नेपालगन्ज विमानस्थलको धावनमार्गमा जहाज चिप्लिंदा

नेपालगन्ज विमानस्थलको धावनमार्गमा भएको जहाज दुर्घटनाको अवस्था (तस्वीर सौजन्यः कृष्ण अधिकारी)

नेपाल एयरलाइन्सको काठमाडौंबाट चिकित्सक र औषधीजन्य सामाग्री लिएर आएको बिमान नेपालगन्ज बिमानस्थलमा अबतरण गर्नै क्रममा धाबन मार्गमा चिप्लिएको छ । बिमानमा चालक दलका तीन जना र दुइ जना चिकित्सक थिए सबै सुरक्षित छन् ।


उक्त विमान ल्याण्डिङ्गको क्रममा धावनमार्गबाट केही मिटर पर उछिट्टएको थियो । विमान दुर्घटना भए लगत्तै उद्धार टिम खटिएको र विमानमा रहेका चालक दल लगायत पाँच जनाको तत्काल उद्धार गरिएको थियो । बिमानमा रहेका चिकित्सक डा। सन्देश देवकोटाले आफु सुरक्षित भएको कुनै चोटपटक नलागेको बताउनु भयो । बिमान ११: ३५ मा धाबन मार्गमा चिप्लिएको थियो । सानो चाइनिज बिमान हो । कल साइन ९ एन अल्फा किलो युनिफम हो ।
कोरोना कहरका कारण निजी विमानहरु बन्द गरिएकोले स्वास्थ्य सामाग्री लिएर नेपालगन्ज आएको नेपाल बायु सेवा निगमको जहाज शनिवार मध्यान्ह तिर नेपालगन्ज विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो ।

नेपाल एयरलाइन्सको बिमान कोरोना भाइरसका शंकास्दपद बिरामीको खकारको नमुना लिनका लागि काठमान्डौबाट नेपालगन्ज आएको थियो । धनगढी र नेपालगन्जका क्वारेन्टाइनमा राखिएका बिरामीहरुबाट संकलन गरिएको नमुना लिन आएको बिमान दुर्घटनामा परे पछि नेपाल एयर लाइन्स कै अर्को बिमान नेपालगन्ज आउदै छ । कोरोनाका बिरामीको खकारको नमुना दिन कै लागि नेपाल सरकारले नेपाल एयरलाइन्सको बिमान चाटर गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया