कोरोना विरुद्ध सचेतनाका लागि लकडाउनका बेला सवारी साधन चलाउने र समूहमा भेला भई जुवा खेल्नेलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार, लकडाउन उल्लंघन गरेका टिप्पर २ वटा, ट्रयाक्टर १ वटा, मोटरसाइकल, स्कुटर ५४ वटा, साइकल १३ वटा नियन्त्रणमा लिएको हो ।
त्यस्तै, बिश्वब्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस संक्रमणका कारण लकडाउन भएको समयमा एउटै ठाउमा जम्मा भई जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा न. ५ स्थित खेतबारीमा निम्न स्थान बस्ने निम्न मानिसहरुले हारजित हुने गरी जुवा तास खेलिरहेको अबस्थामा रु. ७ हजार ८ सय ७० सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
