
दुई दिनदेखि नेपाल भारत सीमानाको नेपालगन्ज नाकामा अलपत्र परेका नेपालीलाई उद्धार गरि सुर्खेत पठाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरका अनुसार, दुई नाबालक सहित १६ जनालाई बिहीबार बेलुका उद्धार गरि सोझै सुर्खेत पठाइएको हो । गाडी रिजर्व गरी सुर्खेतस्थित क्वारेन्टाइनका लागि पठाइएको उपप्रमुख थापाले बताइन् ।