दिपेश आचार्य
कोरोनाको सन्त्रास विश्वमा छ । विश्वमा फैलिरहेको कोरोना विरुद्ध सतर्कता अपनाउँदै देश नवौं दिनको लकडाउनमा आइपुगेको छ । नेपालमा कोरोनाको पाँच पोजेटिभ भेटिएपनि अन्य देशमा जस्तो भयावह स्थिति नदेखिएकाले अहिलेसम्म सन्तोषको सास फेर्न सकिन्छ ।
लकडाउन पछि मानिसहरु घरमा छन् । काम बन्द छ । पर्व पनि प्रभावित भएको छ । आज बुधबार हिन्दुहरुको पर्व चैते दशैं हो । दशैंका बेला मन्दिरमा भिडभाड हुने गर्दछ । तर, लकडाउनका कारण बुधबार मन्दिरहरु सुनसान देखिएका छन् ।
लकडाउन तोडेर पनि मन्दिरमा पुग्ने सम्भावना औंल्याउँदै नेपालगन्जको प्रसिद्ध शक्तिपिठमा ताला लगाइएको छ । बुधबार मन्दिर पुगेका एक/दुई भक्तजन गेटमा झुण्डिएको ताला हेरेर फर्किएका थिए ।
कोरोनाबाट सतर्कता नै बच्ने एउटा मात्र विकल्प हो । मन्दिर व्यवस्थापन समितिले त्यसलाई कार्यान्वयन गर्दै मन्दिरमा भिडभाड नहोस् भनेर दर्शनलाई नै रोकेको हो ।


