लकडाउनको अवज्ञा नगर्न मानवअधिकार आयोगको आग्रह

Source: twitter.com/@NepalNHRC

राष्ट्रिय मानवअधिकार आयोगले नोबेल कोरोना (कोभिड १९) भाइरसको महामारी संसारभरी नै फैलिरहेकोले सो को रोकथामका लागि नेपाल सरकारले देशभर लागु गरेको लकडाउन अवज्ञा नगर्न अपील गरेको छ ।
आयोगका प्रवक्ता समेत रहेका सचिव बेद भट्टराईले प्रेस विज्ञप्ति जारी गरि नागरिकको स्वास्थ्य प्रति जिम्मेवार हुन सरकारी निकायलाई समेत आग्रह गरेका छन् ।
यता, आयोगको नेपालगन्ज कार्यालयले प्रेस विज्ञप्तिमार्फत लकडाउनको समयमा सर्वसाधारण नागरिक हरुले आफू बसेको बास स्थानमा सुरक्षित साथ बसि महामारी बिरुद्ध सरकारले गरेको प्रयासमा सहयोग गर्न जोड दिएको छ । लकडाउन सामान्य अवस्था होइन भन्दै आयोगको नेपालगन्ज कार्यालयले बन्द खुले जस्तो साँझ भिडभाड नगरौ’ भनेको छ । राजनीतिक दलको बन्द खुले जस्तो बेलुकी पाँच छ बजे पश्चात् असंख्य रुपमा घर बाहिर निस्की भिडभाडको अवस्था सृजना हुने गरि हिडडुल गर्ने गरेकोमा गम्भीर भएको आयोगले आफ्नो धारणा सार्वजनिक गरेको हो । आयोगका नेपालगन्ज कार्यालय प्रमुख चन्द्रकान्त चापागाईंले घरमैं बसेर विपत्ति रोक्न नागरिकको ध्यानाकर्षण गराएका छन् ।

समाचार संकलनमा व्यस्त हुने पत्रकारलाई नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार ग्लोब्स र सेनिटाइजर वितरण गरेको छ । संघको तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली र प्रवक्ता टंक धामीले पत्रकारलाई व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने ती सामाग्री हस्तान्तर गरे ।

कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितीमा समेत जनतालाई सूचना सम्प्रेशन गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि ग्लोब्स र सेनिटाइजर वितरण गरेको अध्यक्ष मन्सुरीले बताए ।

संघले कोरोना संक्रमण बिरुद्धको अभियानमा साथ दिदै बिपत्तकालीन कोष निर्माण गरेको छ भने भेरी अस्पताल, शिक्षण अस्पताल, नेपाली सेना र प्रहरीलाई पिपिआई सहितका अन्य स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले तीन वटै स्वास्थ्य निकायलाई ६ सय बढि पिपिई हस्तान्तरण गरेका हुन ।

कोरोना भाईरस संक्रमित मिरामीको उपचारमा संलग्न चिकित्सवले लगाउनुपर्ने पिपिई (प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट) को अभाव देखिएपछि वाणिज्य संघले आफ्नै लगानीमा पिपिई निर्माण थालेको थियो । जसअन्तर्गत भेरी अस्पताललाई ५ सय थान, नेपालगन्ज मेडिकल कलेजलाई १ सय थान र नेपाली सेनालाई २० थान पिपिई उपलब्ध गराईएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए ।

पिपिई कोरोना संक्रमण भएका बिरामीको स्वास्थ्य उपचार गर्ने स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका लागि लगाउनै पर्ने कपडा हो । नेपालगन्जमा यो उपलब्ध नहुँदा स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गर्नै नसक्ने अवस्था उत्पन्न भएको थियो । स्वास्थ्यकर्मीको मागलाई ध्यानमा राख्दै नेपालगन्ज उद्योग वाणिज्य संघले पिपिईको सहयोग गरेको हो ।

संघका महासचिव चिरञ्जीवी ओलीले चिकित्सकको सल्लाह अनुसार पिपिई तयार गरीएको बताए ।

(( नेपालगञ्ज, चैत १३ । नेपालगञ्ज उपमहानगरपालिकाकाले रानी तलाउ तरकारी तथा फलफुल मण्डी समिति र तरकारी विक्रेता ब्यवसायीसँग तरकारीको सहज आपुर्तीका लागि विहिवार छलफल गरेको छ । वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय बाँके सहितको प्रतिनिधित्व रहेको बैठकले गरेका निर्णयहरु यसप्रकार छन् ।
बैठकमा तरकारी मण्डीबाट खुद्रा विक्रेता ( ठेला र साईकलमा वडामा तरकारी विक्रि वितरण गर्ने विषयमा छलफल केन्द्रीत भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरका अनुसार स्थानीय प्रशासनसँग समन्वय गरिदैछ ।
तरकारी मण्डी रहेको वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ताको अध्यक्षतामा भएको बैठकमा समितिका अध्यक्ष मोतीसरा खड्का सहितका ब्यवसायी, उपमहानगरपालिकाका प्रशासन प्रमुख शरद पौडेल, वाणिज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल,जिल्ला प्रशासनका वेदेश्वर गौतम लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया