‘सारा कथा’

मेरो एक मित्र हुनुहुन्छ, जसले आफ्नो नाम पछाडीको थर भन्न मन पराउनु हुन्न । जब कुनै व्यक्तिसंग परिचय दिनु लिनु पर्यो भने उहाँ आफ्नो अगाडीको नाम मात्र भन्नुहुन्छ । जब उहाँ आफ्नो थर नभनी नाम मात्र भन्नुहुन्छ उहाँसंग परिचय गरिरहेको दोश्रो व्यक्तिको पहिलो प्रश्न ‘अनि थर के नि ?’ भन्ने हुन्छ । मित्र मुसुक्क हाँस्नुहुन्छ अनि भन्नुहुन्छ ‘थर नभनु हैं ।’ दोश्रो व्यक्ति ट्वाल्ल पर्छ अनि उहाँ भन्नुहुन्छ ‘समाजमा हुने विभेदहरुका विभिन्न कारणहरु मध्ये थर पनि एउटा हो, त्यसैले अगाडीको नाम मात्र भन्छु है ।’ दोश्रो व्यक्ति उत्तर विहीन हुन्छ । हेर्दा सामान्य लाग्छ तर यो पनि एउटा शुरुवात हो जसले समाजमा भएको विभेदलाई ‘थर’को दृष्टिकोणबाट विश्लेषण गर्न मद्दत गर्दछ ।

कुनैपनि व्यक्ति जन्मिएपछि नाम प्राप्त गर्छ तर उसले थर उसको जन्मसंगै प्राप्त गर्दछ । नाम भन्दा पहिले प्राप्त गरिने थरकै कारण हाम्रो समाजमा यस्ता धेरै व्यक्तिहरु छन् जसले थरकै कारण विशेष भोगाईहरु भोगेका छन् र विशेषाधिकारहरु पनि प्राप्त गरेका छन् । हाम्रो समाजमा थरले जन्माएको यस्ता नदेखिने धेरै पर्खालहरु छन् जसलाई हामीले विश्लेषण नै गरेका छैनौं । ‘थर’ लाई लिएर बनेका हाम्रा सामाजिक मूल्य मान्यताहरुलाई हामीले केलाएका नै छैनौं । ‘थर’ले दिएको भोगाई, पीडा, विशेषाधिकार अनि थरकै कारण घरदेखी राष्ट्रसम्म परेको प्रभावलाई हामीले सोचेकै छैनौं ।

सामान्य रुपमा सोचेर हेर्ने कि घरमा कुनै सन्तान जन्मिएपछि त्यसले प्राप्त गर्ने बाबुको ‘थर’ले कहाँ कसरी प्रभावहरु पारिरहेको छ ? शुरुवात घरभित्रबाट नै गरौं । घरमा बाबुको थर प्राप्त गर्दा ‘छोराले वंश अगाडी बढाउँछ’ भन्ने मान्यता स्थापित हुन पुगेको छ । जसले पुरुषलाई अग्रस्थानमा राख्न मद्दत गर्यो । छोरा आफ्नो, छोरी पराई धन भन्ने धारणा विकास गरायो । छोरालाई विशेषाधिकार दिदै उसलाई घरको अन्नदाताको रुपमा हेरियो । जसले गर्दा छोरी दोश्रो दर्जामा गनिन पुगिन् । अन्ततः पैत्रिक सम्पत्तिमा छोराको हकवाला रह्यो भने यसलाई कानूनले पनि प्रश्रय दियो जसले गर्दा छोरी अरुको नासोमा गनिन पुगिन् ।

‘थर’ कै मूल्य मान्यतालाई विवाहसंग जोडेर हेर्दा कुनै पनि नारीले विवाह भएर जन्मघरको दैलो छोड्न नपाउँदै श्रीमानको थर लेख्नुपर्ने परिपाटी श्रृजना भएको छ । जसले गर्दा छोरीलाई जन्मघरको गोत्रमै (यदि कहिं कतै गोत्र भन्ने चीज छ भने) राखिएन । छोरीलाई आफ्नो जन्मघरबाट श्रीमानको गोत्र र थरमा पठाउने भन्दै ‘कन्यादान’ गरियो । एउटा वस्तु सरह व्यक्तिलाई सार्वजनिक रुपमा ‘दान’ गरेर पठाइयो । दान पनि यसरी गरियो कि कथमकदाचित छोरीको वैवाहिक जीवन सफल हुन सकेन भने उसले सास लिएर होइन, लाश भएर फर्किनुपर्ने गरि दान गरियो । के साँच्चै नै छोरी कुनै वस्तु वा जन्तु हो र दान गरेपछि कर्म सकिने ? ऊ प्रतिको जिम्मेवारी सकिने ? ‘मारे पाप, पाले पुण्य’ भन्दै पठाउनुपर्ने ? पक्कै होइन होला, तर दुखद कुरा, बुवाको थर त छोराले मात्र प्राप्त गर्छ । विवाह पछि छोरी त्यहाँ अटाउँदैन अनि ‘कन्यादान’ को वहानामा छोरीलाई दान गरिन्छ । मान्छेले मान्छेलाई दान गर्ने यो कस्तो परिपाटी हो ? यो कस्तो संस्कार हो ? जब जीवनको शुरुवात नै दानमा जाने र अर्कोले प्राप्त गर्नेबाट शुरु हुन्छ, जब लिने र दिने भन्ने विभेदबाट शुरु हुन्छ भने त्यहाँ दानमा पर्ने व्यक्तिको के स्थान रहन्छ होला र ? लैजाने व्यक्तिले राम्रो गर्यो राम्रो, नराम्रो गर्यो नराम्रोको विकल्प उसंग हुदैन । उसले कसरी जीवनलाई समान रुपमा सम्मानित भएर बाँच्ने कल्पना गर्न सक्छ ? महिला स्वयं पनि श्रीमानको थर जोडेर आफ्नो पहिचान दिनुमा गर्व गर्दछन् । गर्व गर्नुपर्छ श्रीमानले श्रीमतीको राम्रो पक्षमा, श्रीमतीले श्रीमानको राम्रो पक्षमा । दुवैले दुवैलाई सम्मानित राखेर गर्व गर्नुपर्छ तर श्रीमानको ‘थर’ थपेर आफ्नो नामलाई एक भित्ता लामो बनाउनु के साँच्चै नै आवश्यक छ र ?

यसैगरि ‘थर’ लाई धर्मसंग जोडेर हेर्ने हो भने धर्ममा त थरले गर्नु गरेको छ । अथाह चित्कारहरु यहाँ सुनिन्छ जहाँ थरकै कारण मानिस मानिस भएर बाँच्न पाएको छैन । घरमा पालिएको एउटा जनावरले बरु राम्रो व्यवहार प्राप्त गर्न सक्छ तर थरकै कारण व्यक्तिले राम्रो व्यवहार प्राप्त गर्न सक्दैन । धर्मले दिएको थरको विशेषाधिकार यति गहिरो रुपमा जकडिएको छ कि मानौं हामी कुनै निवेदन दिएर उच्च जातिमा जन्मिएका हौं जस्तो गरि व्यवहार गरिन्छ । के थरले जन्माएको जातीय संरचना होइन र यो ? जसले समाज समाज बीच र व्यक्ति व्यक्ति बीच नदेखिने खाडल बनाइदिएको छ । जाती किन चाहिन्छ ? एउटा ‘थर’ कै कारण धर्मले महिलालाई अछुत मान्दछ । पुरुषले कूल अगाडी बढाउने भन्दै कुनै सामान्य पूजामा पनि भएसम्म श्रीमान, नभए छोरा, छोरा पनि नभए मित छोरा भन्दै ‘छोरा’ कै खोजी गरिन्छ । कूलपूजामा २ वर्षको छोरालाई राखिन्छ तर १२ वर्षकी छोरीलाई राखिदैन । हाम्रै समाजमा अहिले पनि यस्ता धेरै परिवारहरु छन् जहाँ घरभित्र महिला मात्र छिन् र बाहिरको व्यक्तिले ‘घरमा को हुनुहुन्छ’ भनेर सोध्दा ‘घरमा कोही हुनुहुन्न’ भन्ने उत्तर भित्रैबाट दिइन्छ । ‘ब्रतबन्ध’ गर्दै छोरालाई कूल अर्थात वंश अगाडी बढाउनको लागि ‘योग्य’ बनाइन्छ र पितृसत्ताको ‘सत्ता’ हस्तान्तरण गरिन्छ ।
यतिले मात्र पुगेन । सरकारी संयन्त्रलाई पनि ‘थर’ले बाँधेर राखेको छ । यदि राख्दैन थियो भने आमाको नामबाट सन्तानको नागरिकता प्राप्त गर्ने कुरामा यति विध्न लडाई किन ? जन्मदर्ता गर्न होस् वा विद्यालयमा भर्ना गर्न होस् बाबुको नाम थर चाहिन्छ । बुवा चाहिदैन भन्न खोजेको होइन तर आमाको पनि अस्तित्व हुनुपर्यो । एकपटक म स्वयं गएर विद्यालयमा मेरो अस्तित्व खोजेको छु । बच्चाको सर्टिफिकेटमा बुवाको नाम ठूल्ठूला अक्षरमा लेखिएको छ, आमा को हो मतलब नै छैन । ‘मेरो बच्चा बाबुको पेटबाट जन्मिएका होइन, मेरो बच्चाको आमा म हो र मेरो पनि नाम सर्टिफिकेटमा हुनुपर्छ । यदि राख्नुहुन्छ भने दुवैको राख्नोस् होइन भने दुवैको नराख्नुस्’ भन्दै मैले आवाज उठाएको छु मेरो बच्चाको विद्यालयमा । सन्तान बुवा र आमा दुवैको सहकार्यबाट जन्मिन्छ भने आमाको अस्तित्व खोइ ? के आमा नै नभई सन्तान यो धर्तिमा आए होलान् र आमाको नाम नै नदेखिनुपर्ने ? त्यस्तै गरि बैंकमा पनि मैले सुन्नुपरेको छ । बच्चाको नाममा खाता खोल्दा मैले मेरो नागरिकता प्रयोग गर्दा ‘तपाईको नागरिकताबाट हुँदैन, बुवाको नागरिकता ल्याउनुस्’ भनेपछि विवाद नै खडा भएको छ । के यो सबैं थरले प्रभाव पारेको सरकारी संयन्त्र होइन त ?

यी र यस्ता थुप्रै असरहरु छन् जुन एउटा ‘थर’ कै कारण जन्मिएको छ । अनि म मेरो परिचय दिदै पिच्छे मेरो ती मित्रलाई सम्झन्छु । हेर्दा सामान्य लाग्ने यो प्रयासको प्रभाव यस्ता नदेखिने विभेदहरुलाई हटाउन पक्कै मद्दत गर्नेछ । तसर्थ व्यक्तिको पहिचान व्यक्तिको सुन्दरता व्यक्तिको थरमा होइन व्यक्तिले गर्ने व्यवहार, समानतामूलक सोचमा खोज्नु आवश्यक छ ।


कुनै पनि व्यक्ति जन्मिएपछि नाम प्राप्त गर्छ तर उसले थर उसको जन्मसंगै प्राप्त गर्दछ । नाम भन्दा पहिले प्राप्त गरिने थरकै कारण हाम्रो समाजमा यस्ता धेरै व्यक्तिहरु छन् जसले थरकै कारण विशेष भोगाईहरु भोगेका छन् र विशेषाधिकारहरु पनि प्राप्त गरेका छन् । हाम्रो समाजमा थरले जन्माएको यस्ता नदेखिने धेरै पर्खालहरु छन् जसलाई हामीले विश्लेषण नै गरेका छैनौं । “थर” लाई लिएर बनेका हाम्रा सामाजिक मूल्य मान्यताहरुलाई हामीले केलाएका नै छैनौं । “थर”ले दिएको भोगाई, पीडा, विशेषाधिकार अनि थरकै कारण घरदेखी राष्ट्रसम्म परेको प्रभावलाई हामीले सोचेकै छैनौं ।


सामान्य रुपमा सोचेर हेर्ने कि घरमा कुनै सन्तान जन्मिएपछि त्यसले प्राप्तगर्ने बाबुको “थर”ले कहाँ कसरी प्रभावहरु पारिरहेको छ ? शुरुवात घरभित्रबाट नै गरौं । घरमा बाबुको थर प्राप्त गर्दा “छोराले वंश अगाडी बढाउँछ” भन्ने मान्यता स्थापित हुन पुगेको छ । जसले पुरुषलाई अग्रस्थानमा राख्न मद्दत गर्यो । छोरा आफ्नो, छोरी पराईधनभन्ने धारणा विकास गरायो । छोरालाई विशेषाधिकार दिदै उसलाई घरको अन्नदाताको रुपमा हेरियो । जसले गर्दा छोरी दोश्रो दर्जामा गनिन पुगिन् । अन्ततः पैत्रिक सम्पत्तिमा छोराको हकवाला रह्यो भने यसलाई कानूनले पनि प्रश्रय दियो जसले गर्दा छोरी अरुको नासोमा गनिन पुगिन् ।


“थर” कै मूल्य मान्यतालाई विवाहसंग जोडेर हेर्दा कुनै पनि नारीले विवाह भएर जन्मघरको दैलो छोड्न नपाउँदै श्रीमानको थर लेख्नुपर्ने परिपाटी श्रृजना भएको छ । जसले गर्दा छोरीलाई जन्मघरको गोत्रमै (यदिकहिं कतै गोत्र भन्ने चीज छ भने) राखिएन । छोरीलाई आफ्नो जन्मघरबाट श्रीमानको गोत्र र थरमा पठाउने भन्दै “कन्यादान”गरियो । एउटा वस्तु सरह व्यक्तिलाई सार्वजनिक रुपमा “दान” गरेर पठाइयो । दानपनि यसरी गरियो कि कथमकदाचित छोरीको वैवाहिक जीवन सफलहुन सकेन भने उसले सास लिएर होइन, लाशभएर फर्किनुपर्ने गरि दानगरियो । के साँच्चै नै छोरी कुनै वस्तु वाजन्तु हो रदान गरेपछि कर्म सकिने ? ऊ प्रतिको जिम्मेवारी सकिने ? “मारे पाप, पाले पुण्य” भन्दै पठाउनुपर्ने ? पक्कै होइन होला, तर दुखद कुरा, बुवाको थर त छोराले मात्र प्राप्त गर्छ । विवाह पछि छोरी त्यहाँ अटाउँदैन अनि “कन्यादान”को वहानामा छोरीलाई दान गरिन्छ । मान्छेले मान्छेलाई दान गर्ने यो कस्तो परिपाटी हो ? यो कस्तो संस्कार हो ? जब जीवनको शुरुवात नै दानमा जाने र अर्कोले प्राप्त गर्नेबाट शुरु हुन्छ, जब लिने र दिने भन्ने विभेदबाट शुरु हुन्छ भने त्यहाँ दानमा पर्ने व्यक्तिको के स्थान रहन्छ होला र ? लैजाने व्यक्तिले राम्रो गर्यो राम्रो, नराम्रो गर्यो नराम्रोको विकल्प उसंग हुदैन । उसले कसरी जीवनलाई समान रुपमा सम्मानित भएर बाँच्ने कल्पना गर्न सक्छ ? महिला स्वयं पनि श्रीमानको थर जोडेर आफ्नो पहिचान दिनुमा गर्व गर्दछन् । गर्व गर्नुपर्छ श्रीमानले श्रीमतीको राम्रो पक्षमा, श्रीमतीले श्रीमानको राम्रो पक्षमा । दुवैले दुवैलाई सम्मानित राखेर गर्व गर्नुपर्छ तर श्रीमानको “थर” थपेर आफ्नो नामलाई एक बित्ता लामो बनाउनु के साँच्चै नै आवश्यक छ र ?


यसैगरि “थर” लाई धर्मसंग जोडेर हेर्ने हो भने धर्ममा त थरले गर्नु गरेको छ । अथाह चित्कारहरु यहाँ सुनिन्छ जहाँ थरकै कारण मानिस मानिस भएर बाँच्न पाएको छैन । घरमा पालिएको एउटा जनावरले बरु राम्रो व्यवहार प्राप्त गर्न सक्छ तर थरकै कारण व्यक्तिले राम्रो व्यवहार प्राप्त गर्न सक्दैन । धर्मले दिएको थरको विशेषाधिकार यति गहिरो रुपमा जकडिएको छ कि मानौं हामी कुनै निवेदन दिएर उच्च जातिमा जन्मिएका हौं जस्तो गरि व्यवहार गरिन्छ । के थरले जन्माएको जातीय संरचना होइन र यो ? जसले समाज समाजबीच र व्यक्तिव्यक्ति बीच नदेखिने खाडल बनाइ दिएको छ । जाती किन चाहिन्छ ? एउटा “थर” कै कारण धर्मले महिलालाई अछुत मान्दछ । पुरुषले कूल अगाडी बढाउने भन्दै कुनै सामान्य पूजामा पनि भएसम्म श्रीमान, नभए छोरा, छोरा पनि नभए मित छोरा भन्दै “छोरा” कै खोजी गरिन्छ । कूल पूजामा २ वर्षको छोरालाई राखिन्छ तर १२ वर्षकी छोरीलाई राखिदैन । हाम्रै समाजमा अहिले पनि यस्ता धेरै परिवारहरु छन् जहाँ घर भित्र महिला मात्र छिन् र बाहिरको व्यक्तिले “घरमा को हुनुहुन्छ” भनेर सोध्दा “घरमा कोही हुनुहुन्न” भन्ने उत्तर भित्रैबाट दिइन्छ । “ब्रतबन्ध” गर्दै छोरालाई कूल अर्थात वंश अगाडी बढाउनको लागि “योग्य” बनाइन्छ र पितृसत्ताको “सत्ता” हस्तान्तरण गरिन्छ ।


यतिले मात्रपुगेन । सरकारी संयन्त्रलाई पनि “थर”ले बाँधेर राखेको छ । यदि राख्दैन थियो भने आमाको नामबाट सन्तानको नागरिकता प्राप्त गर्ने कुरामा यति विध्न लडाई किन ? जन्मदर्ता गर्न होस् वा विद्यालयमा भर्ना गर्न होस् बाबुको नाम थर चाहिन्छ । बुवा चाहिदैन भन्न खोजेको होइन तर आमाको पनि अस्तित्व हुनुपर्यो । एकपटक म स्वयं गएर विद्यालयमा मेरो अस्तित्व खोजेको छु । बच्चाको सर्टिफिकेटमा बुवाको नाम ठूल्ठूला अक्षरमा लेखिएको छ, आमा को हो मतलब नै छैन । “मेरो बच्चाबाबुको पेटबाट जन्मिएका होइन, मेरो बच्चाको आमा म हो र मेरो पनि नाम सर्टिफिकेटमा हुनुपर्छ । यदि राख्नुहुन्छ भने दुवैको राख्नोस् होइन भने दुवैको नराख्नुस्” भन्दै मैले आवाज उठाएको छु मेरो बच्चाको विद्यालयमा । सन्तान बुवा र आमादुवैको सहकार्यबाट जन्मिन्छ भने आमाको अस्तित्व खोइ ? के आमा नै नभई सन्तान यो धर्तिमा आए होलान् र आमाको नाम नै नदेखिनुपर्ने ? त्यस्तै गरि बैंकमा पनि मैले सुन्नुपरेको छ । बच्चाको नाममा खाता खोल्दा मैले मेरो नागरिकता प्रयोग गर्दा “तपाईको नागरिकताबाट हुँदैन, बुवाको नागरिकता ल्याउनुस्” भनेपछि विवाद नै खडा भएको छ । के यो सबैं थरले प्रभाव पारेको सरकारी संयन्त्रहोइन त ?


यी र यस्ता थुप्रै असरहरु छन् जुन एउटा “थर” कै कारण जन्मिएको छ । अनि म मेरो परिचय दिदै पिच्छे मेरो तीमित्रलाई सम्झन्छु । हेर्दा सामान्य लाग्ने यो प्रयासको प्रभाव यस्ता नदेखिने विभेदहरुलाई हटाउन पक्कै मद्दत गर्नेछ । तसर्थ व्यक्तिको पहिचान व्यक्तिको सुन्दरता व्यक्तिको थरमा होइन व्यक्तिले गर्ने व्यवहार, समानतामूलक सोचमा खोज्नु आवश्यक छ । [email protected]

प्रतिक्रिया

प्रतिक्रिया