बाँकेको जानकीगाउँपालि–३ मा रहेको जयसियाराम मेनुफेक्चरिंग ईण्डष्ट्रीजमा आगलागी भएको छ । मध्य रातमा लागेको आगो आज विहान मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
अमरदिप सिंह र मनु केडिया संचालक रहेको जयसियाराम मेनुफेक्चरिंग ईण्डष्ट्रीज प्रालीमा भएको आगलागीबाट करोडबढीको नोक्सानी भएको अनुमान गरिएको छ । चप्पल बनाउने उक्त कारखामा लागेको आगो नियन्त्रणका लागि बर्दिया र नेपालगन्ज विमानस्थलको दमकललाई समेत झिकाइएको थियो ।