सरकारले एइइ परीक्षा स्थगित गरेको छ ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर एसइइ परीक्षा रोकिएको हो । यसअघि एसइइको सम्पूर्ण तयारी पूरा भैसकेको थियो ।
स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।
यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।
बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।