लकडाउन : बढ्यो गृहिणीको व्यस्तता

गत चैत्र ११ गतेदेखि देश लकडाउनमा छ । सरकारी, गैरसरकारी र निजी संस्थाहरु बन्द छन् । अत्यावश्यक सेवा बाहेकका अन्य सबै काम बन्द छन् । उद्योग, कलकारखना केही पनि सञ्चालनमा छैनन् ।


कोरोना विरुद्ध सतर्कता अपनाउँदै मानिसहरु घरमा बन्द अवस्थामा छन् । घरमा फ्रि भएपछि कोही पढेर त कोही अनलाइनमा आफ्नो समय व्यतित गरिरहेका छन् ।


तर, यस्तो समयमा पनि गृहिणीहरुको व्यस्तता भने बढेको छ । उनीहरु घरमा काम थप भएको बताउँछन् । ‘मेरो त काम झन् बढेको छ’, नेपालगन्ज–५ फुल्टेक्राकी बबिता अधिकारी भन्छिन्, ‘सबै घरमै बसेपछि नियमित घरको कामबाहेक परिवारका सदस्यको ख्याल पनि राख्नु परेको छ ।’


‘स्कुल बन्द छ, छोराछोरी घरमै हुन्छन्ֹ’, बुटवल मणिग्रामकी रेशा भुषाल भन्छिन्, ‘लकडाउनले हाम्रो काम थपिदिएको छ ।’ सबै घरमा हुँदा रमाइलो भएपनि परिवारका सदस्यको खाना, नास्ता र छोरोछोरीको हेरचाहमा दिन बित्ने गरेको छ ।


दिनभर घरमै परिवारका सदस्य बस्दा अन्य समयको तुलनामा खाना, नास्ता बनाउने काम बढेको बताउछिन् शर्मिला काँदु । ‘हाम्रो काम त बढ्यो’, उनी भन्छिन् ।

प्रतिक्रिया

प्रतिक्रिया