतमा मजदुरी गर्न गएका स्थानीय चोर बाटो हुँदै आउने क्रम नरोकिएपछि व्यवस्थापनमा चुनौति थपिएपनि सक्दो प्रयास गरेरर क्वारेन्टाइनलाई प्रभावकारी बनाउन लागिपरेको अध्यक्ष शाहले बताउनुभयो ।

नेपालगञ्ज उप–महानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज र जयसपुरमा निर्माणाधिन एकीकृत जाँच चौकीमा क्वारेन्टाईन निर्माण गरि भारतबाट फर्केका नेपालीहरुलाई राखेको छ । सीमा नाकामा अलपत्र नेपालीहरुलाई नेपाली भूमीकै ब्यवस्थापन गरिएको हो ।

भारतबाट फर्केर क्वारेन्टाईनमा बसेका नेपालीहरुको खानपान, स्वास्थ्य, सरसफाई र खानेपानी लगायत अत्यावश्यक ब्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाले गरिरहेको नगर प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिनुभयो ।

नगर प्रमुख डा. राणाले विहिवार विज्ञप्ती जारी गरि क्वारेन्टाईन निर्माण गरिएको स्थानमा आम नागरिकहरुलाई आवागमन गर्न बन्देज गरिएको जानकारी दिनुभएको छ । नगर प्रमुख राणाले भारतबाट फर्केका नेपाली नागरिकको सहयोगको लागि एकद्धार प्रर्णालीमार्फत सहयोगका लागि आग्रह गर्नुभएको छ ।

सहयोगका लागि ब्यक्ति संघ संघ संसथा र उद्योगीहरुले नगर प्रमाण राणालाई ९८५८०२०२०२, उपप्रमुख उमा थापालाई ९८५८०२२०७६ र बरिष्ठ आलेप अलिकृत खिमानन्द अर्याललाई ९८५८०२२६९० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया