नेपालगन्जको सामर्थइन होटलमा क्वारेन्टाइनमा बसेका १६ जनाको व्यवस्थापन गरिएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा राम्रो व्यवस्थापन नभएपछि भारतबाट आएका १६ जनालाई होटलमा राखिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले १४ दिन पुगेका र अन्य जिल्लाका घर पनि पठाइएको जानकारी दिइन् । नेपालगन्जका र १४ दिन नपुगेका तथा रिपोर्ट नआएकालाई चाही महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको उनले जानकारी दिइन् ।
समर्थइन होटलका प्रबन्ध निर्देशक सरोज चन्दले होटललाई सेनिटाइज गरिएको बताएका छन् । क्वारेन्टाइन हटाइएपछि होटल सेनिटाइज गरेको चन्दले बताए ।
हाल १ सय ६५ जना नेपाली नेपाल–भारत सीमाको सुख्खा बन्दरगाहमा बसेका छन् ।
हाल मब क्याम्पसमा ११ जना क्वारेन्टाइनमा छन् । ३ जना थपिने सम्भावना रहेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले जानकारी दिएका छन् ।