बाँकेको खजुरा गाउँपालिकामा विदेशबाट आउनेहरुको तथ्यांक खोजिने भएको छ । नेकपा खजुरा गाउँपालिका वडा इन्चार्जहरुको बैठकले प्रत्येक वडामा भारत लगायत बिदेश बाट आएका ब्यक्तिहरुको तथ्यांक निकाल्ने योजना बनाएको हो ।
संकलित तथ्यांक गाउँपालिका सरकारलाई उपलब्ध गराउने, गाउँपालिका कमिटीले छपाइ गरेको सन्देशमूलक प्रचारप्रसार सामाग्री टोल टोलमा बितरण गर्ने, सम्पूर्ण जनमानसलाई लकडाउनको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर नआउन टोलगत अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले कोरोना बिरुद्धको अभियानमा सचेतनतापूर्वक पार्टी जनता सामु उपास्थित हुने निर्णय बमोजिम खजुरा गाउँपालिका कमिटी र यसका मातहतका वडा कमिटी आ(आफ्नो काममा कृयाशिल रहेकोमा नेकपा खजुरा इन्चार्ज भीम ओलीले धन्यवाद समेत व्यक्त गरेका छन् ।
‘कमरेडहरु सिँगो मुलुक कोरोना बिरुद्धको अभियानमा लागेको हुँदा अन्तिम समय सम्म खजुरा गाउँपालिका कमिटी अन्तर्गत रहनु भएका सबै कमरेडहरु यो विषम परिस्थिति सँग जुध्दै देश बाहिरबाट आउनु भएका ब्यक्तिलाई खजुरा गाउँपालिका सरकारले तयार गरेको खजुरा–१ राधापुर सैनिक क्वारेन्टाइनमा पठाउन सहयोग गर्दै पार्टी, जनता र सरकारको नजिक रहन हार्दिक अपिल गर्दछु’, इन्चार्ज ओलीले बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।