बढी मुल्यमा तरकारी बेचेको आरोपमा कोहलपुरका २ तरकारी पसलाई जरिवाना गरिएको छ ।
लकडाउनका बेला कालो बजारी गरि उपभोक्ता ठगि गरेको भन्ने सुचनाका आधारमा गरिएको अनुगमनका क्रममा बढी मुल्यमा तरकारी बेचेको पाईएपछि ति पसलेलाई कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।
तरकारी बढी मुल्यमा बिक्रि गर्ने, खरिद बिल नराख्ने कोहलपुर स्थित रेग्मी तरकारी पसललाई रु २० हजार र भाट तरकारी तथा फलपुल सप्लायर्सलाई ५० हजार तत्काल कारवाही गरिएको पौड्यालले बताए । ति पसललाई मुल्य सुची टाँस गर्न र खरिद बिल राख्न र दर्ता गरेर मात्र ब्यवशाय संचालन गर्न निर्देशन दिईएको थियो ।
अनुगमनमा कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु कुमारी चौधरी, उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतम, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजका प्रमुख कृष्ण प्रसाद पौड्याल, लगायतको कोहलपुर नगरपालिका कर्मचारी र संचारकर्मीको सहभागिता रहेको थियो ।
हालको विश्वब्यापी महाविपत्तीको यस घडीमा पनि मानविय संवेदना समेतको ख्याल नगरी उपभोक्ता ठगि हुन सक्ने सम्भावनालाई मध्यनजर गरी बजार अनुगमनको कार्य सुचारु राखिएको अनुगमन टोलीले जनाएको छ ।
कारोनाको बहानामा कालो बजारी गर्ने र उपभोक्ता ठग्ने उपर कडा कारवाही हुनु पर्र्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतमले बताए । आपतको बेला सबैले सेवाभावले काम गर्नु गौतमले बताए ।
कुनै पनि अत्यावश्यकिय दैनिक उपभोग्य बस्तु तथा सेवाको आपुर्तिमा कमि नरहेको र त्यस्ता पसलहरु संचालन हुने भएकोले सरकारको अनुरोधलाई स्विकार गरी भिडभाड नहुने गरी आफ्नो सबैभन्दा नजिकको पसलबाट बस्तु खरिद गर्नु हुन र मौकाको फाईदा उठाई कालो बजारी गरेको, गुणस्तरहिन समान बिक्रि गरेको पाईएमा बिभागको टोल फ्री नं. ११३७ वा उपभोक्ता अधिकार ब्यबस्थापन सुचना प्रणाली अचmष्क।मयअ।नयख।लउ मा उजुरी गर्नु हुन अनरोध गरेको छ ।