विदेशबाट आएका खोज्दै क्वारेन्टाइनमा राख्दै खजुरा

खजुरा गाउँपालिकाले विदेशबाट आएका नागरिकलाई खोजेर सेल्फ क्वारेन्टाइन वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइनमा राख्नका लागि अभियान नै थालेको छ । गाउँपालिकाले खजुरा गाउँपालिका वडा नम्बर ४ मा भारतबाट आई गाउँमै बसेकालाई शनिबार क्वारेन्टाइनमा राखेको छ ।


कोरोना हाम्रो देशमा आफै सुरु भएको संक्रमण होइन । यो त विदेशबाट भित्रिएको रोग हो । कोरोनाको संक्रमण विदेशमा फैलिएपछि नेपाली घर फर्किएका छन् । उनीहरु घर फर्किदा कोरोना पनि सँगै लिएर आउन सक्ने जोखिम छ । हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमित विदेशबाट आएका नागरिक हुन् । त्यसैले खजुराले विदेशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेर कोरोना विरुद्ध सतर्कता अपाउन थालेको हो ।


खजुरा गाउँपालिका ४ मा हाल ३४ जना भारतबाट आएका मध्ये १५ जनालाई गाउँपालिकाले स्थापना गरेको प्रदेश नम्बर ५ अन्तर्गत रहेको कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्रको छात्राबास भवन खजुरामा राखिएको छ । बाँकी १९ जनालाई घरमै सुरक्षित तवरले बस्ने बतावरण मिलाइएको वडाध्यक्ष तिलकविर सुनारले जानकारी दिएका छन् ।
क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई खान, बस्न, स्वास्थ उपचार र सुरक्षाको उचित प्रवन्ध मिलाइएको छ । ‘क्वारेन्टाइन आधुनिक हिसाबले बनाइएको छ’, गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया