बाँकेको खजुरा गाउँपालिकामा विदेशबाट फर्केका दुई जनाको परीक्षण गरिएको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले आशंकित दुवैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।
लकडाउनको पाँचौ दिन खजुरामा शान्तिपूर्ण रहेको छ । विदेशबाट आएकाहरुलाई सुविधा सम्पन्न क्वारेन्टाइनमा राखिएको छ ।
