आयोगले भन्यो, दुई करोड तुरुन्त फिर्ता लैजाउ

Source: twitter.com/@NepalNHRC

कोरोना संक्रमणको संघर्षमा साथ दिंदै राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो बजेटबाट दुई करोड रुपिया सरकारी कोषमा फिर्ताको निर्णय गरेको छ । आयोगका प्रवक्तासमेत रहेका सचिव बेद भट्टराईका अनुसार, जीवनको अधिकार रक्षा गर्ने सवालमा सरकारलाई उक्त रकम फिर्ता गरेको हो । उक्त रकमलाई कोभिड १९ विरुद्धमा खर्च गर्न आग्रह गरेको आयोगले यसबीच प्रशासनिक र अत्यावश्यकीय कार्यक्रमबाहेकको वजेट कटौती गरि सरकारलाई कोरोना विरुद्धको अभियानमा आयोगले सहयोग पुर्याएको हो ।
आयोगले फेरिपनि कोरोनाको संक्रमण फैलन नदिन सरकारले गरेका प्रयासको ध्यानाकर्षण गराउँदै लकडाउन पालनमा सबैलाई आग्रह गरेको छ । प्रवक्ता भट्टराईले विज्ञप्तिमार्फत जनताको जीवन रक्षामा सरकारलाई गम्भीर हुन ध्यानाकर्षण पनि दोहोर्याएको छ । आयोगले भनेको छ, ‘कोभिड–१९ विरुद्ध प्रभावकारी रुपमा लड्ने कार्यमा सरकारलाई आवश्यक सहयोग पुर्‍याउन आग्रह गर्दछ ।’ आयोगले यसअघि पनि लकडाउन पालनामा गम्भीर हुनु आग्रह गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया