गएराती मध्येरातमा आगलागी भएको बाँकेको जानकीगाउँपालि–३ मा रहेको जयसियाराम मेनुफेक्चरिंग ईण्डष्ट्रीजको खरानी हटाउँदा मानिसको शव फेला परेको छ । राती १ बजेदेखि लागेको आगो आज विहान ७ बजेतिर मात्र नियन्त्रणमा आएको जानकारी दिंदै प्रहरीले खरानी हटाउने बेला एक जनाको हात र आधा शरिर जलेको अवस्थामा फेला पारेको जनाएको हो ।
‘बाँकी कुरा पत्ता लगाउँदैछौं,’ बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बीर बहादुर ओलीले नेपालगन्जन्यूजसँग भने, ‘शनाखत हुन सकेको छैन ।’ घटनामा एकजना घाइते छन् ।
अमरदिप सिंह र मनु केडिया संचालक रहेको जयसियाराम मेनुफेक्चरिंग ईण्डष्ट्रीज प्रालीमा भएको आगलागीबाट करोडबढीको नोक्सानी भएको अनुमान गरिएको छ । चप्पल बनाउने उक्त कारखामा लागेको आगो नियन्त्रणका लागि बर्दिया र नेपालगन्ज विमानस्थलको दमकललाई समेत झिकाइएको थियो ।