प्रदेश ५ मा रहेका कारागारहरुमा क्षमता भन्दा बढी कैदी राखिने गरेको इन्सेकको तथ्यांकले देखाएको छ । इन्सेकले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिने र त्यसका कारण सिर्जित समस्या समाधानका लागि सरकारी पहल नभएको पाइएको उल्लेख गरेको छ ।
प्रदेश ५ का विभिन्न जिल्लामा रहेको कारागारको क्षमता १ हजार ७ सय ५५ कैदीबन्दी राख्ने भएपनि ३ हजार ६ सय ९० कैदीबन्दी राखेको पाइएको इन्सेक प्रदेश ५ संयोजक भोला महतले जानकारी दिएका छन् । इन्सेकले पाल्पा बाहेक प्रदेश ५ का अन्य जिल्लामा रहेका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेको पाइएको बताएको छ ।
क्षमताभन्दा बढी राखिएका कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँडडुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमणजस्ता समस्या देखिएका इन्सेकले जनाएको छ ।