कोरोना कहर : बाँकेमा लकडाउन पछि २१ थुनुवालाई छाडियो

सर्वोच्च अदालत र महान्यायाधीशवक्ताको कार्यालयले हिरासतमा रहेका थुनुवाको सख्या घटनाउने निर्णय गरेसंगै जिल्ला प्रहरी कार्यालय बाँकेबाट लकडाउन अवधीमा २१ जनालाई तारेखमा थुनामुक्त गरिएको छ ।


लकडाउनको पहिलो दिन झण्डै ६० थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेमा मंगलबारसम्ममा घटेर २६ थनुवा रहेको मुद्धा फाटका प्रहरी निरिक्षक ह्रदेश सापकोटाले जानकारी दिए । कतिपय मुद्धामा संक्षिप्त कार्यबिधि अपनाएर मुद्धाको अनुसन्धान प्रक्रिया टुङ्याइएको गंभिर अपराध बाहेक तारेखमा छाड्न सकिनेलाई छाडिएको सापकोटाले बताए । हिरासतमा हाल २५ पुरुष र १ महिला थुनुवा छन् ।


कारोनाको संक्रमण फैलिने डरमा रहेका थुनुवाहरु आफुहरुलाई पनि प्रक्रिया मिलाएर छाडीनु पर्ने बताए । हिरासतको अवस्था बुझ्न हिरासत पुगेका अधिकारकर्मी वसन्त गौतमसंग थुनुवाका कमाण्डर आशिष बुढा मगरले कोराना संकटका बेला आफुहरुलाई पनि प्रक्रिया मिलाएर छाड्ीनु पर्ने बताएका थिए ।


कोराना संक्रमण फैलिन नदिन हिरासतको सरसफाई र भेटघाटमा सतर्कता अपनाईएको प्रहरी निरिक्षक ह्रदेश सापकोटाले बताए । शौचालयको सरसफाई, सावुनको ब्यवस्था मिलाईएको छ सापकोटाले भने । लकडाउन पश्चात नया थनुवा ल्याएर हिरासतमा नराखिएको सापकोटाले बताए ।

लकडाउन पश्चात ३३ बालक छुटे

यसै गरि बाँके स्थित बालसुधारबाट पनि लकडाउन पश्चात मंगलबारसम्म बिभिन्न मुद्धामा परेका ३३ बालक छुटेका छन् । सुधार गृह प्रमुख बिमला काउचा मगरले दिएको जानकारी अनुसार लकडाउन पहिले १३९ बालक रहेको बालसुधार गृहमा बिभिन्न जिल्ला अदालतको आदेशले मंगलबारसम्ममा ३३ बालक छुटेको काउचाले बताईन । जसमा बाँके जिल्ला अदालतको आदेशले ७ जना बालक छुटेको अदालका श्रेस्तेदार यदुनाथ शर्माले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया