लकडाउन लम्बिने

सरकारले चैत १० गतेदेखि चैत १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णयलाई कम्तिमा अरु एक साता लम्ब्याउने भएको छ ।

आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकालेको हो । तर कति दिन भन्ने टुंगो लगाएको छैन । यसका लागि अब बस्ने मन्त्री मन्त्रिपरिषदले निर्णय गर्छ । पहिलो चरणमा गरिएकोे निर्णय अनुसार, मंगलवार बिहानसम्म लकडाउन छ ।
लकडाउन पालनामा कडिकडाउ हुँदै जाँदामात्र यो छोट्टिने सम्भावना रहन्छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले लक डाउनको अवधि सात दिन थप्नु पर्ने निष्कर्ष निकालेको हो । आइतबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले चैत ११ देखि लागू भएको लक डाउन २५ गतेसम्म गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निष्कर्ष निकालेको स्रोतलाई उदधृत गर्दै विभिन्न समाचार संस्थाले जनाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया